ज्योतिष भनेको
के हो
?
ज्योतिष एउटा
प्राचिन विज्ञान
हो ।
आकाशिय सौर्यमन्डलमा
रहेका ताराहरु
र ग्रहहरुको
आपसी सवन्धबाट
प्राप्त हुने
तरंगलाई सुक्ष्म
गणितीय सूत्रबाट
अध्ययन गरेर
पृथ्विवासीमा पर्ने
प्रभावको अध्ययन
र विश्लेषण
गर्ने एउटा
विज्ञानको नाम
ज्योतिष हो
। ज्योतिषलाई
बेदको एउटा
आँखाको रुपमा
हेर्ने गरिन्छ
। पृथ्विमा
रहेका जीवीत
तत्वहरुमाथि ग्रहहरुले
पार्ने प्रभावको
अध्ययन तथा
भविष्यवाणी गर्नु
नै ज्योतिषशास्त्रको
एउटा मुख्य
उद्देश्य रहेको
छ ।
हर कण
तथा ब्रह्माण्डमा
अवस्थित सम्पूर्ण
जीवहरुमाथि भगवानको
कृपादृष्टि तथा
उसैद्धारा नियन्त्रित
हुने हुनाले
सामान्य नियमहरुको
पालना गरियो
भने उसको
इच्छालाई अग्रिम
रुपमा जान्न
सकिन्छ ।
प्रत्येक मानिसहरुमा
आफ्नो भविष्य
जान्नको लागि
स्वभाविक उत्कंठा
उत्पन्न हुन्छ
। ऋषिमूनिहरुले
यसै भावनालाई
ध्यानमा राख्दै
ज्योतिष शास्त्रको
रचना गरे
।
ज्योतिष शास्त्रलाई
सामान्यत २
भागमा वाडिएको
छ ।
१. सिद्धान्त
( गणित ज्योतिष
) ः यस
अन्र्तगत लग्न
साधन, भाव
साधन, ब्रह्माण्डमा
ग्रहको अवस्था,
ग्रह बल,
भाव वल,
ग्रहको गति,
वक्रि लगायत
गणीतिय पाटो
यसमा समेटिएको
छ ।
२. फलित
ज्योतिष ः
यस अन्र्तगत
ग्रह, राशि,
भाव, नक्षत्र
आदिले मानवको
जीवनमा के
कस्तो प्रभाव
पार्छ भन्ने
कुराहरु समेटिएको
छ ।
ज्योतिषमा राशी,
नक्षत्र, ग्रह
र भावहरुको
विशेष तरिकाले
अध्ययन गरीन्छ
। राशीहरुलाई
काल्पनिक तारापुञ्ज
मानिएको छ
। सूर्यले
पृथ्विको वरिपरि
ब्रह्माण्डमा घुम्ने
बाटो गोलाकार
नभएर केहि
दीर्घवृत्ताकार रहेको
हुन्छ ।
जुन ३६०
डिग्रीको हुन्छ
। ३६०
डिग्रीलाई समान
१२ भागमा
विभाजन गर्दा
३० डिग्री
हुन आउदछ
। प्रत्येक
३०, ३०
डिग्रीको भागलाई
एउटा तारापुञ्जको
कल्पना गरिएको
छ ।
त्यहि तारापुञ्जलाई
नै राशिको
नामाकरण गरिएको
हो ।
राशिहरु १२
वटा रहेका
छन् ।
१२ राशिका
नामहरु यस
प्रकार क्रमले
रहेका छन्
। मेष,
वृष, मिुथुन,
कर्कट, सिंह,
कन्या, तुला,
वृश्चिक, धनु,
मकर, कुम्भ,
मिन गरी
१२ वटा
राशिहरु रहेका
छन् र
यीनै राशिहरुले
तारापुञ्जको आकारलाई
संकेत गरेका
हुन्छन् ।
मेष, भेडा,
वृष साँढे,
मिथुन २
कन्या क्रमले
मिन राशीमा
माछा आदि
।
त्यस्तैगरी ३६०
डिग्रीको ब्रह्माण्डलाई
समान २७
भागमा विभाजन
गरेर नक्षत्रको
परिकल्पना गरिएको
छ ।
एक नक्षत्रको
मान १३
डिग्री २०
मिनेट हुन
आउदछ ।
एउटा नक्षत्रलाई
४ पाउमा
विभाजीत गरिएको
छ ।
जन्म समयको
चन्द्रमा जुन
नक्षत्रको जुन
पाउमा रहेको
हुन्छ सोहि
अनुसार जन्म
बालकको नामाकरण
गरिएको हुन्छ
। २७
लाई ४
ले गुणन
गर्दा १०८
वटा नामाक्षर
हुन आउदछ
। जसलाई
नवाँश पनि
भन्ने गरिन्छ
। केपि
सिस्टममा यहि
नक्षत्रलाई ९
भागमा विभाजन
गरेर उपनक्षत्र
निकालिएको हुन्छ
। यहि
उपनक्षत्र स्वामीले
नै कृष्णमूर्ति
पद्धतिमा महत्वपूर्ण
भूमिका निर्वाह
गरेको हुन्छ
। ज्योतिषमा
अर्को महत्वपूर्ण
पाटो रहेको
हुन्छ, त्यो
हो राशि
। जन्म
समय चन्द्रमा
जुन राशिमा
रहेको हुन्छ,
त्यसैलाई जातकको
जन्म राशि
भनिन्छ , चन्द्रमा
जुन नक्षत्रमा
रहेको हुन्छ,
जातकको जन्म
नक्षत्र त्यसैलाई
मानिएको हुन्छ
। १२
वटा राशि,
२७ वटा
नक्षत्र , ९
वटा ग्रह
यसैको संयोजन
बाट भविष्यवाणी
गरीन्छ ।
बाह्र सत्ताइस
कुरा भनेर
जुन गाउले
भाषामा भन्ने
गरिन्छ, त्यो
यहि राशि
र नक्षत्रलाई
आधार मानेर
भनिएको हो
जसको तात्पर्य
हुन्छ, कुरा
नटुगिंने ।
२७ वटा
नक्षत्रको नामावली
यसप्रकार रहेको
छ ।
नक्षत्र
तालिका
ज्योतिषशास्त्रमा विशेष गरी वैदिक ज्योतिष मुख्य पाटो रहन जान्छ भने, त्यसैको जगमा कृष्णमूर्तिपद्धति जसलाई आधुनिक ज्योतिष पनि भन्ने गरिन्छ, प्रश्न ज्योतिष, अंक ज्योतिष, लालकिताव, हस्तरेखा आदि धेरै प्रचलित रहेका छन् । गाँउघरमा झारफूक, तन्त्रमन्त्र, लामा, झाक्रि, प्रेतसाधना, आखत हेर्ने, जोखाना हेर्ने आदिद्धारा पनि भविष्यवाणी गर्ने गरिन्छ ।
राशि,
नक्षत्रहरु स्थिर
हुन्छन् भने
ग्रहहरु गतिशील
हुन्छन् ।
ग्रहहरु अनवरत
घुम्ने क्रममा
राशि र
नक्षत्रहरु परिवर्तन
गर्दै अगाडि
वढ्दछन् ।
जन्म समयको
आकाशिय ग्रहहरुको
आधारमा जन्मकुण्डली
निर्माण गरिएको
हुन्छ ।
प्रत्येक ग्रहका
आ–आफ्ना
घरहरु निर्धारण
गरिएको हुन्छ
। जस्तै
सिंह राशिलाई
सूर्यले, चन्द्रमाले
कर्कट राशिलाई
आफ्नो घर
मानेको हुन्छ
। मेष
र वृश्चिक
राशि लाई
मंगलले आफ्नो
घर मानेको
हुन्छ ।
शुक्रले वृष
र तुला
राशिलाई ,बुधले
मिथुन र
कन्या राशिलाई,
गुरुले धनु
र मिन
राशिलाई र
शनिले मकर
र कुम्भ
राशिलाई आफ्नो
घर मानेका
हुन्छन् भने
राहु र
केतु छाया
ग्रह भएको
कारणले यिनीहरुलाई
घरको स्वामित्व
प्रदान गरिएको
छैन ।
यि ग्रह
जुन राशिमा
वस्दछन्, त्यहि
राशिको स्वामीत्व
ग्रहण गर्दछन्
।
ग्रहले आप्mनो
स्वभाव अनुसार
जुन राशिमा
परिभ्रमण गर्दछ,
उक्त राशिको
प्रवृत्तिलाई, वलवान
तथा कमजोर
वनाउदछ ।
वैदिक ज्योतिष
अनुसार, उच्च,
निच, मित्र,
सत्रु, स्वराशि,
मूलक्रिकोण आदि
भनेर ग्रह
र राशिको
सम्वन्ध छुट्टाइएको
हुन्छ ।
ग्रहहरु उच्चको
घरमा, आफ्नो
घरमा, मित्रको
घरमा वसेको
वेला सुभ
फल दिनेछ
भने निच
राशि अथवा
शत्रुको घरमा
वसेको वेला
अशुभ फल
प्रदान गर्दछ
तर कृष्णमूर्ति
पद्धतिमा यी
नियमहरुको पालना
गरिदैन ।
यो सिस्टम
अनुसार ग्रह
वसेको नक्षत्र
स्वामीलाई प्राथमिकता
दिइन्छ ।
जातकमा पर्ने
स्वभाव अनुसार
ग्रहका कारककत्वहरु
निर्धारण गरिएको
हुन्छ ।
जस्तै सूर्य
आत्माकारक, पिताकारक,
ग्रहको राजा,
सिंह राशिको
स्वामी भएको
कारण जातकमा
पनि सिंहमा
जस्तै स्वभाव,
राजामा जस्तै
भलाद्मीपन, क्रूर
ग्रहभएको हुनाले
रिसाहा आदि
। चन्द्रमा,
मनको कारक,
आमाको कारक,
सुन्दरता तथा
कल्पनाको प्रतिक
भएकोले जातकमा
पनि सुन्दरता,
कल्पनाशिलता बढि
देख्न सकिन्छ
। मंगल
भाइ वहिनीको
कारक, साहस,
पराक्रम तथा
रातो रंगको
प्रतिनिधित्वव गर्ने
भएको हुनाले,
जातकमा पनि
उग्रपन, रिसाहा,
झैझगडा प्रिय
भएको देख्न
सकिन्छ ।
एवं प्रकारले
अन्य ग्रहको
पनि प्रभाव
देख्न सकिन्छ
। वृहस्पतिलाई
देवगुरु र
शुक्रलाई दैत्य
गुरु भनेर
चिनिन्छ, सोहि
कारणले यी
दुवै ग्रहको
मिलनलाई राम्रो
मानिदैन ।
देव ग्रह
अन्तरगत सूर्य,
चन्द्रमा, मंगल,
गुरुलाई लिइन्छ
भने, असुर
ग्रह अन्तरगत
शुक्र,शनि,
राहु र
केतुलाई लिइन्छ
। देवराशि
एकआपसमा अति
मित्र मानिन्छन्
भने देव
राशिले आफ्नो
गुरु वृहस्पतिलाई
मान्दछन् ।
त्यस्तै अशुर
राशि एकआपसमा
मित्र मानिन्छन्
भने अशुर
राशिले शुक्रलाई
गुरु मान्दछन्
। सूर्य
गुरु,शुक्र,शनि,
राहु , केतुसँग
बुधको मित्रता
हुन्छ भने
चन्द्रमा र
मंगल सँग
सत्रुता रहन्छ
।
फलादेशको लागि
ग्रहले दिने
दृष्टिको पनि
अति नै
महत्वपूर्ण भूमिका
रहन्छ ।
वैदिक ज्योतिषमा
वैदिक दृष्टीको
मात्र प्रयोग
गरिन्छ भने
केपि सिस्टममा
वैदिक र
पाश्चात्य दृष्टि
दुवैको प्रयोग
गर्ने गरिन्छ
।
कुण्डलीमा लग्न देखि बाह्र भावहरु निर्धारण गरिएको हुुन्छ र प्रत्येक भावअनुसार कारकत्व निर्धारण गरिएको हुन्छ । जस्तै लग्न बाट जातकको वारेमा, स्वभाव, रुचि, चरित्र, स्वास्थ्य आयू आदिको विचार गरिन्छ भने दोश्रो भावबाट धन, परिवार, वाणी, खानपिन आदिको वारेमा विचार गरिन्छ । १,४,७,१० भावहरुलाई केन्द्र भाव भनिन्छ । वैदिक ज्योतिष अनुसार केन्द्रमा शुभ ग्रह हुनुलाई शुभ मानिन्छ । १,५,९ भावहरुलाई त्रिकोण भाव भनिन्छ , जसलाई अत्यन्तै शुभ भावमा गणना गरिन्छ । ६,८,१२ भावलाई त्रिक भाव(दुष्ठाना) भनिन्छ । ३,६,११ भावलाई त्रिषडाय भावको नामबाट चिनिन्छ । २ र ७ भावलाई मारक भाव भनिन्छ । एवंप्रकार गुरु, चन्द्र, शुक्र, बुधलाई शुभ ग्रहमा राखिएको छ । मंगल, सूर्यलाई क्रुर ग्रहमा राखिएको छ भने राहु, शनि, , केतुलाई पाप ग्रहअन्र्तगत राखिएको छ तर कृष्णमूर्ति पद्दतिअनुसार यसमा थोरै वदलाव ल्याइएको छ । सो सिस्टम अनुसार ग्रहहरु कुनै पनि शुभ हुदैनन् , कुनै पनि अशुभ हुदैनन् र तिनले दिने फलको आधारमा शुभ र अशुभ भनेर वर्गिकरण गरिएको हुन्छ भने भावहरुमा पनि १,२,३,६,१०,११ भावहरुलाई शुभ भाव भनिन्छ भने ४,५,७,८,९,१२ भावहरुलाई अशुभ भावमा राखिएको छ ।
त्यसैगरी ज्योतिषमा
स्वभाव अनुसार,
१. चर
राशिहरु १,४,७,१०
–(मेष, कर्क,
तुला, मकर)
२. स्थिर
राशिहरु २,५,८,११
(वृष, सिंह,
वृश्चिक, कुम्भ)
३. द्विस्वभाव
राशिहरु ३,६,९,१२
(मिथुन, कन्या,
धनु, मिन)
राशि भनेर
वर्गिकरण गरिएको
हुन्छ ।
सोहि राशिअनुसार
जातकमा स्वभाव
झल्किन्छ ।
ग्रहले फल
दिने भनेको
दशा अन्तरदशामा
हो ।
जन्म समय
चन्द्रमा जुन
नक्षत्रमा वसेको
हुन्छ, त्यसको
स्वामीलाई जातकको
जन्म समयको
महादशा भनिन्छ
। प्रत्येक
ग्रहको उसले
दिने फलको
आधारमा भोग्यकाल
निर्धारण गरिएको
हुन्छ ।
सूर्यको ६
वर्ष, केतु
र मंगलको
७ वर्ष,
चन्द्रमाको १०
वर्ष, गुरुको
१६ वर्ष,
बुधको १७
वर्ष, राहुको
१८ वर्ष,
शनिको १९
वर्ष र
शुक्रको २०
वर्ष समयावधि
निर्धारण गरेर
मानिसको आयू
१२० वर्षलाई
आधार मानिएको
छ ।
वैदिक ज्योतिषमा
विंशोत्तरी, योगिनी,
त्रिभागी तथा
अष्टोत्तरी दशा
विशेष गरी
प्रयोग गर्ने
गरिन्छ भने
कृष्णमूर्ति पद्दतिमा
विंशोत्तरी दशाको
मात्र प्रयोग
गरिएको हुन्छ
।
छोटकरीमा भन्नुपर्दा
ज्योतिष भनेको
सौर्यमण्डलमा रहेका
तारा, नक्षत्र
तथा ग्रहहरुले
मानिसको जीवनमा
पार्ने प्रभावको
वारेमा सूक्ष्म
गणितद्धारा अध्ययन
गरी जातकको
वारेमा गरिने
भविष्यावाणी हो
। ज्योतिषलाई
विज्ञानले पनि
मान्यता दिएको
छ र
यो आफैमा
पूर्ण सत्य
विज्ञान हो
। ज्योतिषलाई
विज्ञानको पनि
विज्ञान भनेर
ज्योतिष गुरुहरुले
भन्दै आउनुभएको
छ ।
समय परिवर्तनसँगै
मानिसहरुमा आएको
विचलन, पथभ्रष्ट
तथा विकारहरुले
गर्दा, यस्तो
शुद्ध तथा
आध्यात्मीक विज्ञानलाई
गलत रुपले
व्याख्या गर्दै
पैसा कमाउने
भाडाको रुपमा
प्रयोग गर्न
थालेका छन्
। ऋषीहरुको
अथक ध्यान,
साधना तथा
तपोवलको शक्तिले
आर्जन गरेको
विशाल विज्ञानलाई,
सिमित व्यक्तिहरुको
गलत रवैयाको
कारणले मृततुल्य
हुन पुगेको
छ ।
सामान्य पुस्तक
अध्ययन गरेर,
यूट्यूवका भिडियो
हेरेर, नौ
ग्रह, बाह्र
राशि तथा
२७ नक्षत्रहरुको
हल्का जानकारी
हुनेवित्तिकै आफूलाई
ज्योतिष शिरोमणी
कहलाउन थाल्दछन्
। तिनै
व्यक्तिहरुको कारण
कतिपय जनमानसमा
यो विद्या
ठग तथा
ढाँटिखाने विद्या
हो भन्ने
छाप समेत
वस्न पुगेको
छ ।
दुइचारवटा श्लोकहरु
घोकेको भरमा
मानव जीवन
र सम्पूर्ण
चराचरको मनगढन्त
फलादेश गर्न
थालेको देखिन्छ
। संयोगले
कसैको मिलेता
पनि अधिकतरको
मिल्ने कुनै
सम्भावना नै
रहदैन ।
कालसर्पयोग, पितृ
दोष, पिशाच
योग, विष
योग, मांगलिक
दोष लगायत
साढेसाति, उल्का,
संकटा आदिको
वारेमा विना
गहिरो अध्ययन,
विना अनुसन्धान,
लग्न कुण्डली
हेरेको भरमा,
जातकलाई डराउन
दिने प्रवृत्तिले
गहिरो सँग
जरा गाड्दै
गएको छ
। कर्मकाण्ड
गराउने पण्डित
र ज्योतिष
पनि आफै
भयो भने
रमाइलो पक्ष
त्यहा देख्न
पाइन्छ ।
भ्रष्ट प्रकृतिको
अनुपम उदाहरण
अन्य क्षेत्रमा
जस्तै ज्योतिषमा
पनि देख्न
पाइन्छ तर
त्यसको साइड
इफेक्कले गर्दा
स्वच्छ हृदय
भएका, अधिक
मेहनत गरीरहेका
क्षमतावान विद्यार्थीहरुको
जोस र
जाँगरमा सुस्तीपना
आउन थालेको
हर कसैले
देख्न सक्दछ
।
जोस र
जाँगरले , निडर
भएर आजका
विद्यार्थीहरुले अनिवार्य
यस्तो प्रकारको
विकृतिलाई चिर्दै
आफूभित्रको ज्ञानलाई
प्रस्फूटन गर्ने
समय आएको
छ ।
विशेष गरी
कुनै व्यक्ति
विशेषले लेखेका
मनगढन्ते कितावहरुको
अध्ययन, त्यहि
कितावलाई आधार
मानेर वनाइएका
भिडियो तथा
क्लासहरुबाट सिकेको
ज्ञानले फगत
जानेको छु
भन्ने घमण्ड
त उजागर
गर्छ तर
वास्तविक ज्ञान
चाँहि प्राप्त
हुन सक्दैन
। यदि
सहि तरिकाले
यो शास्त्रको
अध्ययन र
अनुसन्धान गरियो
भने एउटा
विश्वासिलो ज्योतिर्विदको
रुपमा उदय
हुने कुरामा
दुइमत रहदैन
।
Laxman Bhandari
KP/Baidik/Numerology/Lalkitab/Astro
Vastu Consultant
Comments
Post a Comment