Skip to main content

Posts

Showing posts from May, 2023

कृष्णमूर्ति ज्योतिष प्रणाली भनेको के हो ?

जन्म : १- ११ - १९०८ Time  : १२:११ मिनेट PM जन्म स्थान : थिरवैयारु, तमिलनाडु मृत्यु : २९ - ०३ - १९७२ गुरु कृष्णमूर्ति आधुनिक ज्योतिष कृष्णमूर्ति प्रणालीको प्रादुर्भाव कसरी भयो ? प्राचिन समयमा ज्योतिष शास्त्रहरु मूलतः नक्षत्रमा आधारित थिय । ग्रीकका ज्योतिषशास्त्रिहरुले राशिको संकल्पना जव ज्योतिष शास्त्रमा प्रयोग गर्न थाले, उनिहरुको देखासिखी हामीहरुले पनि गर्दागर्दै, नक्षत्रलाई नजरअन्दाज गर्न थाल्यौ । विवाहको लागी र मुहुर्त निकाल्नको लागि मात्र आज हामिले नक्षत्रको प्रयोग गर्नेअवस्थामा पुगेका छौ जवकी नक्षत्रविना ज्योतिष अधुरो हुन्छ भन्ने जान्दा जान्दै पनि यसलाई हामिले नजरअन्दाज गर्दै गयौ । परिणाम स्वरुप ज्योतिर्विदद्धारा गरिएको भविष्यकथन गलत हुन थाल्यो तर किन भविष्यकथन गलत हुनथाल्यो भनेर जान्ने कोशिश सम्म कहि कतैवाट गरिएन । जस्तोकि कुनै डाक्टरले आफ्नो गल्तीको वारेमा वताउदैन, इन्जिनियरले आफ्नो गलत निर्माणको कुरा गर्दैन उसै प्रकार ज्योतिर्विदले पनि आफ्नो गल्तीलाई ढाकछोप गर्दै गए, अनेक तर्कना गर्दै गए यिनै कारणले ज्योतिष प्रति मानिसको ...

मेष राशि (पूर्ण जानकारी)

  मेष राशि (लग्न अनुसार) राशि चक्रको प्रथम राशि मेष हो भने , कालपुरुष कुण्डलीमा यसलाई लग्न भनेर चिनिन्छ । आस्विनीको ४ पाउ (१३ डिग्री २० मिनेट), भरणीको ४ पाउ (१३ डिग्री २०मिनेट) र कृतिकाको १ पाउ (३ डिग्री २० मिनेट) गरी जम्मा ९ पाउ अर्थात ३० डिग्रीको यो राशि रहेको छ । केपि सिस्टम अनुसार २२ वटा उपनक्षत्रले यो राशिको प्रतिनिधित्व गर्दछन् । पूर्वदिशाको स्वामी, पुरुष अन्तरगत यो राशि पर्दछ । यो राशिलाई बाँझो राशि अन्तरगत वर्गिकरण गरिएको छ । मेष राशि अन्तरगत नाम : अज, विश्व, क्रिय, तुम्बुर, आद्य स्वामी : मंगल तत्व : अग्नि स्वभाव : चर शुभग्रह हरु :  सुर्य,मंगल,गुरु,  अशुभ ग्रहहरु : बुध,शुक्र,शनि,  सम :कुनै पन छैनन्  मारक ग्रह : शुक्र, बाधक ग्रह : कुम्भ, बाधकपति : शनि योगकारक  :गुरु,शनि, उच्चस्थ    :सूर्य १० डिग्रीमा परम उच्च निचस्थ :शनि  मूलत्रिकोण  :मंगल ० देखि १२ डिग्रीसम्म तत्पश्चात स्वराशि भाग्यशाली रत्न : तावामा मुगा पहिलो औलामा, माणिक्य, मोती, रक्तमणी भ...

वृष राशिको वारेमा (पूर्ण जानकारी)

  वृष राशिको  वारेमा पूर्ण जानकारी राशी चक्रमा द्वितिय स्थानमा रहेको वृष लग्न एक सुदृढ एवं सवल शक्तिको परिचायक हो । सस्कृतमा यसलाई उभ, गौ, ताबरु, गोकुल तथा मित्य नामले जानिन्छ । कालपुरुषको शरीरमा यसले मुखको प्रतिनिधित्व गर्दछ । यदि लग्नमाथी पाप ग्रहको प्रभाव या दृष्टि पर्न गयो भने मुखमा कुनै रोगहरु देखिन सक्छ । बृषको अर्थ साँढे , अत: बृष लग्नमा जन्म भएका जातक शक्तिशाली, भारी उठाउन सक्ने तथा ताकतवर हुन्छन् । स्त्रि राशि, दक्षिण दिशाको स्वामी, सौम्य स्वभाव, स्थिर राशी हो । मूल संज्ञक, ब्राह्मण वर्ण यसको स्वामी शुक्र हो । कृतिका को ३ चरण, रोहिणी र मृगशिराको २ चरण यो राशीमा पर्दछ । यदि लग्न स्वामी शुक्रको ५ र ११ भावसँग सम्वन्ध छैन भने जातक दिर्घरोगी हुनेछ । विस्तृतमा नाम : उक्ष, गौ, ताबुरु, गोकुल स्वामी : शुक्र चिन्ह : वृषभ साढे, शुभ : सूर्य, शनि, अशुभ : चन्द्रमा, गुरु, शुक्र, सम :शुक्र मारक : बुध, मंगल बाधक : मकर ९ भाव, बाधकपति : शनि, योगकारक :शनि, उच्चस्थ :चन्द्रमा ३ डिग्री, राहु निचस्थ : केतु मूलत्रिकोण : ...

मिथुन राशि (पूर्ण जानकारी)

  मिथुन राशि (पूर्ण जानकारी) राशि चक्रको तेस्रो राशि मिथुन राशिमा ३ वटा नक्षत्रले भोग गर्दछन् । मृगशिराको २ पाउ (६:४० मिनेट), आद्राको ४ पाउ (१३:२० मिनेट) र पुनर्वशुको ३ पाउ (१० डिग्री) रहेको छ । मिथुन राशि, राशि समूहमा पहिलो द्विस्वभाव राशि हो । जसको आकार स्त्री पुरुषको युगल जोडि रहेको छ । स्त्रीको हातमा वीणा तथा पुरुषको हातमा गदा धारण गरेको प्रतित हुन्छ ।  सस्कृतमा यसलाई द्वन्द्ध, नृयुग्म, जतुम, यम, युग, नृतीय एवं विज्ञको नामले पनि पुकारीन्छ । मिथुन राशिको स्थान जुवा, रति स्थान एवं विहार भूमि हो । पुरुष प्रधान, पश्चिम दिशाको स्वामी, क्रूर तथा द्विस्वभाव संज्ञक रहेको छ । बाँझो राशि अन्तरगत पर्दछ । केपि सिस्टम अनुसार २१ वटा उपनक्षत्रले भोग गर्दछ । मिथुन राशिको स्वामी बुध ग्रह जसलाई सौम्य ग्रह पनि भनिन्छ । विस्तृतमा ( लग्न अनुसार ) स्वामी : बुध, चिन्ह : जुडुवा, शुभ : शुक्र अशुभ : सुर्य,मंगल, गुरु, शनि सम :चन्द्रमा, बुध, मारक : चन्द्रमा, गुरु, बाधक : धनु ७ भाव बाधकपति : गुरु, योगकारक :बुध, शुक्र उच्चस्थ :छ्रैन निचस्थ :...

कर्कट राशि ( पूर्ण जानकारी)

  कर्कट राशि चन्द्रमा राशि स्वामी हो , कालपुरुष कुण्डलीमा चतुर्थभावमा पर्दछ । पुनर्वशुको १ पाउ( ३ डिग्री २० मिनेट), पुष्य को चार पाउ पाउ( १३ डिग्री २० मिनेट) र अष्लेषाको ४ पाउ ( १३ डिग्री २० मिनेट) गरि ९ पाउ अर्थात ३० डिग्रीको यो राशि रहेको छ । गंगटो यो राशिको चिन्ह हो । चर राशि, जल तत्व , उत्तरदिशाको स्वामी रहेको छ । लग्न अनुसार यो राशिमा जसको लग्न परेको छ धेरै नै जिद्धि हुनेछन् । यिनीहरुको सोचाइ र चाहना आफूलाई वलियो वनाउने नै रहनेछ । जहिले पनि नेतृत्वदायी भूमिकामा प्रस्तुत गर्न चाहनेछन् र एउटा वहसको थालनी गर्नेछन् ताकी म सहि छु भनेर प्रमाणीत गर्न सकियोस् । प्राय सक्रिय रहन्छन् । राजनीतिमा भाग लिन्छन् । यदि चन्द्रमाको स्वामीले २,९,१०,६,११ भावहरुको साथमा मंगलको पनि कनेक्सन छ भने राजनीतिमा धेरै अगाडी जानेछन् । प्राय आमाको सुख कम प्राप्त हुनेछ, अन्य सन्तान भन्दा भिन्न तरिकाले प्रस्तुत हुन्छन् । यदि शुक्रले ३,५,१० भावहरु कनेक्सन गर्यो भने चाँहि आमा सुख प्राप्त हुनेछ । सन्तानको लागि अति नै मेहनत गरे पनि सन्तानबाट भने आशानुतित लाभ प्राप्त गर्न सक्दैनन् । कन्याहरु प्राय ...