Skip to main content

केपि सिस्टमको बारेमा थोरै जानकारी

   प्राचिन समयमा ज्योतिष शास्त्र मूलतः नक्षत्राधिष्ठित थियो ग्रीकका शास्त्रिहरुले राशिको संकल्पना जव ज्योतिष शास्त्रमा प्रयोग गर्न थाले, उनिहरुको देखासिखी हामीहरुले पनि गर्दागर्दै, नक्षत्रलाई नजरअन्दाज गर्न थाल्यौ विवाहको लागी मुहुर्त निकाल्नको लागि मात्र आज हामिले नक्षत्रको प्रयोग गर्दछौ नक्षत्रविना ज्योतिष अधुरो हुन्छ भन्ने जान्दा जान्दै पनि यसलाई नजरअन्दाज गर्दै गयौ


     परिणाम स्वरुप ज्योतिर्विदद्धारा गरिएको भविष्यकथन गलत हुन थाल्यो तर किन भविष्यकथन गलत हुनथाल्यो भनेर जान्ने कोशिश सम्म कहि कतैवाट गरिएन कुनै डाक्टरले आफ्नो गल्तीको वारेमा वताउदैन, इन्जिनियरले आफ्नो गलत निर्माणको कुरा गर्दैन उसै प्रकार ज्योतिर्विदले पनि आफ्नो गल्तीलाई ढाकछोप गर्दै गए, अनेक तर्कना गर्दै गए यिनै कारणले ज्योतिष प्रति मानिसको आकर्षक, भरोसा विश्वास कम हुदै जान थाल्यो

 

       यसै विचमा गुरुवर कृष्णमूर्तिको जन्म भयो उहाले सैंकडौ ग्रन्थको अध्ययन, अनुसन्धान गरी नक्षत्र पद्धतीवाट भविष्यकथन गर्न थाल्नुभयो भविष्यकथन केहि सहि हुन थाल्यो केहि गलत पनि भयो सहि हुने भविष्यकथनमाथि गर्व नगरी, गलत हुनुको कारण गहिराइमा गएर खोजतलास गर्दा गर्दा उहालाई विस्तारै गलती हुनुको कारण तथ्य पत्ता लाग्यो जुन तथ्यलाई लिएर शुरुमा ठूला ठूला ज्योतिर्वीदहरुले विरोध गरे पनि विस्तारै उहाको प्रणालीलाई अवलम्वन गर्नेको संख्या बढ्दै जान थाल्यो, उहाका भाषण लेखहरु अंग्रेजीमा भएको हुनाले अन्य भाषिहरुको पहुचमा पुग्न भने धेरै समय लागेको

 

        सन २००२ मा जव भारतको चेन्नैमा अध्ययनको शिलशिलामा थिए मेरो भेट गुरु कृष्णमूर्तिको पुत्र गुरु श्री हरीहर कृष्णमूर्तिसँग भयो उहासँग प्रभावित भएर उहाको इन्स्टिच्यूटवाट केपि विद्याको आरम्भ गर्ने सुअवसर प्राप्त गरे पछि दिवंगत गुरु सुनिल गोन्धालेकर, गुरु अजय मिश्र, गुरु विजयानन्द पाटिल, मित्र डा. आदिथ काशिनाथ (इपिएस सिस्टमको आविस्कारक), कनककुमार बोस्मीया लगायतका केपि पद्दतिका हस्तिहरुको सहयोग तथा हौसलाले मलाइ पनि केपि सिस्टममा अगाडी वढ्न मद्दत मिलीरहेको , भने आज पनि गुरुहरुको आशिर्वादवाट अनेक ग्रुपहरुमा अनुसन्धान रिसर्च गर्ने अवसर मिलिरहेको

 

 कृष्णमूर्ति पद्दतीले कसरी काम गर्छ ?

 

       यो सिस्टममा ग्रह कुन राशिमा , कुन भावमा , या कुन भावको अधिपति रहेको तथा नवांशमा, डिभिजनल चार्टमा कहा ,  देख्नुको साटो ग्रह कुन नक्षत्रमा , नक्षत्रको स्वामी कुन हो कुन भावमा रहेको , नक्षत्राधिपतिको अधिकार वाला राशि कुनकुन भावमा रहेका छन यो हेरेर, त्यो अनुसार फलादेश गरीन्छ कृृष्णमूर्ति प्रणालीको मुख्य नियम नै यहि हो , यहि सानो वदलावले ज्योतिष शास्त्रलाई नै एक नया दिशा मिलेको यो प्रणालीमा राशिको तुलनामा भावलाई नै अति महत्व दिइएको भने यो पद्दतिमा कुनै पनि ग्रह शुभ या अशुभ हुदैनन् , उच्च या निच हुदैनन् स्वराशि, मुलत्रिकोण, शत्रु, मित्र आदिको गणना यो पद्दतिमा समावेश गरीएको छैन   राशिहरुलाई १०८ मा विभाजन गरेर वनाइएको नवांशको ठाउमा, उपनक्षत्रको प्रयोग गरिन्छ शनि चन्द्रमावाट हुने योगलाई पुनरफू योग भनिन्छ, भने त्यो योगलाई छोडेर अन्य कुनै पनि योगलाई स्थान दिइएको छैन भने साडेसाति तथा मांगलिकको पनि कुनै स्थान रहेको छैन कृष्णमूर्ति प्रणालीमा एउटै मात्र नियमको पालना गरिन्छ त्यो हो सम्वन्धित भावको उपनक्षत्र स्वामीको कनेक्सन, मुख्य भाव सहायक भावसँग भयो भने घटना घटित हुनेछ जस्तै विवाहको लागि हेर्नुप¥यो भने, सप्तमभावको उपनक्षत्र स्वामी, , ११ भावसँग कनेक्सन भयो भने, विवाह हुन्छ भनेर बुझिन्छ   कालनिर्णय अर्थात घटना कहिले घट्छ भन्ने जानकारीको लागी विंशोत्तरी दशाको मात्र प्रयोग गरिन्छ राशि, भाव तथा ग्रहका कारक तत्वहरु वैदिक ज्योतिषकै लिइएको भने, दृष्टिलाई वैदिक पाश्चात्य दुवै प्रयोग गरिएको शिक्षालाई चतुर्थ भाव पितालाई नवम भाववाट विश्लेषण गरिन्छ

लक्ष्मण भण्डारी

भैरव ज्योतिष अनुसन्धान केन्द्र

बुटवल, नेपाल


Comments

Popular posts from this blog

ज्योतिष भनेको के हो ?

ज्योतिष भनेको के हो ? ज्योतिष एउटा प्राचिन विज्ञान हो । आकाशिय सौर्यमन्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सवन्धबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर पृथ्विवासीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने एउटा विज्ञानको नाम ज्योतिष हो । ज्योतिषलाई बेदको एउटा आँखाको रुपमा हेर्ने गरिन्छ । पृथ्विमा रहेका जीवीत तत्वहरुमाथि ग्रहहरुले पार्ने प्रभावको अध्ययन तथा भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ ।        हर कण तथा ब्रह्माण्डमा अवस्थित सम्पूर्ण जीवहरुमाथि भगवानको कृपादृष्टि तथा उसैद्धारा नियन्त्रित हुने हुनाले सामान्य नियमहरुको पालना गरियो भने उसको इच्छालाई अग्रिम रुपमा जान्न सकिन्छ । प्रत्येक मानिसहरुमा आफ्नो भविष्य जान्नको लागि स्वभाविक उत्कंठा उत्पन्न हुन्छ । ऋषिमूनिहरुले यसै भावनालाई ध्यानमा राख्दै ज्योतिष शास्त्रको रचना गरे ।   ज्योतिष शास्त्रलाई सामान्यत २ भागमा वाडिएको छ । १ . सिद्धान्त ( गणित ज...

मांगलिक दोष वास्तविक र भ्रम

मांगलिक   विचार                                                                                                                                लक्ष्मण भण्डारी वैदिक   ज्योतिषमा   विवाह   एवम्   दाम्पत्य   जीवनमाथि   विचार   गर्दा   मांगलिक   दोषमाथि   पनि   विशेष   ध्यान   दिइएको   पाइन्छ   ।   यद्यपि   मांगलिक   शब्दवाट   वर   या   वधु   पक्षका   मानिसहरु   अत्यन्त   भयभित   भएको ...

GemStone(पत्थर)

ज्योतिष   शास्त्र   अनुसार   पत्थर   जसलाई   रत्न   पनि   भन्ने   गरिन्छ   ।   जुन   मानव   जीवनमा   अत्यन्तै   वहुउपयोगी   रहेको   छ   ।   यो   अति   बहुमूल्य ,  प्रभावशाली   तथा   आकर्षक   रहेको   हुन्छ   ।   सदियौ   देखि   गरगहना   देखि   ग्रह   उपचारमा   यसको   प्रयोग   गरीदै   आएको   पाइन्छ   ।   यसमा   दैविय   उर्जा   समाहित   रहेको   हुनाले   यसको   धारण   गर्नाले   मानव   जीवनको   कल्याण   गर्दछ   ।   पत्थर   एक   अत्यन्तै   दुर्लभ   र   शक्तिशाली   रहेको   हुन्छ   ।   यो   जुनसुकै   स्थानमा   पाइदैन   ।   प्राचीनकाल   बाट   नै   पत्थरको   प्रयोग   कुनै   न   कुनै   रुपमा   हुदै   आएको   छ ...