Skip to main content

कर्कट राशि ( पूर्ण जानकारी)

 कर्कट राशि

चन्द्रमा राशि स्वामी हो , कालपुरुष कुण्डलीमा चतुर्थभावमा पर्दछ । पुनर्वशुको १ पाउ( ३ डिग्री २० मिनेट), पुष्य को चार पाउ पाउ( १३ डिग्री २० मिनेट) र अष्लेषाको ४ पाउ ( १३ डिग्री २० मिनेट) गरि ९ पाउ अर्थात ३० डिग्रीको यो राशि रहेको छ । गंगटो यो राशिको चिन्ह हो । चर राशि, जल तत्व , उत्तरदिशाको स्वामी रहेको छ ।

लग्न अनुसार

यो राशिमा जसको लग्न परेको छ धेरै नै जिद्धि हुनेछन् । यिनीहरुको सोचाइ र चाहना आफूलाई वलियो वनाउने नै रहनेछ । जहिले पनि नेतृत्वदायी भूमिकामा प्रस्तुत गर्न चाहनेछन् र एउटा वहसको थालनी गर्नेछन् ताकी म सहि छु भनेर प्रमाणीत गर्न सकियोस् । प्राय सक्रिय रहन्छन् । राजनीतिमा भाग लिन्छन् । यदि चन्द्रमाको स्वामीले २,९,१०,६,११ भावहरुको साथमा मंगलको पनि कनेक्सन छ भने राजनीतिमा धेरै अगाडी जानेछन् । प्राय आमाको सुख कम प्राप्त हुनेछ, अन्य सन्तान भन्दा भिन्न तरिकाले प्रस्तुत हुन्छन् । यदि शुक्रले ३,५,१० भावहरु कनेक्सन गर्यो भने चाँहि आमा सुख प्राप्त हुनेछ । सन्तानको लागि अति नै मेहनत गरे पनि सन्तानबाट भने आशानुतित लाभ प्राप्त गर्न सक्दैनन् । कन्याहरु प्राय माता पिताको सहयोगी हुदैनन् । शनि यदि द्विस्वभाव राशि मिथुन, कन्या, धनु या मिन राशिमा वसेको छ अथवा ३ या १० भावको दृष्टि दिएको छ भने प्राय प्रथम वैवाहित जीवन राम्रो हुनेछैन ।
प्राय कर्कट बालालाई पेट, आँखा, स्तन तथा कोख दुख्ने समस्या रहन्छ । प्राय विदेश प्रिय हुन्छन् । मृगशिरा , चित्रा , धनिष्ठा नक्षत्रमा चन्द्रमा वसेको छ र २,६,९,१०,११ भावसँग कनेक्सन भए, राजनीतिको माथिल्लो लेभलमा पुग्नेछन् । यदि चन्द्रमा कृतिका, उत्तराफाल्गुणी,उत्तराशाढा नक्षत्रमा रहेको छ र २,६,१०,११ भावसँग जोडिए जातकले अथाह धनार्जन गर्नेछ । अथवा शुक्रको नक्षत्रमा चन्द्रमा वसेको छ भने पनि अथाह धनार्जन गर्नेछ ।
यदि चन्द्रमा शनिको नक्षत्रमा(पुष्य,अनुराधा,उत्तराभाद्रपद) वसेको छ भने प्राय दुर्घटना, रोग, आत्महत्या तथा अपमानित वनाउनेछ ।
केतुको नक्षत्र (आस्विनी, मघा,मूल)मा चन्द्रमा वसेर २,६,१०,११ भावहरु कनेक्सन गरेमा, उद्योगपति, राजदूत या प्रमुख समाचार पत्रको मालिक हुनेछ ।
कर्कटबाला प्राय एकैठाउ वस्न चाहदैनन्, हिडडुल गरिरहनुपर्दछ । यदि चन्द्रमाको कनेक्सन ५,८,११,१२ सँग छ भने हर समय आर्थिक अवस्था विग्रदै जानेछ । विना उद्देश्य भौतारिनु, झूट बोलेर अपमानित भइरहनु विशेषगरी शनिको कनेक्सनमा बढि देख्न पाइन्छ । गुरुको नक्षत्र (पुनर्वशु, विशाखा, पूर्वभाद्रपद नक्षत्रमा वसेर २,३,९,१०,१२ भावहरु कनेक्सन गरेमा जातक विदेशबाट धेरै धन कमाउनेछ अथवा घरनिर्माण तथा उद्योगहरु हुनेछन् ।
शनिका नक्षत्रमा जन्म भएका हरुसँगको सम्वन्धबाट जोगिनुपर्दछ । मंगल र चन्द्रमा दुवै मंगलको नक्षत्रमा छन् भने निगेटिभ रोलबाट नेतृत्वदायी भूमिकामा रहनेछ ।

विस्तृतमा

स्वामी : चन्द्रमा
चिन्ह : गंगटो
शुभ : चंन्द्रमा,मंगल,गुरु
अशुभ : बुध,शुक्र
सम :सुर्य, शनि
मारक : सुर्य,शनि
बाधक : वृष राशि
बाधकपति : शुक्र
योगकारक :मंगल,गुरु
उच्चस्थ :गुरु
निचस्थ :मंगल
मूलत्रिकोण : छैन
आदर्श मिलान : कर्क, वृश्चिक,मिन
भाग्यशाली रत्न : चादीको औठीमा मोति चौथो औलामा
भाग्यशाली रङ : रातो,पहेलो, क्रीम सेतो शुभ, निलो रगंवाट वच्नुपर्ने
भाग्यशाली दिन :आइतवार तथा शुक्रवार मनोरन्जनको लागी, सोमवार,मंगलवार, तथा गुरुवार सफलताको लागी, बुधवार यात्रा तथा निवेशको लागी
भाग्यशाली संख्या :१,४,६,८
व्रतको दिन : सोमवार

शारीरिक अंग : छाति, स्तन, भोजनको नली, हृदय, पेट

रुप रंग, आकार :

गोरो रंग, मध्यम कद, लामो चेहरा, भरिएको पुष्ट चेहरा, मांसल गर्धन, नाक थोरै झुकेको, लामो भुजा, कम्मर चौडा, छाती चौडा, तेज गतिमा हिड्ने तर एकनासले नहिड्ने, कमजोर संरचना ।

राशि गुण :

उदाशीन तथा झगडालु हुन्छन् यदि कसैले उपेक्षा या अनदेखा गरेको खण्डमा । कल्पनाशील र अनुकरणमा अगाडी हुन्छन् तर अरुको विचारले सजिलै प्रभावित पनि हुन्छन् । परिवारसँग जोडीएका त हुन्छन तर खुशीयाली जीवन चाँही हुदैन । मनैमन वारम्वार कसैसँग कुरा गरिरहने स्वभाव रहन्छ ।

सकारात्मक गुण :

दयालु, संवेदनशील, कल्पनाशील, फलदायी कल्पनाहरु, देखभाल गर्नु, आत्मनिर्भर, आध्यात्मिक प्रवृत्ति, अन्र्तज्ञानी, पालतु जनावर, ईमानदार, न्यायप्रिय तथा निष्पक्ष व्यवहार, बुद्धिमानी, समायोजक, उत्तम स्मृति, धेरै बोल्ने, रक्षात्मक, बेचैन, बहुत मितव्ययी, परिवार सँग जोडिएको, गित संगीतमा शौकीन तथा यसमा निपूर्ण, आसपासको वातावरण तथा अरुको विचार भावनाबाट सजिलै प्रभावित हुने , सेवा सत्कारमा रुचि, अनुभवी, निश्चीत्तता, भावुक उद्यमी ।

नकारात्मक लक्षण, गुण :

स्वार्थि, लजालु, अशांन्त, पुरुष भए स्त्रीको वशमा रहने, क्षमा गर्न नसक्ने, रोग निरोधात्मक शक्ति कमजोर, हेराफेरीमा अगाडी, मजबुर गरेको खण्डमा अस्थिर, जिद्दी तथा दृढ निष्चय हुनु, बेचैन, हक नछोडने, सजिलै ठेस पुग्ने, सजिलै धोका खाने, आत्मविश्वासको कमि, लापरवाही, झनक्क रिसाउन, स्वयं माथि दयाभाव राख्ने, वैवाहित जीवनमा नाखुश, मुडी, उदासीन, अत्यन्त संवेदनशील, अत्यधिक भावुक ।

संभावित रोग :

क्षय रोग(टिबी), रक्तचाप, हृदय, ग्याष्टिकको समस्या, अपच, हृदयको जलन, आन्तरीक शक्तिमा कमि, भयग्रस्त, मोटोपना, घाउखटिरा, रोगसँग लडने क्षमता कमजोर, मिर्गी, फोक्सोको रोगवाट ग्रसित, पेट फुल्ने समस्या ।

व्यवसाय तथा व्यापार :

नेतृत्व तथा नेतागिरी मन पर्ने, पुरानो वस्तुहरुको व्यापार, कलाबाजी, खेलकुद, नौसेना, जल परिवहन, वंदरगाह, माछा, समुन्द्रि उत्पादन, नाविक, मोती, दूध, तरल तथा रसायन, हतियार, विस्फोटक, हस्तकला, कपडा, टेक्सटाइल, उद्योग, भोजन प्रवन्धक, होटल, नर्ससँग संम्वन्धित, संगीत, नृत्य, अभिनय, शस्त्र, शास्त्र ।

चन्द्र राशि अनुसार :

जसको चन्द्रमा कर्कट राशिमा रहेको हुन्छ, उसको नामको पहिलो अक्षर हि,हू,हे,हो,डा,डी,डू,डे, डो बाट शुरु हुनेछ ।

कर्कट राशिमा चन्द्रमाको फल

कर्कट राशिमा जन्म हुनेहरु भावुक स्वभावका हुनेछन् । तडकभडक तथा उत्ताउलोपन जातकमा रहनेछैन । जग्गा जमिनको सम्वन्धमा जातक भाग्यशाली सावित हुनेछ ,आम्दानीमा पनि बढोत्तरी भइरहनेछ । कला क्षेत्रमा विशेष रुची रहनेछ । राम्रो संगतमा रहन मन पराउनुको साथै हासो मजाक गर्न मन पर्नेछ । घुमफिर गरिरहन मन लाग्नेछ । विचार लचिलो हुने, समय अनुसार वदलिन सक्ने भएको हुनाले सवैले जातकलाइ माया गर्नेछन् । कहिले काहि उतारचढावको सामना गर्नुपर्ने हुनसक्छ । समग्रमा सुखमय जीवन व्यतित हुनेछ ।

शान्ति तथा स्तुति :

कर्कट राशिको स्वामी चन्द्रमा रहेको छ । सोमवार भगवान शिवजीको आरधाना विशेष शुभ फलदायी रहनेछ । शिव लिंगाष्टकम स्तोत्र विशिष्ट मानिएको छ । विहान चाँढै उठेर, नुहाइ, आरामदायक सूती कपडा लगाई, शिवलिंग माथि केवल जल र पुष्प अर्पण गरी पाठ शुरु गर्नुपर्दछ र पाठको समापनमा आराध्यदेव सँग सदैव एकाकारको कामना गर्नुपर्दछ । विश्वास नै शक्ति हुने हुनाले, सत्कर्मको लागि गरिएको शुभ कार्यबाट अवश्य नै फल प्राप्त हुनेछ, यस्तो मनमा विश्वास जगाउनुपर्दछ । आध्यात्मिक चिन्तन कर्कट राशिमा धेरै नै देखिन्छ ।

शिव लिंगाष्टकम स्तोत्र

ब्रह्ममुरारि सुरार्चित लिंगम्निर्मलभासित शोभित लिंगम्।
जन्मज दुःख विनाशक लिंगम् तत् प्रणमामि सदाशिव लिंगम् ॥1॥

देवमुनि प्रवरार्चित लिंगम् कामदहन करुणाकर लिंगम्।
रावणदर्प विनाशन लिंगम् तत् प्रणमामि सदाशिव लिंगम् ॥2॥

सर्वसुगन्धि सुलेपित लिंगम् बुद्धि विवर्धन कारण लिंगम्।
सिद्ध सुरासुर वन्दित लिङ्गम् तत् प्रणमामि सदाशिव लिंगम् ॥3॥

कनक महामणि भूषित लिंगम् फणिपति वेष्टित शोभित लिंगम्।
दक्ष सुयज्ञ विनाशन लिंगम् तत् प्रणमामि सदाशिव लिंगम् ॥4॥

कुंकुम चन्दन लेपित लिंगम् पंकज हार सुशोभित लिंगम्।
सञ्चित पाप विनाशन लिंगम् तत् प्रणमामि सदाशिव लिंगम् ॥5॥

देवगणार्चित सेवित लिंगम् भावैर्भक्तिभिरेव च लिंगम्।
दिनकर कोटि प्रभाकर लिंगम् तत् प्रणमामि सदाशिव लिंगम् ॥6॥

अष्टदलो परिवेष्टित लिंगम् सर्व समुद्भव कारण लिंगम्।
अष्टदरिद्र विनाशित लिंगम् तत् प्रणमामि सदाशिव लिंगम् ॥7॥

सुरगुरु सुरवर पूजित लिंगम् सुरवन पुष्प सदार्चित लिंगम्।
परात्परं परमात्मक लिंगम् तत् प्रणमामि सदाशिवलिंगम् ॥8॥ लिंगाष्टकमिदं पुण्यं यः पठेत् शिवसन्निधौ।
शिवलोकमवाप्नोति शिवेन सह मोदते ॥

Laxman Bhandari

Baidik, Kp,Nadi, Lalkitab, Numerology, Palmist, Reiki healerकर्कट राशि

Baidik, Kp,Nadi, Lalkitab, Numerology, Palmist, Reiki healer

Comments

Popular posts from this blog

ज्योतिष भनेको के हो ?

ज्योतिष भनेको के हो ? ज्योतिष एउटा प्राचिन विज्ञान हो । आकाशिय सौर्यमन्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सवन्धबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर पृथ्विवासीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने एउटा विज्ञानको नाम ज्योतिष हो । ज्योतिषलाई बेदको एउटा आँखाको रुपमा हेर्ने गरिन्छ । पृथ्विमा रहेका जीवीत तत्वहरुमाथि ग्रहहरुले पार्ने प्रभावको अध्ययन तथा भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ ।        हर कण तथा ब्रह्माण्डमा अवस्थित सम्पूर्ण जीवहरुमाथि भगवानको कृपादृष्टि तथा उसैद्धारा नियन्त्रित हुने हुनाले सामान्य नियमहरुको पालना गरियो भने उसको इच्छालाई अग्रिम रुपमा जान्न सकिन्छ । प्रत्येक मानिसहरुमा आफ्नो भविष्य जान्नको लागि स्वभाविक उत्कंठा उत्पन्न हुन्छ । ऋषिमूनिहरुले यसै भावनालाई ध्यानमा राख्दै ज्योतिष शास्त्रको रचना गरे ।   ज्योतिष शास्त्रलाई सामान्यत २ भागमा वाडिएको छ । १ . सिद्धान्त ( गणित ज...

मांगलिक दोष वास्तविक र भ्रम

मांगलिक   विचार                                                                                                                                लक्ष्मण भण्डारी वैदिक   ज्योतिषमा   विवाह   एवम्   दाम्पत्य   जीवनमाथि   विचार   गर्दा   मांगलिक   दोषमाथि   पनि   विशेष   ध्यान   दिइएको   पाइन्छ   ।   यद्यपि   मांगलिक   शब्दवाट   वर   या   वधु   पक्षका   मानिसहरु   अत्यन्त   भयभित   भएको ...

कृष्णमूर्ति ज्योतिष प्रणाली भनेको के हो ?

जन्म : १- ११ - १९०८ Time  : १२:११ मिनेट PM जन्म स्थान : थिरवैयारु, तमिलनाडु मृत्यु : २९ - ०३ - १९७२ गुरु कृष्णमूर्ति आधुनिक ज्योतिष कृष्णमूर्ति प्रणालीको प्रादुर्भाव कसरी भयो ? प्राचिन समयमा ज्योतिष शास्त्रहरु मूलतः नक्षत्रमा आधारित थिय । ग्रीकका ज्योतिषशास्त्रिहरुले राशिको संकल्पना जव ज्योतिष शास्त्रमा प्रयोग गर्न थाले, उनिहरुको देखासिखी हामीहरुले पनि गर्दागर्दै, नक्षत्रलाई नजरअन्दाज गर्न थाल्यौ । विवाहको लागी र मुहुर्त निकाल्नको लागि मात्र आज हामिले नक्षत्रको प्रयोग गर्नेअवस्थामा पुगेका छौ जवकी नक्षत्रविना ज्योतिष अधुरो हुन्छ भन्ने जान्दा जान्दै पनि यसलाई हामिले नजरअन्दाज गर्दै गयौ । परिणाम स्वरुप ज्योतिर्विदद्धारा गरिएको भविष्यकथन गलत हुन थाल्यो तर किन भविष्यकथन गलत हुनथाल्यो भनेर जान्ने कोशिश सम्म कहि कतैवाट गरिएन । जस्तोकि कुनै डाक्टरले आफ्नो गल्तीको वारेमा वताउदैन, इन्जिनियरले आफ्नो गलत निर्माणको कुरा गर्दैन उसै प्रकार ज्योतिर्विदले पनि आफ्नो गल्तीलाई ढाकछोप गर्दै गए, अनेक तर्कना गर्दै गए यिनै कारणले ज्योतिष प्रति मानिसको ...