Skip to main content

Posts

Showing posts from December, 2019

मेष लग्न एक परिचय

मेष लग्न  एक परिचय मेष लग्न एक अत्यन्त दृढ लग्न हो यसलाइ सस्कृतमा अज, विश्व, क्रिया, तुम्वुर, आद्य, आदि नामले जानिन्छ । कालपुरुषको शरीरमा यसको स्थान सिर पर्दछ । स्वामी मंगल हुनाले वलशाली तथा प्रत्येक सँग लड्न भिड्न अगाडी नै सर्दछ । यो लग्नमा ः सूर्य ः पञ्चमेष, पुत्रभावको अधिपति, त्रिकोणेस हुन्छ । आफ्नो दशा अन्तरदशामा सूर्यले शुभफल नै प्रदान गर्नेछ , मुख्यगरी, सम्पत्ति वृद्धि, प्रमोशन, सन्तानोत्पत्ति जसमा पुत्र जन्म,आय वृद्धि आदि शुभ फल दिनेछ । चन्द्रमा ः मेष लग्नको कुण्डलीमा चन्द्रमा चतुर्थेश हुनुको साथै माताको पनि नैसर्गिक कारक ग्रह हो । यसको दशान्तरदशामा मातृ सुख, वाहन, घर आदिको लाभ हुन सक्नेछ । मंगल ः मेष लग्नको कुण्डलीमा मंगल लग्नेश हुनुको साथै अष्टमेष पनि हुन जान्छ । तर लग्नेश हुनाले अष्टमेषको दोष चाही लाग्ने छैन । यसको दशान्तरदशामा स्वास्थ्योन्नती, भूमि लाभ, कृषि, भु गर्भ विष्लेषण, पुलिस या मिलीटरीको जागीर भएमा प्रमोशन, डाक्टरी कार्यमा सफलता तथा ख्याती मिल्नेछ । बुघ ः मेष लग्नको कुण्डलीमा बुध तृतिय भाव तथा छैटौ भावको अधिपति हुनाले बुध दुषित हुन जान्छ जसको दशान्तरद...

वृष लग्न एक परिचय

वृष लग्न  एक परिचय राशी चक्रमा द्वितिय स्थानमा रहेको वृष लग्न एक सुदृढ एवं सवल शक्तिको परिचायक हो । सस्कृतमा यसलाई उभ, गौ, ताबरु, गोकुल तथा मित्य नामले जानिन्छ । कालपुरुषको शरीरमा यसले मुखको प्रतिनिधित्व गर्दछ । यदि लग्नमाथी पाप ग्रहको प्रभाव या दृष्टि पर्न गयो भने मुखमा कुनै रोगहरु देखिन सक्छ । बृषको अर्थ साँढे , अतः बृष लग्नमा जन्म भएका जातक शक्तिशाली, भारी उठाउन सक्ने तथा ताकतवर हुन्छन् । स्त्रि राशि, दक्षिण दिशाको स्वामी, सौम्य स्वभाव, स्थिर राशी हो । मूल संज्ञक, ब्राह्मण वर्ण यसको स्वामी शुक्र हो । कृतिका को ३ चरण, रोहिणी र मृगशिराको २ चरण यो राशीमा पर्दछ । यदि लग्न स्वामी शुक्रको ५ र ११ भावसँग सम्वन्ध छैन भने जातक दिर्घरोगी हुनेछ । वृष लग्नको कुण्डलीमा सूर्य ः चतुर्थेश, केन्द्रेश, सुखेस, तथा माताको अधिपति हुन जान्छ । अत यसलाइ कारक ग्रह मानिन्छ । दशम भावलाई पूर्ण दृष्टिले हेर्दछ यदि कुण्डलीमा सूर्य त्रिषडायमा स्थित छैन भने जातकले पिताको सम्मान वढाउनेछ । चन्द्रमा ः वृष लग्नको कुण्डलीमा चन्द्रमा तृतीयश हुन जान्छ । तृतिय भावको अधिपति सौम्य ग्रह भयो भने त्यसलाई राम...

ज्योतिषमा काल सर्पायोग एक परिचय

ज्योतिषमा काल सर्पायोग एक परिचय अग्रे राहुराधा केतु सर्वे मध्यगता ग्रहा । योगायम कालसर्पाख्यो शीघ्रम तम तु विनाशय । अगाडी राहु पछाडी केतु बिचमा सम्पूर्ण (सातै) ग्रह विद्यमान हुन गए भने त्यस्तो प्रकारको योगलाइ कालसर्प योग भनिन्छ। अत यस्तो प्रकारको योगबाट ग्रसित व्यक्तिलाइ काल सर्प योग को निदान गर्नु अति आवश्यक छ। जसले गर्दा कुंडलीबाट प्राप्त हुने शुभ योगको फल पूर्णयता मिलीरहनेछ। द्वादश भावमा राहु को स्थिति अनुसार काल सर्प योग पनि मुख्यत द्वादश प्रकारकै हुनेछन। उनिहरू यसप्रकार छन्- 1. अनंत, 2. कुलिक, 3. वासुकि, 4 शङ्खपाल, 5. पद्म , 6. महापद्म , 7. तक्षक, 8. कर्कोटक, 9. शङ्खचूड, 10. घातक, 11. विषधर, 12. शेषनाग। कालसर्प योग उदित अनुदित भेद गरि दुई प्रकार का हुन्छन राहु को मुखमा सम्पूर्ण सातै ग्रह ग्रसित हुन गए भने उदित गोला नामक योग बन्दछ भने राहु को पृष्ठमा यदि सम्पूर्ण ग्रह छन भने अनुदितन गोला नामक योग बन्दछ। यदि लग्न कुंडलीमा सम्पूर्ण सातै ग्रह राहु र केतु को बिचमा छन् तर अंशानुसार केहि ग्रह राहु र केतु को बिचवाट बाहिर छन भने त्यसलाइ आंशिक काल सर्पयोग भनिन्छ। यदि कुनै एक ग्रह ...

ग्रह परिचय

ग्रह परिचय सौरमंडलीय ताराहरुमा ९ वटा ताराहरुलाई ग्रहमा सम्मिलित गरिएको छ । सुर्य ः पृथ्विवाट लगभग १५करोड ७० लाख किमि टाढा छ । यसको व्यास लगभग १३५२८०० किमि रहेको छ । सुर्यलाइ कुण्डलीमा पिताको कारक मानिन्छ । पूर्व दिशाको स्वामी,सिंह राशीको अधिपत्य, व्यक्तिको स्वभाव, पिताको स्वभाव तथा सामाजिक स्थिति, धैर्य, राजकिय सुख, रोग प्रतिरोधम्क क्षमता, उच्च पदलाई सूर्यले शासीत गर्दछ ।सूर्यवाट प्रभावित व्यक्ति हलका साँवल वर्णको , टाउकामा कम वाल भएको, तथा प्रचण्ड स्वभावको हुन्छ। सूर्यले एक महिनामा एक राशीको भ्रमण गर्दछ भने कृतिका, उत्तराफाल्गुनी,उत्तरशाढा नक्षत्रको स्वामी सूर्य हो । विंशोत्तरी दशामा सूर्यले ६ वर्ष भोग गर्दछ । चन्द्रमा ः चन्द्रमा पृथ्विवाट ३५६६०० किमि टाढा छ । चन्द्रले एक राशी लगभग सवा २ दिनमा पार गर्दछ । यो एक स्त्री ग्रह हो भने मनको कारक, कर्क राशीको स्वामी, माताको कारक, माताको स्वभाव दुग्धजन्य पदार्थ, मोती, चाँदीको कारक मानिन्छ । शरीरमा रक्त प्रवाह, सेतो रंग,मृदुवाणी, ठूलो तथा सुन्दर नेत्र चन्द्रमाको क्षेत्रभित्र पर्दछ ।रोहिणी,हस्ता, श्रावण नक्षत्रको स्वामी चन्द्रमा हो भने विंशो...

नक्षत्र भनेको के हो ?

नक्षत्र   भनेको के हो ? आकाश मा रहेका   तारा समूहलाई   नक्षत्र   भनिन्छ। सामान्यतया नक्षत्र   चन्द्र पथसँग सम्बन्धित हुन्छ , तर चन्द्रपथका अतिरिक्त आउने अन्य ताराहरूलाई पनि नक्षत्र नै भन्ने चलन छ।   ऋग्वेद को एउटा प्रसङ्गमा सूर्यलाई पनि नक्षत्र भनिएको छ। अन्य नक्षत्र हरूमा   सप्तर्षि   र   अगस्त्य को पनि चर्चा भेटिन्छ। नक्षत्रहरूको परिचय र सूची   अथर्ववेद ,  तैत्तिरीय संहिता ,  शतपथ ब्राह्मण   तथा   लगध को   वेदाङ्ग ज्योतिष आदि ग्रन्थमा प्राप्त हुन्छ। नक्षत्रसङ्ख्याका सम्बन्धमा विद्वानहरूमाझ मतमतान्तर पाइन्छ , तर ज्योतिषशास्त्रमा २७ वटा मुख्य नक्षत्रहरू र अभिजित ( Abhijit)   उत्तराषाढा र श्रवणका मध्यभागमा अवस्थित) सहित २८ वटा नक्षत्र रहेको तथ्यलाई सबैले एकमतले स्वीकारेको पाइन्छ , ज्योतिषीय गणना पद्धतिमा भने केवल २७ वटा नक्षत्रको प्रयोग हुन्छ। चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा लाग्ने समयका आधारमा नक्षत्रको गणना गरिन्छ। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र प्रत्येक पाउसँग एकएकवटा अक्षर सम्बन्धित...