@लक्ष्मण भण्डारी
सुनको मूल्य जति वढे पनि, हाम्रो नेपाली सस्कृतिमा यसको महत्व झन वढ्दै गइरहेको छ । ठूलो भिडभाडले चल्ने सुनको पसल तथा गहना देखाउने होडवाजी यसको ज्वलन्त उदाहरण हो । विज्ञान अनुसार पनि सुनले वातावरणलाई स्वच्छ वनाउछ र सुनको सम्पर्कमा आउदा रोग तथा किटाणुहरु मर्दछन् । सुनको गहना घाटीमा लगाउदा हावावाट फैलिने रोग लाग्दैन भन्ने मान्यता पनि रहेको छ ।
अहिलेको महंगो सुन हरायो भने त्यसले पार्ने पिडाको के वयान गर्नु र ?
२०७६ फाल्गुण १९ गते मेरो साथीको छिमेकीको घरमा विवाहको तामझाम चलेको थियो । उक्त अवसरमा राति सुत्ने वेलामा छीमेकीको श्रीमतिले निकालेको सुनको सिक्री विहान उठ्दा फेला परेन । पाहुनाहरु आउने जाने क्रम चलिरहेको थियो , राति खोलेर राखेको ठाउ पनि याद नआउनाले, उनको परिवार तथा पाहुनाहरु ठूलो तनावमा परे दिनभर खोजतलास गरे भेटिएन । त्यहि अवसरमा मेरो साथीले उनिहरुलाई मसँग भेट गराए । मैले मोवाइलमा घडि हेरे साझको ६ वजेर ११ मिनेट गएको थियो । मनमनै सोचे ६, ११ को कम्विनेसन परेको हुनाले पक्कै पनि भेटिन्छ म यो निष्कर्षमा पुगेर सोधे तपाइले चिना ल्याउनु भएको छ? छ भन्दै हतारिदै चिना अगाडी तेस्राउनुभयो । सायद नेपालको परम्परा हो या हेलचेक्राइ हो अथवा घडीको अभावले गर्दा हो समय राख्दा ७ वजे, ७ः१५, ८ः३० प्रायशको मैले यस्तै देख्ने गर्दछु । उहाको पनि रातको १० वजे समय थियो । मैले यो समय ठीक छ की छैन चेक गर्नको लागी केहि प्रश्न सोधे जुन सर्वदा गलत सावित भयो तसर्थ यस्तो समयमा अल्झिनु भन्दा होरारी वाट शुद्ध हुने हुदा, मैले चिना छोडिदिनुस, १ देखि २४९ विचको कुनै एक अंक रोज्न पठाए, उहाले ११ भन्नुभयो ।
११
नम्वर अनुसार मैले कुण्डली वनाई हेरे मेष लग्नको कुण्डली वन्यो लग्नमा बुध र गुरु विराजमान थिए । प्रश्न कुण्डलीमा शुभ ग्रह हुनु भनेको प्लस प्वाइन्ट हो ।
हराएको
तथा चोरिएको सामानको लागी लाभ स्थानको उपनक्षत्र स्वामीलाई हेर्नुपर्दछ । उक्त ग्रह वक्रि ग्रहको नक्षत्रमा हुनु हुदैन र हराएको सामानसँग सम्वन्धित भावसँग कनेक्सन हुनुपर्दछ ।
सुन,
चाँदी या नगदको लागि द्वितिय भाव, किताव, टिकट, लेखन साधन तथा हस्तलिखित सामाग्रीको लागि तृतिय भाव, घर, फर्निचर, गाडि आदिको लागि चतुर्थ स्थान एवं प्रकारले अध्ययन गर्नुपर्दछ ।
उक्त
कुण्डलीमा लाभ स्थान कुम्भ राशिमा ४:५२ डिग्रीमा रहेको थियो । जसको उपनक्षत्र स्वामी शुक्र थियो ।
प्रश्नको समय रुलिङ प्लानेट यस प्रकार थियो ।
लग्न कर्क राशि स्वामी चन्द्रमा
लग्न पुनर्वशु नक्षत्रमा स्वामी गुरु
चन्द्रमा राशि धनु स्वामी गुरु
चन्द्रमा पुर्वाषाढा नक्षत्रमा स्वामी शुक्र
दिन मंगलवार स्वामी मंगल
शुक्र
गहना, पैसा, गाडी तथा पत्निको कारक हो भने , गुरु सुन तथा सन्ततीको कारक, पती तथा पिताको सूर्य, आमाको चन्द्रमा आदि कारक ग्रह मानिन्छन । यदि रुलिङ प्लानेटमा कारक आयो भने हराएको व्यक्ति या सामान भेटीन्छ ।
प्रश्न
कुण्डलीमा शुक्र व्ययमा हुनुको साथै २ र ७ भावको स्वामी रहेको छ । शुक्र स्वयं आफ्नै नक्षत्र तथा उपनक्षत्रमा रहेको छ ।
११
भावको उपनक्षत्र स्वामी शुक्र २ भावसँग कनेक्सन भएको हुनाले सामान भेटिन्छ ।
चोर को हो त ?
यो
जान्नको लागि सप्तम भावको उपनक्षत्र स्वामी हेर्नुपर्दछ । स्त्री ग्रह भए, चोर स्त्री, पुरुष ग्रह भए चोर पुरुष यो जान्नु पर्दछ । यदि उपनक्षत्र स्वामी बुध या द्विस्वभाव राशिमा भए, एक भन्दा धेरै व्यक्तिको संलग्नता छ भनेर बुझ्नु पर्दछ ।
उक्त
कुण्डलीमा सप्तम भावको उप स्वामी पनि शुक्र नै थियो र शुक्र मंगलको नक्षत्रमा थियो । शुक्र स्त्री कारक र
मंगल पुरुष कारक , शुक्र द्वितिय भावको स्वामी र मंगल द्वितिय भावमा स्थित छन । यसको मतलव साफ थियो की चोरी महिला र पुरुष मिलेर घरकै नातेदारले गरेका छन्
मैले
उक्त कुरा उनिहरुलाई वताउदा आफूमा कानेपखुसी गर्न थाले र भने कि हामिलाई पनि त्यहि शंका थियो । रात परेको हुनाले उनिहरु घर गए । विहानै फोन गरेर जानकारी गराएकी, टाढाकी सानिमा पनि आउनुभएको थियो उहासँग छोरो पनि सँगै थियो सिक्रि उनिहरुले लगेका रहेछन् ।
उनिहरु
के खुशि भएहोलान त्यो भन्दा धेरै म खुशि भए किनकी मेरो भविष्यवाणी सहि भएको थियो ।
धन्यवाद
गुरुजी
भैरव ज्योतिष केन्द्र, बुटवल
Comments
Post a Comment