बैशाख १४ गतेको राशिफल
आज सूर्योदय विहान ०५ः२९ मिनेट जादा भएको छ भने, सूर्यास्त साझ ०६ः३४ मिनेट जादा हुनेछ
चन्द्रमा आज दिनभर कर्कट राशिमा रहनेछ भने, विहान ०७ः१४ वजेसम्म पुनर्वसु नक्षत्रमा र तत्पश्चात पुष्य नक्षत्रमा चन्द्रमाले प्रवेश गर्नेछ । आज दिनभर चन्द्रमा शनिको नक्षत्रमा रहने हुनाले जसको कुण्डलीमा चन्द्रमा खराव छ अथवा चन्द्रमाको दशा चलेको छ, उक्त जातकलाई एक प्रकारको अन्जान डर भय, चिन्ता, समस्याले सताउने छ ।
आज शुक्ल पक्षको सप्तमी तिथि रहेको छ भने, दोपहरको ०१ः५३ वजेपछि अष्टमी तिथि सुरु हुनेछ ।
सो अनुसार आजको ग्रहको अवस्था यसप्रकार रहनेछ ।
सुर्य मेष राशि, आस्वीनी नक्षत्रमा र उपनक्षत्र स्वामी बुधमा रहनेछ ।
मंगल मिथुन राशि, पुनर्वसु नक्षत्रमा र उपनक्षत्र स्वामी शनिमा रहनेछ ।
बुध मेष राशि, भरणी नक्षत्रमा र उपनक्षत्र स्वामी राहुमा रहनेछ ।
गुरु मेष राशि, आस्वीनी नक्षत्रमा र उपनक्षत्र स्वामी शुक्रमा रहनेछ ।
शुक्र वृष राशि, मृगशिरा नक्षत्रमा र उपनक्षत्र स्वामी मंगलमा रहनेछ ।
शनि कुम्भ राशि, शतभिषा नक्षत्रमा र उपनक्षत्र स्वामी शनिमा रहनेछ ।
केतु तुला राशि, स्वाति नक्षत्रमा र उपनक्षत्र स्वामी गुरुमा रहनेछ ।
राहु मेष राशि, आस्वीनी नक्षत्रमा र उपनक्षत्र स्वामी शनिमा रहनेछ ।
यो राशिफल नक्षत्रलाई आधार मानेर गरिएकोछ ।
लक्ष्मण भण्डारी
ज्योतिष सिक्न, चिना तथा वास्तु विश्लेषण गराउन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ
Mob,Whatsapp,Imo,Viber :-9857062110, 9813918272
- मेष Aries
- चू,चे,चो,ला, ली, लू,ले,लो, आ
मेष राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामी शनिद्धारा १०,११,४ भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । विद्यार्थीहरुको लागि यो समय अनुकुल रहेको छ । अध्ययनमा मन रमाउनेछ । उच्च अभिलाषाहरु उत्पन्न हुनेछ । अध्यापन क्षेत्रमा लागेकाहरुको लागि पनि यो समय राम्रो रहेको छ । राजनीतिमा अग्रसर हुन सकिने छ । व्यापारमा लाभ हुनुको साथै जग्गा जमिनवाट पनि लाभ नै हुनेछ । विग्रेका कामहरु वन्नेछन् । स्वास्थ्य पनि राम्रो नै रहनेछ . घर परिवारका सदस्यहरुको साथमा तथा साथिभाइहरुसँग स्वादिष्ट भोजनको समय रहेको छ । उल्लासपूर्ण समय रहेको हुनाले मन आनन्दित रहनेछ ।
- वृष Taurus
- ई, ऊ,ए, ओ, वा, वी, वू, वे, वो
वृष राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा ९,१०,३,, भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । अध्ययनमा मन नजाने, नोकरी अथवा कार्यक्षेत्रमा परिवर्तनका विचारहरु उठ्नेछ । परिवारको साथमा यात्राहरु हुन सक्नेछ । ठेक्का पटटामा सम्भौता हुन सक्नेछ । गरिएको प्रयासमा सफलता हात लाग्नेछ । जोस र जाँगर पूर्ण समय रहेको छ । पैसा हात पर्ने समय रहेको छ ।
मेष राशि (पूर्ण जानकारी) – BHAIRAV JYOTISH
- मिथुन Gemini
- का, की, कू, घ, ङ, छ, के, को, ह
मिथुन राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा ८,९,२ भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । आकस्मिक तथा हतारमा निर्णय लिदा भने सोचविचार गर्नु अत्यावश्यक रहेको हुन्छ । सँगी साथी अथवा आफन्तको भर पर्दा धोका दिन सक्नेछन् । गर्न खोजिएको नविन कामहरुमा अनेक झन्झटको सामना गर्नुपर्ने हुन्छ । यात्रामा पनि अनेक समस्याहरु आउन सक्नेछ । अनजान भयले सताउन सक्नेछ । पिताको स्वास्थ्यमा समस्या आउन सक्ने अथवा पितासँगको मतभेदमाथि संयमता अपनाउनुपर्ने हुन्छ । धार्मिक यात्रा द्धारा पुण्य लाभको साथै मन आनन्दित पार्न सकिनेछ । गुप्त विद्या,ज्योतिष, दर्शन आदिको स्वअध्ययन गर्नाले लाभ हुनेछ । आध्यात्मिक क्षेत्र तथा तीर्थ स्थलमा धन खर्च हुन सक्नेछ । राजनीतिमा पनि विशेष रुचि रहनेछ । आँखामा ध्यान दिनुपर्ने समय रहेको छ । गरिएको प्रयासमा सफलता हात लाग्नेछ । जोस र जाँगर पूर्ण समय रहेको छ । पैसा हात पर्ने समय रहेको छ । हिम्मत र साहासले काम लिनुपर्ने समय रहेको छ । सत्रुहरु आफै पाखा लाग्नेछन् ।
- कर्कट Cancer
- ही, हू, हे, हो, डा, डी, डू, डे, डो
कर्कट राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा ७,८,१ भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । मन तथा बुद्धि अस्थिर हुन जानाले र नसोचेका आकस्मीक घटना हरुले गर्दा मन खिन्न रहनेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ । आँखामा ध्यान दिनुपर्ने हुन्छ । पैसाको लेनदेनमा सजगता अपनाउनु पर्ने देखिन्छ । पैसा फस्न सक्ने तथा धन हानिको भय रहेको छ । तनावले गर्दा निद्रामा पनि समस्या देखिन सक्नेछ ।
- सिंह Leo
- मा, मी, मू, मे, मो, टा, टी, टू, टे
सिंह राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा ६,७,१२ भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । यो समयमा स्वभाव अनायास उग्र हुन जानाले झैझगडा आदिको सामना गर्नुपर्ने हुन सक्छ । दाम्पत्य जीवनमा हुनसक्ने अनावश्यक तनावलाई कम गर्ने प्रयास गर्नुपर्दछ अन्यथा गृहस्थ जीवन धेरै संघर्षपूर्ण रहनेछ । विद्यार्थीहरुको लागि अल्छिपूर्ण समय रहेकोले विहान चाँढै उठेर एक्सरसाइज गर्नुपर्ने हुन्छ । सामान्य रोग लाग्न सक्ने, दुर्घटना, शत्रुवाट समस्यामा पर्न सकिनेछ । स्वास्थ्यमा धन खर्च, कानूनि विवादमा पनि पर्न सकिने, कर्मक्षेत्रमा हुने वाधाले गर्दा मन खिन्न हुन सक्ने भएको हुनाले सजगता अपनाउनुपर्ने हुन्छ ।
- कन्या Virgo
- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा ५,६,११ भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । आजको दिन राम्रो रहेको छ । घरेलु जीवन सुखदायी रहनेछ । धन प्राप्तिको समय रहेको छ भने रोकिएका कामहरु सुचारु हुन सक्ने समय रहेको छ । खेलकुदमा मन जानुको साथै प्रतिस्प्रधामा जीतको सम्भावना रहेको छ । नोकरी तथा अन्य अन्तरवार्ताहरुमा सफलता प्राप्त हुनेछ । विरामीहरुको लागि रोगबाट मुक्ति प्राप्त हुने समय पनि आएको छ ।
- तुला Libra
- रा, री, रू, रे, रो, ता, ती, तू, ते
तुला राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा ५,१०,४ भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । घरमा कुनै धार्मिक समारोह आयोजना हुन सक्नेछ अथवा कतै धार्मिक कार्यमा सामेल हुन सकिनेछ । मनोरञ्जन तथा आध्यात्मिक क्षेत्रको लागि राम्रो समय रहेको छ । विद्यार्थीहरुको लागि राम्रो समय रहेको छ अध्ययन मा मन जानुको साथै उच्च अभिलाषाहरु उत्पन्न हुनेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने समय रहेको छ । जथाभावी खानपिनलाई रोक्नुपर्ने हुन्छ । मानसिक रुपमा चिन्ता तथा निराशा भाव उत्पन्न हुन सक्नेछ ।
- वृश्चिक Scorpio
- तो, ना, नी, नू, ने, नो, या, यी, यू
वृश्चिक राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा ३,४,९ भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । महत्वपूर्ण कामहरु जुन पहिले देखि नै अड्किरहेको थियो यो समयमा वन्ने सम्भावना रहन्छ । व्यापार व्यवसायको लागि ठेक्का पट्टा सजिलै हात लाग्नेछ भने मनोरन्जन र यात्रामा समय वित्नेछ । पारिवारीक यात्राको आनन्द आउनेछ । माताको स्वास्थ्यमा भने केहि खरावी आउन सक्नेछ । पारीवारिक धार्मिक समारोह तथा तिर्थस्थलको यात्रा राम्रो रहनेछ । सादा तथा आनन्द पूर्ण दिन व्यतित हुनेछ । कामको शिलसिलामा यात्रा हुन सक्नेछ । नोकरीमा परिवर्तनका विचारहरु आउनेछन । दाम्पत्य जीवनमा भने केहि समस्याहरु उत्पन्न हुन सक्नेछ । पढाइमा पनि त्यति मन जानेछैन ।
- धनु Sagittarius
- तो, ना, नी, नू, ने, नो, या, यी, यू
धनु राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा २,३,८ भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । घर परिवारका सदस्यहरुको स्वास्थ्यमा समस्या रहन सक्नेछ । झूटो खवर तथा अफवाह को कारणले अन्योलता उत्पन्न हुन सक्नेछ । शेयर कारोवार, जुवातास तथा लोटरी आदिमा जोडिन सकिनेछ । सामान्य तनाव तथा चिन्ताले सताउनेछ । अनायास धन तथा लाभ प्राप्त हुनसक्नेछ । वेरोजगारको लागि नोकरी प्राप्त हुन सक्नेछ भने घर वाहिर भएकाहरु आफ्नै घरमा फर्किने योग पनि वनेको छ । आकस्मिक तथा हतारमा निर्णय लिदा सोचविचार गर्नु अत्यावश्यक रहेको छ बोल्दा संयमता अपनाउनुपर्ने हुन्छ नत्र अर्थको अनर्थ हुन सक्नेछ । यात्रामा समस्या आउन सक्नेछ । पितासँग संयमता अपनाउनुपर्ने हुन्छ । सजगता अपनाएर अगाडी बढ्ने हो भने, स्वास्थ्य राम्रो रहनेछ । लाभदायक समय रहेको छ । गरिएको प्रयासमा सफलता प्राप्त हुनेछ । जोस र जाँगरले परिपूर्ण दिन रहेको छ ।
- मकर Capricorn
- भो, जा, जी, खी, खू, खे, खो, गा, गी
मकर राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा १,२,७,, भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । स्वयंको प्रयासले मात्र धन लाभ सम्भव भएको हुनाले धेरै नै मेहनत गर्नुपर्ने अवस्था रहेको छ, अथक श्रमको कारणले गर्दा शरिरमा कुनै विकार उत्पन्न हुन सक्ने खतरा पनि रहेको छ । मन तथा बुद्धि अस्थिर हुन जानाले र नसोचेका आकस्मीक घटना हरुले गर्दा मन खिन्न रहनेछ । समय आफू अनुकूल नरहेको हुनाले सजग रहनुपर्ने हुन्छ । अपमानितको महसुस हुनेछ । खर्चले सताउनेछ । विभिन्न कामहरुमा अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
- कुम्भ Aquarius
- गू, गे, गो, सा, सी, सू, से, सो, दा
कुम्भ राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा १२,१,६ भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । धनार्जनको लागि गरीएको अथक श्रमको कारण अचानक स्वास्थ्यमा गडवढि आउन सक्नेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ । मन तथा व्यवहार धेरै नै चन्चल हुन जानेछ । यात्राको समय रहेको छ , यात्राको समय आध्यात्मिक तिर्थस्थल घुमफिर गर्नाले आइपर्ने तनावबाट केहि हदसम्म बच्न सकिनेछ । तसर्थ आध्यात्मिक क्षेत्रमा पूर्णत लाग्दा राम्रो हुनेछ । धन प्राप्तिको समय रहेको छ भने रोकिएका कामहरु सुचारु हुन सक्ने छ ।कुम्भ राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा १२,१,६ भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । धनार्जनको लागि गरीएको अथक श्रमको कारण अचानक स्वास्थ्यमा गडवढि आउन सक्नेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ । मन तथा व्यवहार धेरै नै चन्चल हुन जानेछ । यात्राको समय रहेको छ , यात्राको समय आध्यात्मिक तिर्थस्थल घुमफिर गर्नाले आइपर्ने तनावबाट केहि हदसम्म बच्न सकिनेछ । तसर्थ आध्यात्मिक क्षेत्रमा पूर्णत लाग्दा राम्रो हुनेछ । धन प्राप्तिको समय रहेको छ भने रोकिएका कामहरु सुचारु हुन सक्ने छ ।
- मिन Pices
- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
मिन राशि हुनेहरुको लागि यो समयमा चन्द्रमाले नक्षत्र स्वामीद्धारा ११,१२,५ भावहरु कनेक्सन गर्नेछ । सो अनुसार आजको दिन यस प्रकार रहनेछ । मनोरञ्जन तथा सन्तानको लागि धन र समय व्यतित हुनेछ । कार्यक्षेत्रमा हुन सक्ने सामान्य उतार चढावले गर्दा समस्या उत्पन्न हुन सक्नेछ सोहि कारणले मनमा तनावको वातावरण उत्पन्न हुन जानेछ । इच्छा पूर्तिको लागि खर्च हुनेछ । सँगी साथिहरुसँग रमाइलो घुमफिरको समय रहेको छ । विरामी भएकाहरुलाई सञ्चो हुनेछ । केहि झन्झटहरु पश्चात कामहरु वन्नेछन् । आलस्यलाई कन्ट्रोल गर्न सकियो भने शिक्षा लगायत राम्रो रहनेछ । अनावश्यक खर्चको सामना गर्नुपर्ने हुन सक्छ । स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । तनावको माहोलवाट जोगिदै आध्यात्मिकता तिर मन लगाउनुपर्ने हुन्छ ।
Comments
Post a Comment