Skip to main content

ज्योतिषिय गणना अनुसार शिक्षा

ज्योतिषिय गणना अनुसार शिक्षा
मानिसहरु जन्मिदै विभिन्न स्वभावहरु लिएर आएका हुन्छन् । कोहि शान्त हुन्छन भने कोहि क्रोधि हुन्छन, कोहि वढि बोल्छन त कोहि कम, कसैको वाणी दोष हुन्छ त कोहि बोल्नै नसक्ने हुन्छन् । कसैको झुकाव आध्यात्मतिर हुन्छ भने कसैको भौतिकवाद तिर हुन्छ । त्यस्तै कसैको रुचि विज्ञानतिर हुन्छ, कसैको आविष्कार तिर, कोहि गणितमा तगडा हुन्छन् त, कोही म्यानेजमेन्टमा । यी सवैकुराहरु जन्मिदाखेरी ग्रहहरु कुन अवस्थामा विद्यमान छन त्यसैको प्रतिफल नै मानिसले प्राप्त गर्ने हो ।
चतुर्थ भाववाट हामि जातकको शिक्षा कस्तो हुन्छ भनेर हेर्छौ । जातकले शिक्षा आफ्नो भाषामा गर्छ की, अरु भाषामा यो छुट्याउनको लागि द्धितिय उपनक्षत्रस्वामी यदि राहु र बुध छ भने जातकले अरु भाषामा अध्ययन गर्दछ भने, राहु र बुध छोडेर अरु ग्रह छन् भने जातकले मातृभाषामा अध्ययन गर्दछ ।
यदि लग्न र चतुर्थ उपनक्षत्रस्वामी दुषित छ र ३,५,८,१२ भावसंग कनेक्टेड छ भने जातकले शिक्षा प्राप्त गर्ने छैन यदि यहि उपनक्षत्र:वामी ४,६,९,११ र कारक ग्रह बुध र गुरु संग कनेक्टेड छ भने जातकले राम्रो शिक्षा प्राप्त गर्दछ ।
चतुर्थ भावको उपनक्षत्रस्वामी ४,११,३,८,१३ भावसंग कनेक्टेड भयो भने जातक स्कुल लेभलको मात्र अध्ययन गर्दछ ।
चतुर्थ भावको उपनक्षत्रस्वामी ४,९,११ भावसंग कनेक्टेड भयो भने जातकले उच्च शिक्षा पूर्ण गर्दछ ।
१२ औं भावको उपनक्षत्र स्वामी ३,४,९,१२ भावसंग कनेक्टेड भयो भने जातकले विदेशमा उच्च शिक्षा पूर्ण गर्दछ ।

चतुर्थ उपनक्षत्र स्वामी शनि भयो भने जातकले आफ्नो परीक्षा हल पनि विर्सन्छ ।
यदि चतुर्थ उपनक्षत्र स्वामी द्धिस्वभाव भएर ३ र १० संग कनेक्टेड छ भने विविध कारणले शिक्षा स्थल परिवर्तन गर्नुपर्दछ, विशेष गरी घरपरिवारको बसाइसराइले गर्दा ।
यदि चन्द्रमा ८, १२ मा छ या ८,१२ भाववाट दृष्टि या कुनै तरिकावाट ८,१२ भावसंग कनेक्टेड छ भने जातकको ग्रहण गर्न सक्ने क्षमता, बुझ्न सक्ने क्षमता अति कमजोर हुन्छ । यदि शुभ ग्रहको दृष्टि छ भने कमजोर हुदा हुदै पनि पछि गएर राम्रो वन्दछ ।
चतुर्थ भावको उपनक्षत्रस्वामी ४,११,३,८,१,३ भावसंग कनेक्टेड भयो भने जातक स्कुल लेभलको मात्र अध्ययन गर्दछ ।
चतुर्थ भावको उपनक्षत्रस्वामी ४,९,११ भावसंग कनेक्टेड भयो भने जातकले उच्च शिक्षा पूर्ण गर्दछ ।
१२ औं भावको उपनक्षत्र स्वामी ३,४,९,१२ भावसंग कनेक्टेड भयो भने जातकले विदेशमा उच्च शिक्षा पूर्ण गर्दछ ।
संस्कार
आमालाइ पहिलो पाठशाला भनिन्छ यदि जन्मकुण्डलीमा चतुर्थ भाव दुषित छ भने जातकले घरमा उचित सस्कार पाउन सक्दैन ।
चतुर्थ भाव : आमा पहिलो शिक्षक, सामान्य शिक्षा, एकेडेमिक, प्राइमरी सम्मको शिक्षा
छैटौ भाव : कम्पिटिसन, छात्रवृत्ति र लोन उच्च शिक्षा पुरा गर्नको लागि,
नवम भाव : उच्च शिक्षा
एकादश भाव : सफलता, आय
द्धादश भाव : विदेशमा शिक्षा
तृतिय भाव : योग्यता,सम्वन्धित विषयमा रुचि, रुचि अनुसार शिक्षाको लाइन रोज्नु
पञ्चम भाव : बुद्धिमत्ता, बौद्धिक, मानसिक अवस्था
शिक्षाको कारक ग्रह
यदि चतुर्थ भावको उपनक्षत्रस्वामी
सूर्य भए: मेडिकल, आध्यात्मिक, राजनीति, उर्जा ताममान सम्बन्धित विषयमा अध्ययन
चन्द्रमा : मनोविज्ञान, पानीसंग सम्वन्धित, खाना, खेती, दुध आदिसंग सम्वन्धित विषयमा अध्ययन ।
मंगल : इन्जिनियरीङ, कृषि, भुगर्भशा:त्र, सैनिक प्रशिक्षण सम्वन्धित विषयमा अध्ययन
बुध : गणित, तत्वज्ञान, भाषा, व्याकरण, कम्प्युटर, छपाइ, प्रकाशन, टुरिज्म, कानुन, फोटोग्राफी, ज्योतिष, पत्रकारीता
शुक्र : अर्थशा:त्र, कला, नृत्य, वेद, मन्त्र, होटल म्यानेजमेन्ट, अटोमोवाइल इन्जिनियरिङ, कृषि, सिलाइ कटाइ, पेन्टीङ आदिको क्षत्रमा अध्ययन
गुरु : गणीत, तत्वज्ञान, कमर्श, धर्मशास्त्र, कानुन, वेद, पुराण आदी
शनि : समाजशा:त्र, ज्योतीष, छाला, उनी,पुराना चिज सम्वन्धित विषयमा
राहु : चुम्वक, पण्डितकर्म,सम्मोहन, अपराध सम्वन्धि खोजपत्रकारीता, टुनामुना
केतु : आध्यात्मिक, वेद, पूरोहित, आयुर्वेद मन्त्र आदिसंग सम्वन्धित विषयमा जातकले अध्ययन गर्नेछ । शिक्षाको कम्विनेसन योग धेरै भएको हुनाले यहा सर्टकटमा मात्र प्रस्तुत गरिएको छ ।

Comments

Popular posts from this blog

ज्योतिष भनेको के हो ?

ज्योतिष भनेको के हो ? ज्योतिष एउटा प्राचिन विज्ञान हो । आकाशिय सौर्यमन्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सवन्धबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर पृथ्विवासीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने एउटा विज्ञानको नाम ज्योतिष हो । ज्योतिषलाई बेदको एउटा आँखाको रुपमा हेर्ने गरिन्छ । पृथ्विमा रहेका जीवीत तत्वहरुमाथि ग्रहहरुले पार्ने प्रभावको अध्ययन तथा भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ ।        हर कण तथा ब्रह्माण्डमा अवस्थित सम्पूर्ण जीवहरुमाथि भगवानको कृपादृष्टि तथा उसैद्धारा नियन्त्रित हुने हुनाले सामान्य नियमहरुको पालना गरियो भने उसको इच्छालाई अग्रिम रुपमा जान्न सकिन्छ । प्रत्येक मानिसहरुमा आफ्नो भविष्य जान्नको लागि स्वभाविक उत्कंठा उत्पन्न हुन्छ । ऋषिमूनिहरुले यसै भावनालाई ध्यानमा राख्दै ज्योतिष शास्त्रको रचना गरे ।   ज्योतिष शास्त्रलाई सामान्यत २ भागमा वाडिएको छ । १ . सिद्धान्त ( गणित ज...

मांगलिक दोष वास्तविक र भ्रम

मांगलिक   विचार                                                                                                                                लक्ष्मण भण्डारी वैदिक   ज्योतिषमा   विवाह   एवम्   दाम्पत्य   जीवनमाथि   विचार   गर्दा   मांगलिक   दोषमाथि   पनि   विशेष   ध्यान   दिइएको   पाइन्छ   ।   यद्यपि   मांगलिक   शब्दवाट   वर   या   वधु   पक्षका   मानिसहरु   अत्यन्त   भयभित   भएको ...

GemStone(पत्थर)

ज्योतिष   शास्त्र   अनुसार   पत्थर   जसलाई   रत्न   पनि   भन्ने   गरिन्छ   ।   जुन   मानव   जीवनमा   अत्यन्तै   वहुउपयोगी   रहेको   छ   ।   यो   अति   बहुमूल्य ,  प्रभावशाली   तथा   आकर्षक   रहेको   हुन्छ   ।   सदियौ   देखि   गरगहना   देखि   ग्रह   उपचारमा   यसको   प्रयोग   गरीदै   आएको   पाइन्छ   ।   यसमा   दैविय   उर्जा   समाहित   रहेको   हुनाले   यसको   धारण   गर्नाले   मानव   जीवनको   कल्याण   गर्दछ   ।   पत्थर   एक   अत्यन्तै   दुर्लभ   र   शक्तिशाली   रहेको   हुन्छ   ।   यो   जुनसुकै   स्थानमा   पाइदैन   ।   प्राचीनकाल   बाट   नै   पत्थरको   प्रयोग   कुनै   न   कुनै   रुपमा   हुदै   आएको   छ ...