Skip to main content

Posts

Showing posts from January, 2020

वाणी र खानपान

वाणी र खानपान ज्योतिषिय गणना अनुसार मानिसले कस्तो वाणी प्रयोग गर्छ, के खानपान गर्छ भन्ने कुराको आज हामी चर्चा गर्नेछौ । खानपान, वाणी द्वितिय भावसंग सम्वन्धित भएको हुनाले कृष्णमूर्तिपद्दती अनुसार द्वितिय भावको उपनक्षत्रस्वामीलाई हामीले महत्व दिनेछौ । द्वितिय भावको उपनक्षत्रस्वामी, जुन ग्रहसंग सम्वन्धित हुन्छ, जातकले सोहि अनुसार खानपीन र व्यवहार गर्दछ । # यदि द्वितिय भावको उपनक्षत्र स्वामी सूर्य अथवा सूर्यको नक्षत्रमा छ भने जातकले, चटपटे, पिरो,मसालादार र तातो तातो खाना मन पराउछ भने वाणीमा राजनिती मिसाउने, आध्यात्मिक, आत्मा अजर अमर हुन्छ भन्ने, राजाको तरह सानले बोल्ने, बोल्दा एकलय न त उचो आवाज न त सुस्त, एकगतिमा बोल्ने स्वभाव हुनेछ । # यदि द्वितिय भावको उपनक्षत्र स्वामी चन्द्र अथवा चन्द्रमाको नक्षत्रमा छ भने खानामा प्राय गुलीयो मन पराउने, सरावमा अलि जोड दिने, वाणीमा मिठो बोल्ने, सात्विक, छिटोछिटो बोल्ने, आवाजको भोल्युममा कतिखेर अप र डाउन भइरहने, अचानक विषयलाइ वदलिदिने, मातृप्रेम, घर, वाहन , शिक्षा आदिको वारेमा कुरा गर्न वेहद रुचाउने । # यदि द्वितिय भावको उपनक्षत्र स्वामी बुध ...

ज्योतिषिय गणना अनुसार शिक्षा

ज्योतिषिय गणना अनुसार शिक्षा मानिसहरु जन्मिदै विभिन्न स्वभावहरु लिएर आएका हुन्छन् । कोहि शान्त हुन्छन भने कोहि क्रोधि हुन्छन, कोहि वढि बोल्छन त कोहि कम, कसैको वाणी दोष हुन्छ त कोहि बोल्नै नसक्ने हुन्छन् । कसैको झुकाव आध्यात्मतिर हुन्छ भने कसैको भौतिकवाद तिर हुन्छ । त्यस्तै कसैको रुचि विज्ञानतिर हुन्छ, कसैको आविष्कार तिर, कोहि गणितमा तगडा हुन्छन् त, कोही म्यानेजमेन्टमा । यी सवैकुराहरु जन्मिदाखेरी ग्रहहरु कुन अवस्थामा विद्यमान छन त्यसैको प्रतिफल नै मानिसले प्राप्त गर्ने हो । चतुर्थ भाववाट हामि जातकको शिक्षा कस्तो हुन्छ भनेर हेर्छौ । जातकले शिक्षा आफ्नो भाषामा गर्छ की, अरु भाषामा यो छुट्याउनको लागि द्धितिय उपनक्षत्रस्वामी यदि राहु र बुध छ भने जातकले अरु भाषामा अध्ययन गर्दछ भने, राहु र बुध छोडेर अरु ग्रह छन् भने जातकले मातृभाषामा अध्ययन गर्दछ । यदि लग्न र चतुर्थ उपनक्षत्रस्वामी दुषित छ र ३,५,८,१२ भावसंग कनेक्टेड छ भने जातकले शिक्षा प्राप्त गर्ने छैन यदि यहि उपनक्षत्र:वामी ४,६,९,११ र कारक ग्रह बुध र गुरु संग कनेक्टेड छ भने जातकले राम्रो शिक्षा प्राप्त गर्दछ । चतुर्थ भावको उपनक्षत्...

विदेश यात्रा हुन्छ कि हुदैन ?

विदेश यात्रा हुन्छ कि हुदैन ? होरारी प्रश्न संख्या १६ २०७६।०९।१८ गते शुक्रवार समय १२ः०३ वजे, स्थान बुटवल विदेश यात्रा हुन्छ कि हुदैन ? विदेश यात्राको लागी १२ औं भावलाइ मुख्य भाव मानिन्छ भने ३ र ९ भाव सहायक भाव हुन्छ । यदि जन्म कुण्डली या प्रश्न कुण्डलीमा १२ औं भावको उप नक्षत्र स्वामी ३,९ या १२ भावको कार्यश या भावसँग कनेक्सन भयो भने जातक उक्त ग्रहको दशान्तरमा विदेश यात्रामा निस्कन्छ । यदि उपनक्षत्र स्वामी चर राशीमा छ भने जातक सहजै विदेश यात्रामा निस्कन्छ भने स्थिर र द्धिस्वभाव राशीमा छ भने अनेक समस्यासँग जुधेर विदेश जानुपर्ने हुन्छ । प्रश्न १६ अनुसार लग्न मेष हुन आयो । मनको कारक चन्द्रमा चतुर्थ भावको स्वामी भएर १२ औ भावमा बुधको(३,५) नक्षत्रमा स्थित छ भने केतुको(९) उपनक्षत्रमा स्थित छ । चन्द्रमाको ३,९,१२ भावसँग कनेक्सन हुनाले प्रश्न विदेश यात्रा सम्वन्धि हुन गयो । प्रश्न कुण्डलीमा १२ भावको उपनक्षत्र स्वामी चन्द्रमा चतुर्थ भावको स्वामी भएर १२ औ भावमा बुधको(३,५) नक्षत्रमा स्थित छ चन्द्रमा स्वयं ४,१२ चन्द्रमाको नक्षत्र बुध ३,६,८ उपनक्षत्र केतु ९ भावमा स्थित छ भने केतुको राशीस्वामी...

धन भाव

धन भाव आज हामी व्यक्तिको पास कुन तरिकावाट धन आउछ अर्थात धनको श्रोत के हो र व्यक्तिले कहाबाट पैसा आम्दानी गर्दछ भन्ने कुराको जानकारी लिनेछौ । द्वितिय भावलाई धन भाव भनिन्छ भने ६,१०,११ भावलाई धन भावको सहायक भाव मानिन्छ कृष्णमूर्ति पद्दतिमा भावेशलाई महत्व दिइदैन यसमा उपनक्षत्र स्वामीलाई महत्व दिइएको हुन्छ । द्वितिय भावको उपनक्षत्र स्वामीको कनेक्सन जुन जुनभाव संग हुन्छ त्यसै भावसंग सम्वन्धित श्रोतवाट   जातकलाई धन प्राप्त हुन्छ । द्वितिय भावको उपनक्षत्र स्वामी यदि १ , ७ , र १० भावको कार्यश भए अर्थात कनेक्सन भए व्यक्तिले आफ्नै कारोवारवाट धन कमाउनेछ । द्वितिय भावको उपनक्षत्र स्वामी   यदि ६ र १० भावको कार्यश भए जातकले नोकरीवाट धन प्राप्त गर्दछ । द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र ३ भावको कार्यश भए , जातकले लेखन , छपाई , एजेन्सी , कमीसन एजेन्ट , रिपोर्टर , सेल्सम्यान , छोटो दुरीको यात्रावाट कमाइने माध्यमवाट जातकले धन आर्जन गर्नेछ । द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र ४ भावक...