Skip to main content

ज्योतिषमा काल सर्पायोग एक परिचय

ज्योतिषमा काल सर्पायोग एक परिचय
अग्रे राहुराधा केतु सर्वे मध्यगता ग्रहा ।
योगायम कालसर्पाख्यो शीघ्रम तम तु विनाशय ।
अगाडी राहु पछाडी केतु बिचमा सम्पूर्ण (सातै) ग्रह विद्यमान हुन गए भने त्यस्तो प्रकारको योगलाइ कालसर्प योग भनिन्छ। अत यस्तो प्रकारको योगबाट ग्रसित व्यक्तिलाइ काल सर्प योग को निदान गर्नु अति आवश्यक छ। जसले गर्दा कुंडलीबाट प्राप्त हुने शुभ योगको फल पूर्णयता मिलीरहनेछ।
द्वादश भावमा राहु को स्थिति अनुसार काल सर्प योग पनि मुख्यत द्वादश प्रकारकै हुनेछन। उनिहरू यसप्रकार छन्-
1. अनंत, 2. कुलिक, 3. वासुकि, 4 शङ्खपाल, 5. पद्म , 6. महापद्म , 7. तक्षक, 8. कर्कोटक, 9. शङ्खचूड, 10. घातक, 11. विषधर, 12. शेषनाग।
कालसर्प योग उदित अनुदित भेद गरि दुई प्रकार का हुन्छन राहु को मुखमा सम्पूर्ण सातै ग्रह ग्रसित हुन गए भने उदित गोला नामक योग बन्दछ भने राहु को पृष्ठमा यदि सम्पूर्ण ग्रह छन भने अनुदितन गोला नामक योग बन्दछ।
यदि लग्न कुंडलीमा सम्पूर्ण सातै ग्रह राहु र केतु को बिचमा छन् तर अंशानुसार केहि ग्रह राहु र केतु को बिचवाट बाहिर छन भने त्यसलाइ आंशिक काल सर्पयोग भनिन्छ। यदि कुनै एक ग्रह राहु- केतु को बिचवाट बाहिर छ भने त्यसलाइ पनि आंशिक काल सर्प योग भनिन्छ।
यदि राहु बाट केतुको बिचमा सम्पूर्ण ग्रहहरू अबस्थित रहन गए भने यो योग पूर्ण रूपबाट फलित हुनेछ। यदि राहु-केतुको साथमा सूर्य या चंद्रमा पनि छ भनेे यो योग धेरै प्रभावशाली हुनजानेछ। यदि राहु, सूर्य तथा चंद्रमा तीनै ग्रह एकै साथ रहन गए भने ग्रहणकाल सर्प योग बन्दछ। यसको फल हजार गुना धेरै हुन जान्छ। यदि यस्तोयोग पर्नगएमा जातकले काल सर्प योगको शांति गर्नु अति आवश्यक हुनेछ।
काल सर्प योग को प्रभाव
यस्तो प्रकारको योगले मानसिकरूपमा अशांति, धनप्राप्ति मा बाधा, संतान अवरोध एवं गृहस्थीमा प्रतिपल कलहको रूपमा प्रकट हुनेछ। प्राय तपाइलाइ खराव स्वप्नहरू आइरहन्छन । केहि न केहि अशुभ हुन्छकी भन्ने आशंका मनमा बनी रहन्छ। तपाइलाइ आफ्नोे क्षमता एवं कार्यकुशलताबाट पूर्ण फल प्राप्त हुनेछैन, गरेको कार्य प्रायश ढिला मात्र सफल हुनेछ। अचानक नोक्सान एवं प्रतिष्ठामा क्षति यस्तो प्रकारको योगको विशेष लक्षण हो।
तपाइको शरीरमा वात पित्त त्रिदोषजन्य असाध्य रोग अकारण उत्पन्न हुनेछ। यस्तो रोगले तपाइलाइ प्रतिदिन क्लेश (पीडा) दिइरहन्छ तथा औषधि उपचारले पनि काम नगर्न सक्छ, यदि यस्तो देखियो भने काल सर्प योगको कारण मान्नुपर्दछ।
काल सर्प योगको औपचारिक उपाय द्वारा इनी कष्टहरूबाट राहत एवं छुटकारा प्राप्त गर्न सकिन्छ। जन्मपत्रिका अनुसार जब-जब राहु एवं केतुको महादशा, अंतर्दशा आदि आउदछ तब तब यो योगको असर देखिन थाल्दछ। गोचरमा राहु तथा केतुको जन्मकालिक राहु-केतु तथा चंद्रमामा भ्रमण गर्दा पनि यो योगको सक्रिय असर देखिन्छ। त्यो समयमा विशेष ध्यान दिएर विश्वासकेा साथ श्रद्धा गरेर पूजा अर्चनादि कार्य गरेमा अवश्य लाभ प्राप्त हुनेछ। योग्य ज्योतिषी द्वारा सुझाएको कालसर्प योग यंत्रको सम्मुख 43 दिन सम्म तोरिको तेलको दीयो जलाउनाले इनी सबै कष्टबाट राहत एवं छुटकारा प्राप्त गर्न सकिन्छ।

Comments

Popular posts from this blog

ज्योतिष भनेको के हो ?

ज्योतिष भनेको के हो ? ज्योतिष एउटा प्राचिन विज्ञान हो । आकाशिय सौर्यमन्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सवन्धबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर पृथ्विवासीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने एउटा विज्ञानको नाम ज्योतिष हो । ज्योतिषलाई बेदको एउटा आँखाको रुपमा हेर्ने गरिन्छ । पृथ्विमा रहेका जीवीत तत्वहरुमाथि ग्रहहरुले पार्ने प्रभावको अध्ययन तथा भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ ।        हर कण तथा ब्रह्माण्डमा अवस्थित सम्पूर्ण जीवहरुमाथि भगवानको कृपादृष्टि तथा उसैद्धारा नियन्त्रित हुने हुनाले सामान्य नियमहरुको पालना गरियो भने उसको इच्छालाई अग्रिम रुपमा जान्न सकिन्छ । प्रत्येक मानिसहरुमा आफ्नो भविष्य जान्नको लागि स्वभाविक उत्कंठा उत्पन्न हुन्छ । ऋषिमूनिहरुले यसै भावनालाई ध्यानमा राख्दै ज्योतिष शास्त्रको रचना गरे ।   ज्योतिष शास्त्रलाई सामान्यत २ भागमा वाडिएको छ । १ . सिद्धान्त ( गणित ज...

मांगलिक दोष वास्तविक र भ्रम

मांगलिक   विचार                                                                                                                                लक्ष्मण भण्डारी वैदिक   ज्योतिषमा   विवाह   एवम्   दाम्पत्य   जीवनमाथि   विचार   गर्दा   मांगलिक   दोषमाथि   पनि   विशेष   ध्यान   दिइएको   पाइन्छ   ।   यद्यपि   मांगलिक   शब्दवाट   वर   या   वधु   पक्षका   मानिसहरु   अत्यन्त   भयभित   भएको ...

GemStone(पत्थर)

ज्योतिष   शास्त्र   अनुसार   पत्थर   जसलाई   रत्न   पनि   भन्ने   गरिन्छ   ।   जुन   मानव   जीवनमा   अत्यन्तै   वहुउपयोगी   रहेको   छ   ।   यो   अति   बहुमूल्य ,  प्रभावशाली   तथा   आकर्षक   रहेको   हुन्छ   ।   सदियौ   देखि   गरगहना   देखि   ग्रह   उपचारमा   यसको   प्रयोग   गरीदै   आएको   पाइन्छ   ।   यसमा   दैविय   उर्जा   समाहित   रहेको   हुनाले   यसको   धारण   गर्नाले   मानव   जीवनको   कल्याण   गर्दछ   ।   पत्थर   एक   अत्यन्तै   दुर्लभ   र   शक्तिशाली   रहेको   हुन्छ   ।   यो   जुनसुकै   स्थानमा   पाइदैन   ।   प्राचीनकाल   बाट   नै   पत्थरको   प्रयोग   कुनै   न   कुनै   रुपमा   हुदै   आएको   छ ...