मांगलिक विचार
लक्ष्मण भण्डारी
वैदिक ज्योतिषमा विवाह एवम् दाम्पत्य जीवनमाथि विचार गर्दा मांगलिक दोषमाथि पनि विशेष ध्यान दिइएको पाइन्छ । यद्यपि मांगलिक शब्दवाट वर या वधु पक्षका मानिसहरु अत्यन्त भयभित भएको देखिन्छ । हामिले यहा यसै विषयमा लिएर चर्चा गर्नेछौ की वास्तवमा मांगलिक दोष के हो र यसले के
अनिष्ट गर्दछ ?
हामि कोहि आश्चर्यमा नपर्दा हुन्छ कि सन्सारमा भएका ८० प्रतिशत मानिसहरुमा मांगलिक अवस्था कहि न कहिवाट रहेको हुन्छ वर वधुको विवाहको लागि कुण्डली मिलान गर्दा मांगलीक माथि विशेष विचार गरिएतापनि यसवाट डराउनुपर्ने आवश्यकता देखिदैन ।
मांगलिक दोषलाई हाम्रा ऋषिमुनिहरुले जन्म लग्नवाट, चन्द्र लग्नवाट र शुक्र लग्नवाट र केहि विद्वान हरुले धनभाववाट पनि मांगलिक विचार गरेको पाइन्छ । जव लग्नवाट, चन्द्रलग्नवाट र शुक्र लग्नवाट
प्रथम, चतुर्थ, सप्तम, अष्टम र द्वादश स्थानमा मंगल भयो भने मांगलिक दोष भएको वताइन्छ । प्रश्न उठ्छ की, मांगलिक दोषको विचार केवल मंगल ग्रहवाट नै किन विचार गरिएको होला ? किनकी मंगललाई रक्तको कारकको साथमा साहस, विरता तथा अग्निको समान विनाशको पनि द्यौतक मानिएको छ । यदि मंगल दुषित छ भने अग्निको समान विनास अवस्य निम्त्याउने छ ।
साधारण रुपले सवै ग्रहहरु ले आफ्नो स्थानवाट सप्तम भावमाथि दृष्टि राख्दछन भने मंगल , शनि र गुरुले विशेष अतिरिक्त दृष्टिको अधिकार राख्दछन् मंगलले आफ्नो स्थानवाट चौथो, सातवौ र आठौ भावमाथि पूर्ण दृष्टि राख्दछ । दाम्पत्य जीवन कस्तो हुन्छ भन्ने विचार मंगलवाट विशेष रुपले गरिन्छ । विद्वानहरुले प्रथम, चतुर्थ, सप्तम, अष्टम र द्वादश भाववाट नै मांगलिक दोषको विचार गर्दछन् भने वाकी भावलाई छोडिदिन्छन् यसको पनि विशेष कारण रहेको छ ज्योतिष शास्त्र अनुसार लग्नभावलाई तनु अर्थात शरीर मानिएको छ । चन्द्रमालाई मनको कारक मानिएको छ र शुक्रलाई कामवासना तथा विर्यको कारक मानिएको छ ।
लग्नमा स्थित मंगलले चतुर्थ पूर्ण दृष्टि मानसिक शान्तिको भाव चतुर्थभाव तथा सप्तम पूर्ण दृष्टिले विवाहको भाव तथा अष्टम पूर्ण दृष्टिले विवाहको आयु भावलाई स्पष्ट गर्दछ मंगलको अशुभ प्रवृत्ति अशुभ परिणाम दायक हुनेछ । चतुर्थभावमा स्थित मंगलले मानसिक सुखशान्ति तथा सप्तमभाव विवाहको भाव माथि चतुर्थ पूर्ण दृष्टिले देख्दछ । सप्तमभावमा स्थित मंगल विवाहको लागि शुभकारी मानिदैन ।
अष्टम भाव पुरुषको कुण्डलीमा पत्निको आयु र कन्याको कुण्डलीमा पतिको आयुलाई दर्शाउदछ अर्थात अष्टम भावलाई विवाहको आयु भाव पनि भनिने हुनाले पुरुषको कुण्डलीमा पत्नीको मांगल्य भाव तथा पत्नीको कुण्डलीमा पतिको मांगल्य भाव मानिन्छ । तसर्थ यहा स्थित मंगलललाई अशुभ फलदायी मानिन्छ ।
द्वादश भावमा स्थित मंगल पुरुष तथा कन्याको लागि शयन सुखलाई दर्शाउदछ । यहा स्थित मंगलले कुण्डलीको सप्तम भाव जोकी विवाहको भाव हो त्यसमाथि अष्टम पूर्ण दृष्टिले प्रभावित गर्दछ ।
मांगलिक दोष माथि विचार गर्दा दोष केवल मंगल वाट मात्र नभएर मंगल योगकारक ग्रहवाट पनि वन्दछ । मंगल योग ग्रह अन्तरगत मंगल, शनि, सूर्य, राहु र केतु यी ५ ग्रहलाई पनि पाप ग्रह मानिएको हुनाले ,यी ग्रह जब लग्न, चतुर्थ, सप्तम, अष्टम या द्वादशभावमा बसेका छन भने पनि जातकको दाम्पत्य सुखमा कमि ल्याउनेछन् ।
मांगलिक योग केवल लग्न कुण्डलीवाट मात्र वनेको छ भने यसको दोष तथा दुष्प्रभाव कमजोर हुन जान्छ । यदि लग्न कुण्डली तथा चन्द्रकुण्डली दुवैवाट यो योग वनेको छ भने यसको प्रभाव अलि धेरै हुन जान्छ भने लग्न कुण्डली, चन्द्रकुण्डली र शुक्र कुण्डली सवैवाट मांगलिक योग वनेको छ भने यसको दुष्प्रभाव धेरै नै देखिनेछ अर्थात जातकको दाम्पत्य जीवन दुखदायी तथा नारकइी हुनेछ ।
कृष्णमूर्ति पद्धतिमा नत मांगलिकको विचार गरीन्छ नत कुनै ग्रहलाई शुभ नत कुनैलाई अशुभमा बर्गिकरण गरीएको छ । सवै ग्रहले आफ्नो नैसर्गिक गुण अनुसार फल प्रदान गर्दछन् । विवाहको लागि मूख्य भाव सप्तम लाइ विचार गरिन्छ । यदि सप्तम भावको उपनक्षत्र स्वामी २,७,११ भाव मध्ये कुनै एक सँग कनेक्सन छ भने जातकको विवाह हुनेछ । यदि २,७,११ भावको साथ १,६,१० भाव पनि कनेक्सन मा छ भने जातकको वैवाहित जीवनमा अनेक तनाव आउनेछ, झैझगडा कलह हुुनुको साथै अलग वस्नुपर्ने सम्मको अवस्था आउनेछ । यदि सप्तम भावको उपनक्षत्र स्वामी द्विस्वभाव राशि मिथुन, कन्या,धनु, मिन राशिसँग अथवा बुध,गुरु सँग कनेक्सन छ भने जातकको पति, पत्नि वाहेक बाहिरी सम्वन्ध पनि हुनेछ । साथमा महादशा स्वामी यदि २,७,११ को साथमा ८ भावसँग कनेक्सन छ र बुध तथा गुरु जस्तो द्विस्वभाव ग्रहसँग दशास्वामी कनेक्सन छ भने जातकको सम्वन्ध विच्छेद हुनु निश्चितप्राय मानिन्छ । शनि र चन्द्रमाको कुनै प्रकारले सम्वन्ध वनेको छ भने विवाह गर्नुपूर्व तथा विवाह पश्चात पनि अनेक समस्याहरु आउनेछन् । केपि पद्दतिको सामान्य नियमलाई पालना गरियो भने हर फलितमा सटिकता आउनेछ .
कपि राइट लेखकमा सुरक्षित छ ।
भैरव ज्योतिष तथा अनुसन्धान केन्द्र
बुटवल
Comments
Post a Comment