आकाशिय व्रह्माण्डमा, भौतिक ग्रह ७ वटा रहेका छन
ति यस प्रकार छन् ।
सूर्य, चन्द्रमा, मंगल, बुध, गुरु, शुक्र, शनि ।
सूर्य र चन्द्रमा घुम्दाखेरी जहा काटिन्छ त्यो विन्दुलाई राहु र ठिक अपोजिट भागलाई केतु भनिन्छ । यी दुवै ग्रहलाई छाया ग्रहको नामाकरण गरिएको छ । यि दुवै ग्रहलाई समावेश गर्दा ९ वटा ग्रह सौर्यमण्डलमा प्राचिन ज्योतिष अनुसार रहेका छन् भने
केहि समय पूर्व पत्ता लागेका ३ वटा अतिरिक्त ग्रहहरु अरुण, बरुण र यम गरेर १२ वटा ग्रहलाई ज्योतिषले मान्यता दिएता पनि यि ३ ग्रहको हाम्रो शास्त्रमा उल्लेख नभएको कारणले सत्य तथ्य वाहिर आउन बाँकी नै छ ।
हामि सवैलाई ज्ञात छ,
सम्पूर्ण ग्रहहरु आफ्नै गतिमा घुमिरहेका हुन्छन् ।
सम्पूर्ण ग्रहहरुले सूर्यको परिक्रमा गरिरहेका हुन्छन् भने, चन्द्रमाले पृथ्विको परिक्रमा गर्दछ ।
जव पृथ्वि र सूर्यको विचमा चन्द्रमा आएर छेकिदिन जानाले हाम्रो नजरबाट सूर्य छेकिन जान्छ, त्यसैलाई हामिले सूर्य ग्रहण भन्दछौ ।
ग्रहबाट प्राप्त हुने किरणबाट पृथ्विवासीलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।
सिधा आएको सूर्यको किरणलाई चन्द्रमाले छेकिदिन जादा, सूर्यवाट आउने किरणमा रुकावट पैदा हुन जान्छ, र जहा जहा सूर्यको किरण पर्छ अत्यन्त कडा रुपमा पर्ने हुनाले नांगो आँखाले हेर्नुहुदैन, आँखामा समस्या उत्पन्न हुन सक्छ ।
के ग्रहणले गर्दा मानिसको जीवनमा असर पर्छ त ?
केहि क्षेणीक असर पर्न सक्छ, जस्तै टाउको दुख्ने, अल्छि लाग्ने, सामान्य स्वास्थ्य समस्या आउन सक्ने आदि हुन सक्छ, किनकी किरणले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।
त्यसमा पनि विशेष जसको कुण्डलीमा सूर्य खराव रहेको छ अथवा राहु र केतुको यूतिमा भएर सूर्य ८,१२ भावमा वसेको छ र सूर्यको नै दशा अन्तरदशा चलेको छ अथवा सूर्यको नक्षत्रमा वसेका ग्रहको दशा चलेको छ भने त्यस्ता जातकलाई केहि क्षणीक असर पर्न सक्छ । तर लामो समय पनि होइन, केहि घण्टा अथवा केहि दिन मात्र, यो सामान्य कुरा भयो ।
तर राशि अनुसार फलानो राशिलाई घातक, फलानो राशिलाई शुभ यो केहि पनि हुदैन ।
टिकटक, यूट्युब लगायतका विवरणहरु हेरेर मेरो यो राशि रहेछ, अव म खत्तम भए अथवा अव मेरो राम्रो हुनेछ ।
कसैले नसोच्नुहोला, यो सव डराउन दिएर आफ्नो रोटि सेक्ने मेसो मात्र हो ।
ग्रहणको समयमा किन खान हुदैन त ?
ग्रहणकाल भनेको अत्यन्तै दुर्लभ समय हो , वर्षौमा केहि मिनेटलाई मात्र आउने हुनाले, यस्तो उपयूक्त क्षणमा इश्वर साधना गर्न सकियो भने अत्यन्तै फलिभूत हुन्छ ।
यस्तो उत्तम समयमा किन खाना वनाउन तथा खान तिर लागेर समय नष्ट गर्ने ?
अर्कोकुरा : ग्रहणकालमा सूर्यवाट आउने विकिरणले खानाहरुमा केहि हद सम्म असर पर्ने हुनाले उक्त समयमा पकाउनु खानु हुदैन शास्त्रिय मान्यता रहेको छ ।
ग्रहण जस्तो उपयूक्त समयको सवैले सदुपयोग गर्नुपर्दछ ।
सवैले ध्यान दिनुपर्ने कुरा रहेको छ ।
ग्रहण पृथ्विमा सदियौ देखि लागि रहेको थियो र जव सम्म नवग्रह रहनेछन् ,सदियौ सम्म लागि रहनेछ ।
फेसबुक खोल्यो, टिकटक खोल्यो, यूट्यूव हेर्यो, यसैको वारेमा धेरै नै चर्चा भएको देखिन्छ ।
९० प्रतिशतले त हावाको भरमा भनेको पाइन्छ भने १० प्रतिशतले चाँहि योजनावद्ध रुपमा जति सक्यो डराउन दिने र
आफ्ना ज्योतिषीय सामाग्रीहरुको व्यापार गर्ने नै हो ।
यो वर्ष पृथ्विमा सूर्य ग्रहण ३ वटा लाग्नेछन् र एउटा चन्द्र ग्रहण लाग्नेछ ।
२०८० साल बैशाख ७ गते सूर्य ग्रहण,
२०८० साल अशौज २७ गते सूर्य ग्रहण
२०८० साल कार्तिक ११ गते चन्द्र ग्रहण
२०८० साल चैत्र २६ सूर्य ग्रहण
पृथ्वि ठूलो रहेको रहेको छ चन्द्र ग्रहण छोडेर सूर्य ग्रहण नेपालबाट देखिने छैन । जव ग्रहण प्रत्यक्ष देखिने छैन, तव त्यसलाई वार्नुपर्ने कुनै आवश्यकता रहदैन, आध्यात्मिक ध्यान साधना गर्नेहरुले हर ग्रहणको सदुपयोग गर्नुनै पर्दछ चाहे देखियोस, या नदेखियोस । अमेरिका, जापान, चीन अष्टेलिया जस्ता देशहरुवाट प्रत्यक्ष देख्न सकिन्छ र त्यहा भएका मानिसहरुले सम्भव भएसम्म ग्रहणकालभरी ध्यान, साधना, भजन, किर्तन गरेर सहि सदुपयोग गर्न सक्नुहुनेछ । शुभ फल नै प्राप्त हुनेछ ।
नेपालमा लाग्ने भनेको यो वर्षमा चन्द्र ग्रहण मात्र हो ।
शास्त्रमा यस्तो पनि लेखिएको छ ।
“निद्रयां जायते व्याधि, मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर ।
अभ्यन्जने भवेत्कृष्ठि भोजने स्यादधोगति । बन्धने च भवेतसर्प बधे च नरक व्रजेत ।”
नेपाली अर्थ : सुतियो भने रोग व्याधी, शौच गरियो भने दरिद्रता, यौन सम्पर्क गरियो भने सुँगुर, भोजन गरियो भने अद्योगतिमा यी कामहरु गरियो भने नरकको यात्रा हुनेछ ।
पक्कै पनि यस्तो सहि समयको सदुपयोग गर्न छोडेर जो क्षणीक आनन्दमा रमाउन खोज्दछ, केहि समय पश्चात पछुताएर आफ्नो जीवनलाई स्वत नारकीय आफै वनाउदछ ।
तसर्थ हल्लाको पछि नलागौ । हर दिन महत्वपूर्ण रहेको छ ।
हर दिन मृत्युले हामिलाई नजिक बोलाइरहेको छ ।
यस्तै वहानामा हामिलाई याद दिलाइरहेको छ ।
याद गर्ने नगर्ने हाम्रो हातमा रहेको छ ।
हामि सवैको दिन शुभ रहोस
लक्ष्मण भण्डारी
ज्योतिष अध्ययन गर्न, चिना अथवा वास्तु विश्लेषण गराउन चाहनुहुन्छ भने
सम्पर्क गर्न सक्नुहुनेछ ।
Imo,Whatsapp/Viber -9857062110
Comments
Post a Comment