Skip to main content

Posts

Showing posts from August, 2020

हराएको मेरो सुनको सिक्रि भेटिएला ?

  @ लक्ष्मण भण्डारी      सुनको मूल्य जति वढे पनि , हाम्रो नेपाली सस्कृतिमा यसको महत्व झन वढ्दै गइरहेको छ । ठूलो भिडभाडले चल्ने सुनको पसल तथा गहना देखाउने होडवाजी यसको ज्वलन्त उदाहरण हो । विज्ञान अनुसार पनि सुनले वातावरणलाई स्वच्छ वनाउछ र सुनको सम्पर्कमा आउदा रोग तथा किटाणुहरु मर्दछन् । सुनको गहना घाटीमा लगाउदा हावावाट फैलिने रोग लाग्दैन भन्ने मान्यता पनि रहेको छ ।   अहिलेको महंगो सुन हरायो भने त्यसले पार्ने पिडाको के वयान गर्नु र ? २०७६ फाल्गुण १९ गते मेरो साथीको छिमेकीको घरमा विवाहको तामझाम चलेको थियो । उक्त अवसरमा राति सुत्ने वेलामा छीमेकीको श्रीमतिले निकालेको सुनको सिक्री विहान उठ्दा फेला परेन । पाहुनाहरु आउने जाने क्रम चलिरहेको थियो , राति खोलेर राखेको ठाउ पनि याद नआउनाले , उनको परिवार तथा पाहुनाहरु ठूलो तनावमा परे दिनभर खोजतलास गरे भेटिएन । त्यहि अवसरमा मेरो साथीले उनिहरुलाई मसँग भेट गराए । मैले मोवाइलमा घडि हेरे साझको...