मिथुन राशि (पूर्ण जानकारी)
राशि चक्रको तेस्रो राशि मिथुन राशिमा ३ वटा नक्षत्रले भोग गर्दछन् । मृगशिराको २ पाउ (६:४० मिनेट), आद्राको ४ पाउ (१३:२० मिनेट) र पुनर्वशुको ३ पाउ (१० डिग्री) रहेको छ । मिथुन राशि, राशि समूहमा पहिलो द्विस्वभाव राशि हो । जसको आकार स्त्री पुरुषको युगल जोडि रहेको छ । स्त्रीको हातमा वीणा तथा पुरुषको हातमा गदा धारण गरेको प्रतित हुन्छ । सस्कृतमा यसलाई द्वन्द्ध, नृयुग्म, जतुम, यम, युग, नृतीय एवं विज्ञको नामले पनि पुकारीन्छ । मिथुन राशिको स्थान जुवा, रति स्थान एवं विहार भूमि हो । पुरुष प्रधान, पश्चिम दिशाको स्वामी, क्रूर तथा द्विस्वभाव संज्ञक रहेको छ । बाँझो राशि अन्तरगत पर्दछ । केपि सिस्टम अनुसार २१ वटा उपनक्षत्रले भोग गर्दछ । मिथुन राशिको स्वामी बुध ग्रह जसलाई सौम्य ग्रह पनि भनिन्छ ।
विस्तृतमा (लग्न अनुसार)
स्वामी : बुध,
चिन्ह : जुडुवा,
शुभ : शुक्र
अशुभ : सुर्य,मंगल, गुरु, शनि
सम :चन्द्रमा, बुध,
मारक : चन्द्रमा, गुरु,
बाधक : धनु ७ भाव
बाधकपति : गुरु,
योगकारक :बुध, शुक्र
उच्चस्थ :छ्रैन
निचस्थ :छैन
भाग्यशाली रत्न :
फिरोजा, पन्ना, पहेलो निलम सुनको औठीमा दाया हातको चौथो औलामा,
भाग्यशाली रङ :पहेलो
भाग्यशाली दिन :सोमवार,बुधवार,गुरुवार,शुक्रवार
भाग्यशाली संख्या :३,५,६,७
व्रतको दिन :पूर्णिमा विशेष रहनेछ
शारीरिक अंग :
हात, औला, पाखुरा, काध, माथिल्लो करङको हड्डि
रुप रंग, आकार :
रुपवान, अग्लो र सिधा कद, पातलो तर सुविकसित चेहरा, नाक डाडीको पास खाल्टो, मोटो गर्दन, लामो पातलो हात, स्वच्छ कालो आँखा, घुंघुरो वाल ।
राशि गुण हरु:
झनक्क रिसाउने स्वभाव हुन्छ तर चाँढै शान्त पनि हुन्छन् । जीवन, उत्साह तथा खुशिका शौकिन हुन्छन तर अरुको ध्यान खिच्न चाहन्छन । सवै व्यापारको गुलाम हुन्छन तर कुनैको पनि मालिक हुदैनन् । आफनो सरलता, वास्तविक तथा बौद्धिक योग्यताको लागी सराहनिय हुन्छन । यिनमा ग्रहण गर्ने क्षमता अत्यधिक हुन्छ ।
सकारात्मक गुणहरु :
पढ्न लेख्न तथा अभ्यन्तर (इन्डोर खेल) खेलमा रुचि, मनमोहक, बौद्धिक, गणितज्ञ, बहुमुखी प्रतिभाको धनि, मनोरंजक, मानवताले भरिएको, तीक्ष्ण बुद्धि भएको, तार्किक, धेरै बोल्ने, कलात्मक, उन्नतिशील, यौवनले परिपूर्ण, अन्वेषक, कामुक, विविधता खोजिरहने, जिज्ञासु, वार्तालापमा निपूर्ण, योजना बनाउनमा कुशल, यस्तो व्यवसायको लागि उत्तम जहा सक्रियताको आवश्यकता पर्दछ । समायोजकको भूमीका निभाउन सक्ने, कुशल व्यवस्थापक ।
नकारात्मक लक्षण, गुणहरु
झनक्क रिसाउन, हेराफेरी मन पर्ने, अव्यवहारीक, धेरै बोल्ने, धोकाधडी तथा जालसाजीको लागी जिम्मेवार, यदि मिथुन राशि पाप योगमा भए चालवाजी तथा धोकेवाजको प्रवृत्ति रहनेछ । विपरित लिगींसँग घुमफिरमा आनन्द आउने, अस्थिर, संदेहशील स्वभाव, दोहोरो व्यक्तित्व, चन्चल वृत्ति, परिवर्तनशील, अवचनवद्ध, बेचैन, अशान्त, अन्वेषक ।
संभावित रोगहरु :
हात , काध तथा पाखुराको हड्डि टुट्नु, शरीरको माथिल्लो भाग विशेषगरी कलर बोनको दुर्घटना ग्रस्त हुनु, क्षय रोग, अस्थमा, सर्दी खोकी, स्वासनलीमा प्रदाह, तन्त्रीकाहरु थाक्नु, छातीमा विकार, रुघाखोकि, न्यूमोनिया, गठीया, हकलाउनु, तंत्रिका तन्तु तथा फोक्सो संग सम्वन्धित रोगहरु ।
व्यवसाय तथा व्यापार :
शिक्षक, प्रवक्ता, गणितज्ञ, लेखक, एकाउन्टेन्ट, इंजिनीयर, पाइलट अंतरिक्ष अनुसन्धान, सचिव, स्टेनो, आशुलेखक, टेलिफोन संचालक, आयात निर्यात, सूति वस्त्र उद्योग, रत्न, क्लर्क, पत्रकारीता, प्रेस तथा प्रकाशन, ट्रयाभल एजेन्ट, वाणिज्यिक यात्री, हवाइ यात्रा, एयर फोर्स, समुद्र, नौ परिवहन, पोस्टमैन, सेल्सम्यान, निर्माता, कमेंटेटर, समिक्षक, चिकित्सक, मानसिक क्रियाकलाप गरिने बौद्धिक कार्यहरु, संचार, प्रसारक, साझा व्यवसाय ।
वैदिक मत अनुसार ग्रहहरु
सूर्य :
अकारक, किन भने त्रिषडाय राशि मध्ये तेश्रो भावको स्वामी हुन जान्छ ।
चन्द्रमा :
धनेश भएता पनि सामान्य मारकेश हुन जान्छ ।
मंगल :
अत्यन्त अकारक किन भने दुई त्रिषडाय (६ र ११ भावको स्वामी)को अधिपति हुन जान्छ ।
बुध :
लग्नेश, चनुर्थेश, दुइवटा केन्द्रको मालिक हुनाले तटस्थ तर लग्नेश पनि भएको कारणले कारक ग्रह मान्न सकिन्छ ।
गुरु :
सप्तमेश र दशमेश दुइ केन्द्रको मालिक र सप्तमेश हुनाले मारकेश पनि हुन जानाले अकारक हुन गयो ।
शुक्र :
त्रिकोणको स्वामी हुनाले कारक ग्रह हुन गयो साथमा व्ययश पनि भएता पनि व्ययश दोष लाग्दैन ।
शनि :
अष्टमेश र भाग्यस भएर अकारक को नै भूमिका निर्वाह गर्दछ ।
राहु र केतु :
जुन राशिमा वस्छन सोहि राशि स्वामी अनुसार फल प्रदान गर्दछन् ।
चन्द्र राशि अनुसार :
जसको चन्द्रमा मिथुन राशिमा रहेको हुन्छ, उसको नामको पहिलो अक्षर का, की, कू, घ,ङ,छ के, को, ह बाट आउदछ । बुधवार शुभ दिन रहनेछ । आइतवार, सोमवार र मंगलवार पनि कार्य सिद्ध हुन जान्छ ।
चन्द्र राशि अनुसार फल:
जातकको आदत परस्पर द्धैध अवस्थामा रहनेछ, यो गरुकी उ गरुको अवस्था हुनेछ । कैयौं पटक जातकले आफ्नो स्वभाव भन्दा विलकुल उल्टो काम गर्नेछ । अति बुद्धिमानी मानिस भएको कारण, कुनै पनि कुरालाई तुरुन्त सिक्ने चाहना जातकमा हुनेछ । उत्तम विचार तथा खास सम्भावनाको कारण जनसमूहविच एक बहुमुखी प्रतिभाको रुपमा चिनिनेछ । ठूलो मेहनत तथा लगनले काम गर्ने स्वभाव भएको हुदा, जातक खाली वस्ने स्वभाव रहनेछैन, खाली केही न केही काममा व्यस्त रनेछ । जुन काम गर्न थाल्यो, त्यो काम छिटो पुरा गर्न दिलोज्यान लगाउनेछ । बुद्धिमानी भएता पनि केहि चंचलता तथा अस्थिरताको कारण असहजताको अवस्था भने देखिनेछ । जुनसुकै महत्वपूर्ण निर्णय लिदा पनि कठिन मानसिक तनाववाट जातकलाई गुज्रनुपर्ने हुन्छ । आप्mनो आदतलाई वदलेर भएता पनि जातकले कठिन निर्णयहरु धेरै गर्नुपर्ने हुन्छ जसले गर्दा मिथुन राशिवालालाई अरु मानिसले अस्थिरतावादी, मुढि या सनकी पनि भन्न सक्नेछन् । स्वभावैले गर्दा आफूलाई एकठाउमा धेरै वेर या दिन टिकाइरहन मन लाग्नेछैन, सोहि कारणले गर्दा सफलताका मार्गहरुमा बेला बेलामा अनेक अवरोधहरु आउन सक्नेछन् । धनि, शिक्षित तथा उदार सोचको कारण जातकका साथिहरुको समूह भने ठूलो हुनेछ । देश विदेशको यात्रा पनि धेरै नै हुन सक्नेछ । लग्नको स्वामी बुध पनि चर राशि(मेष, कर्कट, तुला, मकर) अथवा द्विस्वभाव राशिमा वसेको रहेछ भने जातक अत्यन्तै द्विविधा ग्रस्त रहनेछ ।
ग्रह शान्ति तथा स्तुति
बुधवार गणपतिको आराधना विशेष फल दायक रहनेछ । गणपतिलाई दुवो अर्पित गरेर गाइलाई हरीयो घाँस खुवाउनाले जातकलाई शुभ फल प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । हर बुधवार गणेशजीको रिद्धि सिद्धिको साथमा उपासना गर्नाले राम्रो हुनेछ । गणेश पञ्चरत्नम को पाठ गर्नु विशेष फलदायी रहनेछ । भोजपत्रमा अनारको कलम र रक्त चन्दनले स्तोत्रलाई लेखेर, यसलाई पुजा गरी हेर्दै पढ्नाले अत्यन्तै लाभ प्राप्त हुनेछ । लेख्दा त्रुटि गर्नु हुदैन, यदि त्रुटि भयो भने सुतीको कपडाले तुरुन्तै सफा गरी हाल्नुपर्दछ । कलम नउठाइकन लेख्ने कोशिष गर्नुपर्दछ । युगअनुसार चल्दा, कम्प्यूटर बाट प्रिन्टआउट गरेर पाठ गर्नाले पनि लाभ प्राप्त हुनेनै छ । मुख्य कुरा मनमा कुनै पनि भय या भ्रम रहनुहुदैन । भक्ति र भावको प्रधानता हुनुपर्दछ । अन्य देवताको पनि उपासना गर्न सकिन्छ तर भाव नै प्रधानता हो भन्ने मुख्य कुरा बुझ्नु पर्दछ ।
बुधवारलाई विशिष्ट दिन मानेर नियमीत पुजा, आरधाना, उपासना गर्नुपर्दछ । मनमा पोजिटिभ सोचाइ ल्याउदै आजको दिन हप्ता भरिमा प्रमुख दिन हो भन्ने मानेर ब्रत वस्नुपर्दछ ।
बुधको विज मन्त्र
ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः॥
(२१ दिनमा १९ हजार पटक जाप गर्नाले शुभ रहनेछ ।)
ॐ बमः बुधाय नमः॥
बुधको नवग्रह मन्त्र
॥ प्रियं गुकालिकाश्याम् रूपेनं प्रतिमं बुधम्
सौम्यम सौम्या गुनोरपेथम थम बुधम् प्रणमामयम्:॥
“गणेश पञ्चरत्नम”
मुदा करात्त मोदकं सदा विमुक्ति साधकम्
लाधरावतंसकं विलासलोक रक्षकम्।
अनायकैक नायकं विनाशितेभ दैत्यकम्
ताशुभाशु नाशकं नमामि तं विनायकम्॥ ॥1॥
नतेतराति भीकरं नवोदितार्क भास्वरम्
मत्सुरारि निर्जरं नताधिकापदुद्धरम्।
सुरेश्वरं निधीश्वरं गजेश्वरं गणेश्वरं
महेश्वरं तमाश्रये परात्परं निरन्तरम्॥ ॥2॥
समस्त लोक शङ्करं निरस्त दैत्य कुञ्जरम्
दरेतरोदरं वरं वरेभ वक्त्रमक्षरम्।
कृपाकरं क्षमाकरं मुदाकरं यशस्करं
मनस्करं नमस्कृतां नमस्करोमि भास्वरम्॥3॥
अकिञ्चनार्ति मार्जनं चिरन्तनोक्ति भाजनम्
पुरारि पूर्व नन्दनं सुरारि गर्व चर्वणम्।
प्रपञ्च नाश भीषणं धनञ्जयादि भूषणम् ।
कपोल दानवारणं भजे पुराण वारणम्॥4॥
नितान्त कान्त दन्त कान्ति मन्त कान्ति कात्मजं
अचिन्त्य रूपमन्त हीन मन्तराय कृन्तनम्।
हृदन्तरे निरन्तरं वसन्तमेव योगिनां
तमेकदन्तमेव तं विचिन्तयामि सन्ततम्॥5॥ महागणेश पञ्चरत्नमादरेण योऽन्वहं
प्रजल्पति प्रभातके हृदि स्मरन् गणेश्वरम्।
अरोगतामदोषतां सुसाहितीं सुपुत्रताम् ।
समाहितायु रष्टभूति मभ्युपैति सोऽचिरात्॥6॥
वैदिक, केपि, लालकिताव, न्यूमोरोलोजी तथा वास्तु विज्ञ, Reiki Healer
सम्पर्कको लागि : WhatsApp/Imo/Viber - 9857062110
Comments
Post a Comment