आजको युगलाइ विज्ञान तथा कम्प्युटरको युगले जानिन्छ । मानिसहरु सुविधा सम्पन्न हुदै गइरहेका छन् । शिक्षाको माध्यमद्धारा नै यो सव सफलता हासिल गर्न सम्भव भएको हो । यो सव हामिलाई थाहा छ तर हर मानिस चाहदा चाहदै पनि शिक्षामा सरलताले अगाडी वढ्न सक्दैनन । केहि बुद्धिवादी तथा भाग्यशाली मानिसहरु शिक्षाको गन्तव्यलाइ सजिलै पुरा गर्दछन भने कोहि चाहि शिक्षाको पहिलो सिढिवाट नै बाहिरिन्छन । हर कसैको भाग्य अलग अलग हुन्छ , यहि कुरा साचो हो । उच्च शिक्षा प्राप्त वावु आमाले आना छोरा छोरीले पनि उच्च शिक्षा सजिलै प्राप्त गर्नेछन भनेर सोच्ने गर्दछन । सानै देखि आफना सन्तानलाई बाबु तँ इन्जिनियर बन्ने हो, डाक्टर वन्ने हो भनेर भनिरहन्छन् । आजभोली शिक्षा जगतमा चलिरहेको प्रतियोगितालाइ मध्यनजर गर्दै, पढाउनको लागी आमावुवा, छोराछोरीको पछाडी लाग्दछन् । महंगो बोर्डिङ स्कूलको साथमा ट्युसन पनि चलाउदछन् र साथमा छोराछोरीको खुसी तथा स्वतन्त्रता एकसाथ खोस्दछन् यो सोचेर की मेरो सन्तानले उच्च शिक्षा अध्ययन गर्दैछ । वारम्वार तिमि इन्जिनियर, डाक्टर वन्नुछ भनि भनि, बुद्धिको बढ्ने विकास नै रोकिदिन्छन् । विना जानीवुझी आफनो सन्तानमा क्षमता कति छ, रचि के छ, नबुझिकन आफनो रुचिलाई लाद्छन ।
आफनो सन्तानलाई भविष्यमा के वनाउने हो, कस्तो फिल्डमा पठाउदा, उ खुसी हुन्छ, स्वतन्त्र हुन्छ र प्रगति गर्न सक्छ, यसको वारेमा थोरै आमावावुले मात्र सोच्दछन् । आजभोली काउन्सेलिङ सेन्टर पनि खुलेका हुनाले त्यहा लगेर आफनो सन्तानको रुचि बुझेर पनि अगाडीको शिक्षा पढाउन सकिन्छ तर काउन्सेलीङ पनि उच्च शिक्षाको लागी मात्र हुने हुदा, सानैवाट सन्तानको रुची बुझेर अगाडी बढ्नको लागी ज्योतिषीय परामर्श पनि एकदम उपयुक्त हुन्छ । गलत वाटोवाट हिड्नाले के हानी हुन्छ , त्यो अलग तरिकाले वताउनु आवश्यक रहेन । वालकको रुचि खेलकुदमा हुने, डाक्टर वन्ने हो भनेर जवरजस्ती गर्दा, बालक असफल भएर निस्कने निश्चित छ । कुसस्कारमा परी नशामा फसेका धेरै युवाहरु हामी सवैको अगाडी दृष्य छ । तसर्थ हरेक आमावावुले छोरा छोरी जन्मीने वित्तिकै, शुद्ध जन्म समय, मिति र स्थान टिपोट गरी, योग्य ज्योतिषिको का गई चिना वनाउन लगाई, उसको रुची के छ, कत्तिको पढ्छ भन्ने सव जानकारी हासिल गर्न सकियो भने बालकको रुचि अनुसार अभिभावकलाई अगाडी वढ्न सजिलो हुनेछ ।
त्यस्तै एक वालकको माताले एक कुण्डली मलाइ देखाउन ल्याउनुभयो जसले पढन भन्दा खेल्न मन गर्ने, साथीभाइसँग मस्तिमजाक गर्ने, दिनभर मोवाइल टिभिमा झुण्डिरहने । वैदिक ज्योतिष अनुसार निर्माण गरीएको कुण्डली थियो । मैले कृष्णमूर्ति पद्दतीअनुसार कुण्डली निर्माण गरी, पहिलो प्रश्न सोधे, तपाइको पुत्र अहिलेसम्म कतिपटक फेल भयो, मोवाइल, ल्यापटप तथा क्रिकेटमा कत्तिको वेस्त रहन्छ ।
मैले धेरै ज्योतिषीकोका चिना देखाइसके कसैले पनि पढाइको असफलताको वारेमा भन्नुभएन साथमा धेरै राम्रो पढ्छ भनेर भन्नु भएको थियो तर वास्तविकतामा त्यस्तो कहिल्यै भएन, पहिलो पटक तपाइले भन्नु भयो वास्तविकता, किन त्यस्तो उहाले प्रश्न सोध्नुभयो ?
शुक्र पञ्चमेष भएर भाग्य स्थान तथा वायु तत्वको राशिमा रहेको थियो, गुरुको दृष्टि नवम भावमाथि थियो र पञ्चमेष शुक्रको नै दशा चलिरहेको थियो तसर्थ वैदिक ज्योतिष अनुसार कहि कतै पनि शिक्षामा असफलता देखिदैन ।
कृष्णमूर्ति पद्दती अनुसार शिक्षाको लागि चतुर्थ, नवम र लाभस्थान यीनी भावलाई हेरिन्छ । चतुर्थ भावको उपनक्षत्र स्वामी ४,९,११ भावसँग कनेक्सन भयो भने शिक्षा राम्रो हुनेछ साथमा महादशा स्वामी पनि ४,९,११ भावसँग कनेक्सन भयो भने जातकले उच्च शिक्षा पूर्ण गर्दछ । यदि उक्त नक्षत्रस्वामी, ३(चतुर्थको व्यय),५ (चतुर्थको मारक) र ८(नवमको व्यय) भावसँग कनेक्सन भयो भने शिक्षामा ब्रेक लाग्दछ ।
उक्त कुण्डलीमा चतुर्थ उपनक्षत्रस्वामी गुरु थियो र गुरु स्वयं तृतिय स्थानमा र उसको धनु राशि ७ र ८ भाव तथा मिन राशि ११ भावमा स्थित थियो । गुरुको नक्षत्र स्वामी केतु स्वयम ५ भावमा, केतु मंगलको(११,१२) नक्षत्रमा थियो । केतु कन्या राशिमा हुनाले बुधको पनि प्रतिनिधित्व गर्दछ । बुध (१,२,३,५,७,८,१०) भावसँग कनेक्सन भएको हुनाले चतुर्थ भाव ३,७,११,५,१२,१,२,१० भावसँग कनेक्सन हुन गयो । गुरुको दृष्टि नवम भावमा त थियो तर , तर केपिमा दृष्टिलाई खासै महत्व नदिइने हुदा उसको चर्चा गर्नु आवश्यक रहेन । शिक्षाको प्रगतिको लागी चाहिने ४,९,११ भावमध्ये खाली ११ भाव मात्रै सकारात्मक र ३,५,८,१२ धेरै भाव नकारात्मक भएको हुनाले मैले कतिपटक परीक्षामा फेल भयो भनेर उत्तर दिएको थिए ।
यदि चतुर्थ भावको उपनक्षत्र स्वामी नवम मा भए एकाडेमिक उच्च शिक्षा तथा दशम भावसँग कनेक्सन रहेको छ भने टेक्निकल अध्ययनमा सफलता मिल्दछ । उक्त कुण्डलीमा ९ भावको साटो १० भावसँग कनेक्सन भएको हुनाले टेक्निकल अध्ययनको लागी सुझाव दिएको थिए र अहिले उक्त जातक ल्यापटप तथा मोवाइल रिपेयरिङमा प्रशन्नताको साथ अगाडी वढिरहेको छ ।
महादशा शुक्र मूलतः सुन्दरता,मोजमस्ती तथा विलासीको कारक हुनाले, जातकमा मोजमस्ती, खेलकुद, मोवाइल तथा गेममा आशक्त रहने योग भयो । वैदिक चार्टमा शुक्र ११ भावमा हुदाहुदै पनि चलित चार्टमा दशम भावमा स्थित रहेको हुनाले दशाले पनि टेक्निकल अध्ययन नै सिफारीस गर्दछ ।
भैरव ज्योतिष केन्द्र, बुटवल
Comments
Post a Comment