श्री गणेशाय नम :
परिचय
केपी पद्धतीमा नक्षत्रलाई महत्व दिइएको छ । दशा पद्धति ऋषि पराशरद्धारा प्रदत्त विंशोत्तरी दशा पद्धतिलाई घटनाको समय निर्धारण गर्नको लागी उपयोगमा ल्याइन्छ । विंशोत्तरी दशा पद्धति १२० वर्षको हुन्छ जसमा सवै ग्रहालई विभिन्न वर्ष दिइएको हुन्छ । केतु र मंगलको समय ७ वर्ष, शुक्र को २० वर्ष, सूर्यको ६ वर्ष, चन्द्रमाको १० वर्ष, राहु को १८ वर्ष, गुरुको १६ वर्ष शनिको १९ वर्ष र बुधको १७ वर्षको महादशा हुन्छ ।
सवै मिलाएर 7+20+6+10+7+18+16+19+17
= 120 वर्ष पुरा मानिसको आयुचक्र मानिएको छ ।
महादशा अवधिधेरै वर्षको हुनेहुदा, तपाइको विवाह राहुको महादशामा हुन्छ भनेर भन्दा त्यति उपयुक्त हुदैन किनकी राहुको महादशा त १८ वर्षको हुन्छ । तसर्थ विवाह कुन वर्ष, कुन महिना र कति गते हुन्छ यो जान्नु जरुरी हुन्छ । त्यसैले राहुको महादशालाई पुनः ९ भागमा विभाजित गर्न अति आवश्यक हुन्छ । यसरी विभाजन गर्दा अन्तरदशाको जन्म हुन जान्छ । राहु महादशामा राहुको अन्तरदशा १८x१८/१२० को सुत्र प्रयोग गर्दा २.७ वर्ष हुन आउछ । यसप्रकार अझै सुक्ष्मता भविष्यकथनको लागी अन्तरदशालाई पुनः ९ भागमा विभाजित गरिन्छ । त्यसरी विभाजन गर्दा प्रत्यन्तर दशाको जन्म हुन्छ । प्रत्यन्तर दशालाई पुनः ९ भागमा विभाजन गर्दा सूक्ष्मदशा र सूक्ष्मदशालाई फेरी विभाजन गर्दा प्राणदशा हुन आउदछ ।
विंशोत्तरी महादशा प्रणालीमा चन्द्रमाको डिग्रिलाई आधार मानेर १२० वर्षको लागी दशा अन्तरदशा निकालीन्छ । जस्तै , यदि चन्द्रमा कर्क राशीमा २३:४५:५० मा अवस्थित छ भने, यसको कुल डिग्रि यसप्रकार हुन्छ ।
कर्क राशी –मेष, वृष र मिथुन ३ राशी चन्द्रमाले भोग गरीसकेको हुनाले) ३ x ३० = ९० डिग्रि मा २३ः४५ः५० लाई डिग्रिमा रुपान्तरण गर्दा(२३.७६३८८) हुन आउछ त्यसलाईलाई जोड्दा ११३.७६३८८ चन्द्रमाको कुल डिग्री हुन आउछ ।
यसलाई अव हामिले विंशोत्तरी दशामा रुपान्तरण गर्दा,
१ नक्षत्र वरावर १३ डिग्रि २० मिनेट अर्थात १३.३३३३ डिग्रि हुन आउछ । अव कर्क राशीमा स्थित चन्द्रमा लाई जसको डिग्रि ११३.७६३८८ लाई १३.३३३ ले भाग गर्दा ८.५३२२ हुन आउछ । ८ नक्षत्र चन्द्रमाले भोग गरिसकेको र नवौ नक्षत्रमा प्रवेश गरेको अवस्था छ । आश्विनी देखि नवौ नक्षत्र अश्लेषा हुन आउदछ । अश्लेषा नक्षत्रको स्वामी बुध, जातकको जन्म समयको महादशा हुन आउदछ ।
यहि महादशा बुधलाई कृष्णमूर्ति पद्धतिमा चन्द्रमाको नक्षत्रस्वामी भनिन्छ भने अन्तरदशालाई उपनक्षत्र स्वामी भनिन्छ र प्रत्यन्तरदशालाई उप उप नक्षत्र स्वामी भनिन्छ । यी सवै दशानाथको संयुक्त समूहलाई कृष्णमूर्ति पद्धतिमा को रुलर्स भनिन्छ , अर्थात यीनि दशानाथ समुह जुन जुन भावसँग कनेक्सन हुन्छन , तिनै भावसँग सम्वन्धित फल चन्द्रमाले दिनेछ । चन्द्रमाले २,७,११ भावसँग कनेक्सन भएमा विवाह गराउदछ, १,८,१२ सँग कनेक्सन भए दुर्घटना या विरामीको कारण हस्पीटलमा भर्ना हुनुपर्नेछ आदि ।
यो त केवल चन्द्रमाको कुरा भयो यस्तै गरी सवै ग्रहको को रुलर्स निकालीन्छ , अर्थात सवै ग्रहको राशी स्वामी हुन्छ, नक्षत्र स्वामी हुन्छ र उपनक्षत्र स्वामी हुन्छ, त्यसलाई चन्द्रमाको महादशा को गणना गरे जस्तै गणना गरेर को रुलर्स निकालीन्छ ।
यसैप्रकार ३६० डिग्रिको एक राशीचक्र हुन्छ भने त्यसमा २७ नक्षत्रले भोग गर्दछन् । २७ नक्षत्रलाई महादशा अनुसार असमान ९ ग्रह अनुसार ९ भागमा विभाजन गर्दा २४९ उपनक्षत्र हुन आउछ भने २४९ उपनक्षत्रलाई पनि विभाजन गर्दा २१९३ उप उप नक्षत्र हुन आउछ ।
यसप्रकार हर ग्रहको ४ संयुक्त को रुलर्स हुन्छन् । राशिस्वामी, नक्षत्र स्वामी,उप नक्षत्र स्वामी र उप उप नक्षत्र स्वामीको उपयोग कृष्णमूर्ति पद्धतिमा भविष्य कथनको लागी प्रयोगमा ल्याइन्छ ।
यस्तै प्रकारले सवै कस्प (वैदिक ज्योतिषको भावचलित चार्टलाई केपिमा कस्प चार्ट भनिन्छ । कृष्णमूर्ति पद्धतिमा भावचलित चार्टलाई नै मान्यता दिइन्छ भने लग्न चार्टलाई खाली दृष्टिको लागी मात्र प्रयोग गरिन्छ । )को पनि को रुलर्स वनाइन्छ , जस्तै लग्नको राशी स्वामी, लग्नको नक्षत्रस्वामी लग्नको उप नक्षत्र स्वामी तयार गरिन्छ । यो सव हिसाव आजभोली ज्योतिषी आफैले गर्नुपर्दैन , कम्प्युटरको युग भएको हुनाले कुण्डली सफ्टवेयरले सवै गणना गरेर हामी माझ प्रस्तुत गर्दछ ।
वैदिक ज्योतिष र कृष्णमूर्ति पद्धतिमा केहि कुरामा भिन्नता छ ।
१ . अयनांश स्वयं केपि द्धारा प्रदत्त प्रयोग गर्नपर्दछ ।
२. भाव गणनाको आधार प्लेसीडियस हुन्छ ।
(लग्न कुण्डलीमा भाव फिक्स हुन्छ जस्तै लग्न मेष राशि १० डिग्रीवाट शुरु भएको छ भने, स्वत दोश्रो भाव वृष राशि हुन्छ, तेस्रो मिथुन हुन्छ , तर प्लेसिडियस सिस्टममा भाव फिक्स नभई डिग्रीवाइज हुन्छ , जस्तै लग्न मेष ३ डिग्रीवाट शुरु भएको छ भने दोश्रो भाव मेष राशिकै २८ डिग्रीवाट हुन सक्छ, वृष राशि खाली भएर मिथुन राशि तृतिय भावमा पर्न सक्छ)
३ . राहु केतु को मध्य मान (Mean Value) प्रयोगमा ल्याइन्छ ।
४. रुलिङ प्लानेट जसलाई इश्वरिय सहायता भनेर केपिले भन्नुभएको छ, यसलाई उपयोगमा ल्याइन्छ ।
५. होरारी ज्योतिष अर्थात प्रश्न ज्योतिष
१ देखि २४९ अथवा १ देखि २१९३ को विचको कुनै एक संख्या जातकलाई रोज्न लगाइ, त्यही संख्या अनुसार कुण्डली वनाई फलादेश गर्ने विधिलाई होरारी भनिन्छ । जसको जन्म समय अशुद्ध छ अर्थात जन्म समय नै थाहा छैन भने यो विधिवाट फलादेश गर्दा फलितमा सटिकता आउदछ ।
कृष्णमूर्ति पद्धतिको नियमलाई वुझ्ने कोशिष गरौ ।
केपिमा राशि भन्दा नक्षत्रलाई बलवान मानिन्छ । कुनै पनि ग्रह आफ्नो नक्षत्र स्वामीको फल दिन्छ अर्थात उक्त नक्षत्र स्वामी जुन भावको स्वामी छ र जुन भावमा स्थित छ त्यसको फल प्रमुखताले दिन्छ ।
उदाहरण ः यदि सूर्य शनिको नक्षत्रमा छ । अर्थात सूर्य जुन नक्षत्रमा वसेको छ त्यसको स्वामी शनि छ , शनि १० र ११ कस्प (भाव)को अधिपति छ , शनि ४ भावमा स्थित छ भने सूर्यले १०,११ र ४ भावसँग सम्वन्धित फल प्रमुखताले दिन्छ । जस्तै चौथो घरको कारक माता, घर, जमिन, गाडी, शिक्षा आदि, दशौं घरको कारक, कर्म, काम धन्धा आदिको, ११ भाव लाभ, इच्छापूर्ति आदिको हुन्छ । जव जव यिनी कारक सँग सम्वन्धित फलादेश गर्नुछ भने पहिला हामीले सूर्यलाई महत्व दिनुपर्दछ । यस प्रकार सूर्य आफनो नक्षत्रस्वामी द्धारा ४,१०,११ भावको कार्येश( भावसँग कनेक्सन हुनुलाई कार्यश भनिन्छ) हुन जान्छ ।
जव जव सूर्यको दशा अन्तरदशा चल्दछ यिनी भावसँग सम्वन्धित फल मिल्दछ, यदि गोचरले पनि यिनी भावसँग सहमति प्रदान ग¥यो भने ।
अव कुरा आउदछ फल शुभ हुन्छ की अशुभ? फलदायक या हानी? यसको लागी हामीलाई उपनक्षत्र स्वामीले वताउदछ । यदि ग्रहको उपनक्षत्र स्वामी पनि ४,१०,११ सँग सम्वन्धित छ भने घटना शुभ अर्थात सकारात्मक हुनेछ । तर यदि उपनक्षत्र स्वामी ४,१०,११ को विरोधी भाव ३,९,१२ को कार्यश भयो भने घटना नकारात्मक हुनेछ ।
उदाहरण
जस्तै : सूर्य शनिको नक्षत्रमा र गुरुको उपनक्षत्रमा वसेको छ भने ।
सूर्य : ५ भावको स्वामी ९ भावमा स्थित छ ।
नक्षत्रस्वामी शनि : १० र ११ भावको स्वामी ४ भावमा स्थित छ ।
उपनक्षत्र स्वामी गुरु : ९ र १२ भावको स्वामी भएर तृतिय भावमा स्थित छ । भने जातकको इच्छा घर किन्ने, गाडी किन्ने, घरै वसेर केहि गर्न खोज्ने हुनेनै छ तर उपनक्षत्र ले पुरै निगेट गरेको हुदा, सवैमा असफल हुनेछ । यदि यहि जातक उच्च शिक्षाको लागि विदेश गयो भने पुरा सफल हुनेछ ।
भैरव ज्योतिष केन्द्र, बुटवल
Comments
Post a Comment