Skip to main content

वाणी र खानपान

वाणी र खानपान
ज्योतिषिय गणना अनुसार मानिसले कस्तो वाणी प्रयोग गर्छ, के खानपान गर्छ भन्ने कुराको आज हामी चर्चा गर्नेछौ ।
खानपान, वाणी द्वितिय भावसंग सम्वन्धित भएको हुनाले कृष्णमूर्तिपद्दती अनुसार द्वितिय भावको उपनक्षत्रस्वामीलाई हामीले महत्व दिनेछौ । द्वितिय भावको उपनक्षत्रस्वामी, जुन ग्रहसंग सम्वन्धित हुन्छ, जातकले सोहि अनुसार खानपीन र व्यवहार गर्दछ ।
# यदि द्वितिय भावको उपनक्षत्र स्वामी सूर्य अथवा सूर्यको नक्षत्रमा छ भने जातकले, चटपटे, पिरो,मसालादार र तातो तातो खाना मन पराउछ भने वाणीमा राजनिती मिसाउने, आध्यात्मिक, आत्मा अजर अमर हुन्छ भन्ने, राजाको तरह सानले बोल्ने, बोल्दा एकलय न त उचो आवाज न त सुस्त, एकगतिमा बोल्ने स्वभाव हुनेछ ।
# यदि द्वितिय भावको उपनक्षत्र स्वामी चन्द्र अथवा चन्द्रमाको नक्षत्रमा छ भने खानामा प्राय गुलीयो मन पराउने, सरावमा अलि जोड दिने, वाणीमा मिठो बोल्ने, सात्विक, छिटोछिटो बोल्ने, आवाजको भोल्युममा कतिखेर अप र डाउन भइरहने, अचानक विषयलाइ वदलिदिने, मातृप्रेम, घर, वाहन , शिक्षा आदिको वारेमा कुरा गर्न वेहद रुचाउने ।
# यदि द्वितिय भावको उपनक्षत्र स्वामी बुध अथवा बुधको नक्षत्रमा छ भने खानाको रुचि अरुको भन्दा भिन्न हुने, कहिले के स्वाद कहिले के स्वाद मन पराउने, वोलीमा केटाकेटीपन, एउटैकुरालाई दोहोराइरहने, तत्वको आधारमा चतुराइपूर्ण कुरा गर्ने, दोहोरो कुरा गने, गणित, ज्योतिष, साहित्य, यात्रा, साना वच्चाहरुको विषयमा बोल्ने, मजाक अति गर्ने, बोल्दा सत्य भन्दा पनि काल्पनिक कुरा वढि गर्ने ।
# यदि द्वितिय भावको उपनक्षत्र स्वामी गुरु अथवा गुरुको नक्षत्रमा छ भने विस्तारै, आरामपूर्वक खाने, खादा पेटभरी हुदासम्म खाने स्वभाव, विस्तारै वोल्ने, मार्गदर्शक, उपदेश दिइरहने, इश्वर, आध्यात्मिक, शिक्षा, ज्योतिष, भाषा आदिलाइ वाणीमा जोडी दिने
# यदि द्वितिय भावको उपनक्षत्र स्वामी मंगल अथवा मंगलको नक्षत्रमा छ भने जातकले, चटपटे, पिरो,मसालादार र तातो तातो खाना मन पराउछ , धाक रवाफ जमाउने, रुखो चर्को स्वरले बोलने, आवाजमा धाक, उत्ताउलोपन, चिच्चाउने, बोलीबोलीमा अपशव्द, गालीगलौजलाइ सामान्य मान्ने, अरुलाइ कम सोच्ने, अति नै आत्मविश्वासी, व्यंग गर्ने,अरुको कमजोरी खोजीरहने, म झै भन्ने, गुंडागर्दी, रहस्य, पुलीस अथवा युद्ध आदिको वारेमा बोल्दा रुचि राख्ने ।
# यदि द्वितिय भावको उपनक्षत्र स्वामी शुक्र अथवा शुक्रको नक्षत्रमा छ भने खानामा प्राय गुलीयो मन पराउने, मंगलको युति छ भने सरावी हुनेछ । वाणीमा मधुर श्रृंगारीक भएको, मनलाई मोहित पार्ने वाणी, हर कोहीलाई आफ्नो वनाउन सक्ने, यदि चन्द्रमाको युति छ भने, महिला संग सम्वन्धित, श्रृगांर रस भएको कथा, प्यार सम्वन्धि कहानी रुचाउने, झुठमुठको नाटकीय कुरा गर्ने, कला, सुन्दरता, संगीत आदीको वारेमा बोल्न रुचाउने ।
# यदि द्वितिय भावको उपनक्षत्र स्वामी शनि अथवा शनिको नक्षत्रमा छ भने दाल, माछा मासु रुचाउने, विस्तारै नआत्तिकन खाना खाने स्वभाव वाणीमा शांत, कम बोलने, बोल्दा आधा सच्चाइपूर्ण बोल्ने, अधुरो या गलत जानकारी दिने, सजिलै आफनो राय अरुलाई नदिने, तत्वज्ञान, संशोधन पूर्ण कुरामा रुची राख्ने ।
यदि द्वितिय भावको उपनक्षत्र स्वामी राहु अथवा राहुको नक्षत्रमा छ भने # दहि तथा वासी खाना वढि खाने वाणीमा कहि न कहि दोष भएको, बृष र वृच्चिक लग्न छ भने भकभकाउने, झुटो बोल्ने, आत्मविश्वासको कमि, राहु जुन घरमा छ सोहि राशीस्वामी अनुसार वाणीमा प्रकट हुने ।
# यदि द्वितिय भावको उपनक्षत्र स्वामी केतु अथवा केतुको नक्षत्रमा छ भने दहि तथा वासी खाना वढि खाने वाणीमा वाणीदोष, आध्यात्म, मंत्र, तंन्त्र, देवि देवता आदिको कुरा गर्ने । कर्क, वृश्चिक , मिन जस्तो जलिय राशीमा केतु भए एकदम कम बोलने, या त बोल्दै नबोल्ने र केतु जुन घरमा छ सोहि राशीस्वामी अनुसार वाणीमा प्रकट हुने ।

Comments

Popular posts from this blog

ज्योतिष भनेको के हो ?

ज्योतिष भनेको के हो ? ज्योतिष एउटा प्राचिन विज्ञान हो । आकाशिय सौर्यमन्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सवन्धबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर पृथ्विवासीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने एउटा विज्ञानको नाम ज्योतिष हो । ज्योतिषलाई बेदको एउटा आँखाको रुपमा हेर्ने गरिन्छ । पृथ्विमा रहेका जीवीत तत्वहरुमाथि ग्रहहरुले पार्ने प्रभावको अध्ययन तथा भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ ।        हर कण तथा ब्रह्माण्डमा अवस्थित सम्पूर्ण जीवहरुमाथि भगवानको कृपादृष्टि तथा उसैद्धारा नियन्त्रित हुने हुनाले सामान्य नियमहरुको पालना गरियो भने उसको इच्छालाई अग्रिम रुपमा जान्न सकिन्छ । प्रत्येक मानिसहरुमा आफ्नो भविष्य जान्नको लागि स्वभाविक उत्कंठा उत्पन्न हुन्छ । ऋषिमूनिहरुले यसै भावनालाई ध्यानमा राख्दै ज्योतिष शास्त्रको रचना गरे ।   ज्योतिष शास्त्रलाई सामान्यत २ भागमा वाडिएको छ । १ . सिद्धान्त ( गणित ज...

मांगलिक दोष वास्तविक र भ्रम

मांगलिक   विचार                                                                                                                                लक्ष्मण भण्डारी वैदिक   ज्योतिषमा   विवाह   एवम्   दाम्पत्य   जीवनमाथि   विचार   गर्दा   मांगलिक   दोषमाथि   पनि   विशेष   ध्यान   दिइएको   पाइन्छ   ।   यद्यपि   मांगलिक   शब्दवाट   वर   या   वधु   पक्षका   मानिसहरु   अत्यन्त   भयभित   भएको ...

GemStone(पत्थर)

ज्योतिष   शास्त्र   अनुसार   पत्थर   जसलाई   रत्न   पनि   भन्ने   गरिन्छ   ।   जुन   मानव   जीवनमा   अत्यन्तै   वहुउपयोगी   रहेको   छ   ।   यो   अति   बहुमूल्य ,  प्रभावशाली   तथा   आकर्षक   रहेको   हुन्छ   ।   सदियौ   देखि   गरगहना   देखि   ग्रह   उपचारमा   यसको   प्रयोग   गरीदै   आएको   पाइन्छ   ।   यसमा   दैविय   उर्जा   समाहित   रहेको   हुनाले   यसको   धारण   गर्नाले   मानव   जीवनको   कल्याण   गर्दछ   ।   पत्थर   एक   अत्यन्तै   दुर्लभ   र   शक्तिशाली   रहेको   हुन्छ   ।   यो   जुनसुकै   स्थानमा   पाइदैन   ।   प्राचीनकाल   बाट   नै   पत्थरको   प्रयोग   कुनै   न   कुनै   रुपमा   हुदै   आएको   छ ...