मेष लग्न एक परिचय
मेष लग्न एक अत्यन्त दृढ लग्न हो यसलाइ सस्कृतमा अज, विश्व, क्रिया, तुम्वुर, आद्य, आदि नामले जानिन्छ ।
कालपुरुषको शरीरमा यसको स्थान सिर पर्दछ । स्वामी मंगल हुनाले वलशाली तथा प्रत्येक सँग लड्न भिड्न अगाडी नै सर्दछ ।
कालपुरुषको शरीरमा यसको स्थान सिर पर्दछ । स्वामी मंगल हुनाले वलशाली तथा प्रत्येक सँग लड्न भिड्न अगाडी नै सर्दछ ।
यो लग्नमा ः
सूर्य ः
पञ्चमेष, पुत्रभावको अधिपति, त्रिकोणेस हुन्छ । आफ्नो दशा अन्तरदशामा सूर्यले शुभफल नै प्रदान गर्नेछ , मुख्यगरी, सम्पत्ति वृद्धि, प्रमोशन, सन्तानोत्पत्ति जसमा पुत्र जन्म,आय वृद्धि आदि शुभ फल दिनेछ ।
चन्द्रमा ः
मेष लग्नको कुण्डलीमा चन्द्रमा चतुर्थेश हुनुको साथै माताको पनि नैसर्गिक कारक ग्रह हो । यसको दशान्तरदशामा मातृ सुख, वाहन, घर आदिको लाभ हुन सक्नेछ ।
मंगल ः
मेष लग्नको कुण्डलीमा मंगल लग्नेश हुनुको साथै अष्टमेष पनि हुन जान्छ । तर लग्नेश हुनाले अष्टमेषको दोष चाही लाग्ने छैन । यसको दशान्तरदशामा स्वास्थ्योन्नती, भूमि लाभ, कृषि, भु गर्भ विष्लेषण, पुलिस या मिलीटरीको जागीर भएमा प्रमोशन, डाक्टरी कार्यमा सफलता तथा ख्याती मिल्नेछ ।
बुघ ः
मेष लग्नको कुण्डलीमा बुध तृतिय भाव तथा छैटौ भावको अधिपति हुनाले बुध दुषित हुन जान्छ जसको दशान्तरदशामा सत्रु वढाउने, अनेक समस्यामा पार्ने, व्यापारीक कार्यमा निरन्तर उतार चडाव हुने या हानी, मानसीक कष्ट उत्पन्न हुनेछ ।
गुरु ः
मेष लग्नको कुण्डलीमा गुरु भाग्येस तथा व्ययेशकोे स्वामी हुन जान्छ । भाग्येश हुनाले कारक हुन जान्छ भने व्ययेस हुनाले समस्यामा पार्दछ । त्रिकोणको स्वामी पनि हुनाले यसको दशान्तरदशामा सुरुको अवधीमा राम्रो हुन्छ भने पछाडकिो समयमा खर्च वढि हुन जान्छ ।
शुक्र ः
मेष लग्नको कुण्डलीमा शुक्र द्वितियश तथा सप्तम भावको स्वामी हुनाले प्रवल मारकेश वन्न जान्छ । शुक्रको दशान्तरदशामा जातकले वहुत मानसिक तथा शारिरीक समस्याको सामना गर्नुपर्ने हुन्छ ।
शनि ः
मेष लग्नको कुण्डलीमा शनि राज्येश तथा लाभेश हुन्छ साथमा उपचयको पनि स्वामी हुन जान्छ । शनिलाई अकारक नै मान्नुपर्ने हुन्छ । यसको दशान्तरदशामा जातकको उन्नती ढिलो ढिलो हुन्छ तथा व्यय ठूलो ठूलो हुन्छ । भाग्योन्नतीमा विलम्वको कारण पनि शनि नै हुन जान्छ ।
राहु केतु ः
मेष लग्नको कुण्डलीमा जुन जुन भावमा यीनीहरु वस्छन त्यही अनुसार यीनले फल दिन्छन ।
१. यदि मंगल सूर्य या सूर्य चन्द्रमाको सम्वन्ध वन्यो भने प्रवल राज्ययोग वन्न जान्छ ।
२. बृहस्पति शनिको सम्वन्ध सामान्य राजयोग वन्न जान्छ ।
३. यदि सप्तम भावमा शुक्र रहन गयो भने गृहस्थ जिवनलाई विनास नै गर्दछ । जातकको अरुसँग पनि अनैतिक सम्वन्ध रहन सक्छ ।
४. यदि मंगल २,१०,११ भावमा छ र सुर्यसँग सम्वन्ध वन्यो भने जाताकले डाक्टरको अध्ययन गर्नेछ र वहुत सफल पनि हुनेछ ।
५. यदि दशम भावमा गुरु एक्लै वसेको छ भने । उसको दशान्तरदशा जातकको लागी घातक नै हुनेछ । रगत सम्वन्धि विरामी तथा हर्टअट्याक निश्चित नै हुनेछ । यदि गुरु शनिको युति भए सामान्य रहनेछ ।
६. यदि शुक्रको सम्वन्ध नवम भावमा भए जातक कलाकार हुनेछ तथा उच्च स्तरिय ख्याती प्राप्त गर्नेछ ।
७. यदि शुक्र छैटौ तथा वुध सप्तमभावमा छ भने जातकको पति÷पत्नि सदैव रोगी नै रहनेछ ।
८. बुध मंगलको सम्वन्ध जहा भएपनि जातकको टाउकाको समस्या रहनेछ जस्तै टाउको दुख्ने, दिमागको नसा फुट्ने, पागल पन आदी
९. यहि द्वितिय या द्वादश स्थानमा शुक्र छ भने जातक विशेष धनि हुनेछ ।
१०. यदि द्वितिय भावमा मंगल, शुक्र तथा गुरुको सम्वन्ध वन्यो भने जातक काफी संघर्ष र उतार चढाव पछि श्रेष्ठ व्यापारी तथा अतुल धनको स्वामी हुनेछ ।
११. एकादश भावमा मंगल गुरुको सम्वन्ध भयो भने सन्तान द्धारा चिन्ता वढ्नेछ यहि शनि पनि साथमा छ भने एक भन्दा धेरै पटक गर्भपतन हुने सम्भावना रहन्छ ।
१२. यदि कहि पनि एक्लो शुक्र छ र गुरुको दृष्टि प¥यो भने जातकलाई हानी नै हुनेछ तर साथमा मंगल सूर्य छ भने प्रवल कारक हुन जान्छ ।
१३. यदि मंगल सप्तमभावमा र शुक्र अष्टम भावमा छ भने , विर्यविकार, नपुंसकता तथा गृहस्थ सुखमा न्यूनता रहनेछ ।

Comments
Post a Comment