Skip to main content

वृष लग्न एक परिचय

वृष लग्न  एक परिचय
राशी चक्रमा द्वितिय स्थानमा रहेको वृष लग्न एक सुदृढ एवं सवल शक्तिको परिचायक हो । सस्कृतमा यसलाई उभ, गौ, ताबरु, गोकुल तथा मित्य नामले जानिन्छ ।
कालपुरुषको शरीरमा यसले मुखको प्रतिनिधित्व गर्दछ । यदि लग्नमाथी पाप ग्रहको प्रभाव या दृष्टि पर्न गयो भने मुखमा कुनै रोगहरु देखिन सक्छ । बृषको अर्थ साँढे , अतः बृष लग्नमा जन्म भएका जातक शक्तिशाली, भारी उठाउन सक्ने तथा ताकतवर हुन्छन् ।
स्त्रि राशि, दक्षिण दिशाको स्वामी, सौम्य स्वभाव, स्थिर राशी हो । मूल संज्ञक, ब्राह्मण वर्ण यसको स्वामी शुक्र हो । कृतिका को ३ चरण, रोहिणी र मृगशिराको २ चरण यो राशीमा पर्दछ । यदि लग्न स्वामी शुक्रको ५ र ११ भावसँग सम्वन्ध छैन भने जातक दिर्घरोगी हुनेछ ।
वृष लग्नको कुण्डलीमा
सूर्य ः चतुर्थेश, केन्द्रेश, सुखेस, तथा माताको अधिपति हुन जान्छ । अत यसलाइ कारक ग्रह मानिन्छ । दशम भावलाई पूर्ण दृष्टिले हेर्दछ यदि कुण्डलीमा सूर्य त्रिषडायमा स्थित छैन भने जातकले पिताको सम्मान वढाउनेछ ।
चन्द्रमा ः
वृष लग्नको कुण्डलीमा चन्द्रमा तृतीयश हुन जान्छ । तृतिय भावको अधिपति सौम्य ग्रह भयो भने त्यसलाई राम्रो मान्न सकिदैन । तृतीयश हुनाले त्रिषडाय पनि भयो । अतः चन्द्रमालाई अकारक नै भन्नुपर्दछ । यसको दशा अन्तरदशामा भातृ विरोध, कुटुम्ब चिन्ता एवं समस्या देखिनेछ ।
मंगल ः
वृष लग्नको कुण्डलीमा मंगल सप्तमेश, र व्येयशको स्वामी हुनजान्छ । सप्तमेश हुनाले प्रवल मारकेश भयो तसर्थ यसलाई अकारक ग्रह नै मान्नुपर्ने हुन्छ । यसको दशा अन्तरदशामा जातकको मानप्रतिष्ठा एवं स्वास्थ्यको व्यय, व्ययाधिक्य, कलह, आगलागी हुनु, रगत सम्वन्धि रोग तथा गृह कलह हुनेछ ।
बुध ः
वृष लग्नको कुण्डलीमा बुध धनेश तथा पञ्चमेष हुन जान्छ । त्रिकोणेश हुनाले कारक वन्न गयो भने धनेश हुनाले मारक वन्न गयो अत ः बुधको दशा अन्तरदशामा पूर्वाद्र्ध अनुकुलता, सुभता तथा श्रेष्ठता हुनेछ भने उत्तराद्र्ध त्यति शुभ हुनेछैन ।
गुरु ः
वृष लग्नको कुण्डलीमा गुरु अष्टमेश तथा आयेश दुइ अकारक भावको स्वामी हुनाले सर्वाधिक अकारक हुन जान्छ । गुरुको दशा अधिकतर मारक नै हुन जान्छ । यदि अरु शुभ ग्रहको संयोग कुण्डलीमा भयो भने मारक नभएर विरामी, समस्या तथा अनेक वाधाहरु उत्पन्न हुनेछन ।
यस्तो गुरु जहा वस्छ त्यही भावको नै हानी पु¥याउदछ ।
शुक्र ः
लग्नेश तथा षष्ठेश को स्वामी शुक्र सामान्यत वृष लग्नको लागी कारक नै मानिन्छ । लग्नेश हुनाले षष्ठेशको दोष लाग्दैन । फेरिपनि शुक्रको दशा पूर्वाद्र्धमा जति शुभ हुन्छ उत्तराद्र्धमा हुने छैन ।
शनि ः
वृष लग्नको कुण्डलीमा शनि सर्वोत्कृष्ट कारक ग्रह हो किनकी भाग्येश तथा राज्येशको स्वामी भएर त्रिकोण एवं केन्द्रको पनि स्वामी हुन जान्छ । यदि कुण्डलीमा शनि उत्तम स्थानमा छ भने जातकको मान प्रतिष्ठालाई धेरै माथि पु¥याउनेछ ।
राहु र केतु ः
वृष लग्नको कुण्डलीमा राहु र केतुले भावेश अनुसार नै फल दिन्छन फेरीपनि ८,१०,१२ भावमा स्थित राहुकेतुले अपेक्षाकृत शुभ दिनेछन् ।
यदि वुध दुषित छ या वाधक स्थानमा छ र शनिको दृष्टि परेको छ भने जातक बकबासी हुनेछ । यस्ता व्यक्तिहरु ज्योतिष, मन्त्र, वेद तथा आध्यात्मिकमा अगाडी जान्छन् । यिनीहरुलाई संगित खुव मन पर्छ ।
वृष लग्नको लागि पुनर्वशु, विशाखा, पुष्य, अनुराधा, पूर्वभाद्रपद र उत्तराभाद्रपद नक्षत्र वहुत खराव मानिन्छन । कुनै पनि ग्रह यदि यिनी नक्षत्रमा स्थित छन् भने तिनिहरुको दशा अन्तरदशामा जातकलाई रोग, दुर्घटना, असफलता तथा निराशा नै हात लाग्नेछ ।
भरणी, पूर्वफाल्गुनी, पूर्वशाढा नक्षत्रमा कुनै ग्रह छन र त्यसको दशा अन्तरदशा चलेको छ भने जातकले चारैतिरवाट सफलता प्राप्त गर्नेछ भने साथमा हेलचेक्राइले गर्दा रोगको सिकार विशेष गरी पेट, दात, यौन सम्वन्धि, ब्लडप्रेशर, मुखमा कुनै समस्या पनि आउन सक्नेछ ।

Comments

Popular posts from this blog

ज्योतिष भनेको के हो ?

ज्योतिष भनेको के हो ? ज्योतिष एउटा प्राचिन विज्ञान हो । आकाशिय सौर्यमन्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सवन्धबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर पृथ्विवासीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने एउटा विज्ञानको नाम ज्योतिष हो । ज्योतिषलाई बेदको एउटा आँखाको रुपमा हेर्ने गरिन्छ । पृथ्विमा रहेका जीवीत तत्वहरुमाथि ग्रहहरुले पार्ने प्रभावको अध्ययन तथा भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ ।        हर कण तथा ब्रह्माण्डमा अवस्थित सम्पूर्ण जीवहरुमाथि भगवानको कृपादृष्टि तथा उसैद्धारा नियन्त्रित हुने हुनाले सामान्य नियमहरुको पालना गरियो भने उसको इच्छालाई अग्रिम रुपमा जान्न सकिन्छ । प्रत्येक मानिसहरुमा आफ्नो भविष्य जान्नको लागि स्वभाविक उत्कंठा उत्पन्न हुन्छ । ऋषिमूनिहरुले यसै भावनालाई ध्यानमा राख्दै ज्योतिष शास्त्रको रचना गरे ।   ज्योतिष शास्त्रलाई सामान्यत २ भागमा वाडिएको छ । १ . सिद्धान्त ( गणित ज...

मांगलिक दोष वास्तविक र भ्रम

मांगलिक   विचार                                                                                                                                लक्ष्मण भण्डारी वैदिक   ज्योतिषमा   विवाह   एवम्   दाम्पत्य   जीवनमाथि   विचार   गर्दा   मांगलिक   दोषमाथि   पनि   विशेष   ध्यान   दिइएको   पाइन्छ   ।   यद्यपि   मांगलिक   शब्दवाट   वर   या   वधु   पक्षका   मानिसहरु   अत्यन्त   भयभित   भएको ...

GemStone(पत्थर)

ज्योतिष   शास्त्र   अनुसार   पत्थर   जसलाई   रत्न   पनि   भन्ने   गरिन्छ   ।   जुन   मानव   जीवनमा   अत्यन्तै   वहुउपयोगी   रहेको   छ   ।   यो   अति   बहुमूल्य ,  प्रभावशाली   तथा   आकर्षक   रहेको   हुन्छ   ।   सदियौ   देखि   गरगहना   देखि   ग्रह   उपचारमा   यसको   प्रयोग   गरीदै   आएको   पाइन्छ   ।   यसमा   दैविय   उर्जा   समाहित   रहेको   हुनाले   यसको   धारण   गर्नाले   मानव   जीवनको   कल्याण   गर्दछ   ।   पत्थर   एक   अत्यन्तै   दुर्लभ   र   शक्तिशाली   रहेको   हुन्छ   ।   यो   जुनसुकै   स्थानमा   पाइदैन   ।   प्राचीनकाल   बाट   नै   पत्थरको   प्रयोग   कुनै   न   कुनै   रुपमा   हुदै   आएको   छ ...