धन भाव
आज हामी व्यक्तिको पास कुन तरिकावाट धन आउछ अर्थात धनको श्रोत के हो र व्यक्तिले कहाबाट पैसा आम्दानी गर्दछ भन्ने कुराको जानकारी लिनेछौ ।
द्वितिय भावलाई धन
भाव भनिन्छ भने ६,१०,११ भावलाई धन भावको सहायक भाव मानिन्छ कृष्णमूर्ति पद्दतिमा भावेशलाई
महत्व दिइदैन यसमा उपनक्षत्र स्वामीलाई महत्व दिइएको हुन्छ । द्वितिय भावको उपनक्षत्र
स्वामीको कनेक्सन जुन जुनभाव संग हुन्छ त्यसै भावसंग सम्वन्धित श्रोतवाट जातकलाई धन प्राप्त हुन्छ ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि १,७, र १० भावको कार्यश भए अर्थात कनेक्सन भए व्यक्तिले आफ्नै कारोवारवाट धन कमाउनेछ ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि ६ र १० भावको कार्यश भए जातकले नोकरीवाट धन प्राप्त गर्दछ ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र ३ भावको कार्यश भए, जातकले लेखन, छपाई, एजेन्सी, कमीसन एजेन्ट, रिपोर्टर, सेल्सम्यान, छोटो दुरीको यात्रावाट कमाइने माध्यमवाट जातकले धन आर्जन गर्नेछ ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र ४ भावको कार्यश भए, जातकले जमीन, घर, वगैचा, वाहन, शिक्षा संस्था आदिको माध्यमवाट धन आर्जन गर्नेछ ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र ५ भावको कार्यश भए, जातकले नाटक, सिनेमा, खेल,रेस, जुवा, कला, मंत्र तंत्र पुरोहित आदिको माध्यमवाट धन आर्जन गर्नेछ ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र ६ भावको कार्यश भए, जातकले ऋण, साहुकारी, पालतु जनावर, कुखुरा पालन, दवाइ, होटल, रोजगारी व्यूरो आदिद्धारा धन आर्जन गर्नेछ ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र ७ भावको कार्यश भए, जातकले विवाह, विवाह मंडल, पार्टनर, पार्टनरशिप, कानूनी सल्लाहकार आदीद्धारा धन आर्जन गर्नेछ ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र ८ भावको कार्यश भए, जातकले जीवन वीमा, दुर्घटना वीमा, हर्जाना, पुश्तैनी जायदादको हक, मृत्युपत्र, वोनस, फंड, भविष्य निर्वाह नीधी, ग्राज्युइटी आदिद्धारा धन आर्जन गर्नेछ ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र ९ भावको कार्यश भए, जातकले इम्पोर्ट एक्सपोर्ट कारोवार, ग्रन्थ प्रकाशन, विदेश यात्रा संस्था, विदेशी मानिसको सम्पर्कवाट हुने आम्दानी, धार्मीक सस्था, मन्दिर आदिद्धारा धन आर्जन गर्नेछ ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र १० भावको कार्यश भए, जातकले सरकार, सरकारी नोकरी, राम्रो कारोवार, नेता तथा नेतागिरी आदिद्धारा धन आर्जन गर्नेछ ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र ११ भावको कार्यश भए, जातकलाइ धनको चिन्ता रहनेछैन, पैसा कमाउनको लागि अधिक मेहनत गर्नुपर्ने हुदैन, आवश्यक पर्दा साथीहरुले तत्कालै सहायता गरीहाल्नेछन् । चिठ्ठा, रेस आदिवाट अचानक धनलाभ प्राप्त हुनेछ, कम निवेश गरेर पनि अधिक मुनाफा गर्न सक्ने आदि माध्यमहरु हुनेछन् ।
द्वितिय भावको उपनक्षत्र स्वामी यदि २ र १२ भावको कार्यश भए, जातकले होस्टेल, जेल, अस्पताल, स्मशान, गुढ विद्या आदिद्धारा धन आर्जन गर्नेछ
Comments
Post a Comment