Skip to main content

सिंह राशि पूर्ण जानकारी

 


सिंह लग्न अनुसार

राशि चक्रको पञ्चम राशि १२० डिग्रीदेखि १५० डिग्रीको विचमा अवस्थित रहेको छ । मघा नक्षत्रको ४ पाउ, पूर्वफाल्गुणीको ४ पाउ र उत्तराफाल्गुणीको १ पाउले यो राशिमा भोग गर्दछन् । पुरुष राशि, अग्नि तत्व, स्थिर राशि, बाँझो तथा पशुत्व अन्तरगतको राशिमा पर्दछ । एक्टिभ नेचर अन्तरगत पर्ने हुनाले जहा पनि यीनीहरुले प्रमुख स्थान ओगटेका हुन्छन् । सरकारी निकाय तथा राजनीतिज्ञ सँग अन्य भन्दा सिंह राशिवाला जोडिएको पाइन्छ । त्यसमा पनि सूर्य ज्येष्ठा नक्षत्रमा छ र शुक्र र मंगलको यूति एकदम नजिकको छ भने, एउटा लिडर तथा अत्यधिक धनि हुनेछ । सिंह लग्नको स्वामी सूर्य पुनर्वशु, विशाखा या पूर्वभाद्रपद नक्षत्रमा वसेको छ र गुरु पनि ८,१२ सँग कनेक्सन छ भने प्राय पिताको मृत्यु चाँढै नै भएको देखिन्छ । चन्द्रमाको नक्षत्रमा सूर्य वसेर शनिले दृष्टि दिएको छ भने जातक धेरै नै झूट बोल्नेवाला हुनेछ । शनि मंगलको यूति छ र कुनै ग्रह मृगशिरा, चित्रा र धनिष्ठा मध्ये कुनै एक नक्षत्रमा वसेको छ र उक्त ग्रहको दशा अन्तरदशामा जातकलाई हृदय तथा दातको समस्या उत्पन्न हुनेछ, आर्थिक अवस्था पनि विग्रनेछ ।
सिंह राशि भएका व्यक्तिहरुले अरुको प्रशंसा पनि गर्दछन् तथा अरुले पनि प्रशंसा गरेको रुचाउछन् । आफनौ परिवारको महानतामाथि गर्व गर्दछन् । तथा आफनो परिवारको सदस्यको आलोचना स्विकार गर्न सक्दैनन् । एक्लै बुध अनिष्टकारी हुन्छ भने सुर्य,बुध, मंगलको सम्वन्धले धन वैभव प्रदान गर्दछ । उच्च तथा निच मानिसहरुसँग घुलमील हुनु तथा मानसिक रुपले पनि सहिष्णुता प्रदान गर्ने प्रवृत्ति रहनेछ ।

विस्तृतमा
नाम : कंठीरव, मृगेन्द्र, लेय

स्वामी : सुर्य
चिन्ह : सिंह,
शुभ : सुर्य,मंगल,गुरु,
अशुभ : बुध,शुक्र,शनि,
सम :चंन्द्रमा,
मारक : बुध,शनि,
बाधक : मेष ९ भाव,
बाधकपति : मंगल
योगकारक :मंगल,गुरु,
उच्चस्थ :छैन,
निचस्थ :छैन,
मूलत्रिकोण :सूर्य (० देखि २०)
आदर्श मिलान :मेष,मिथुन, तुला, धनु, कुम्भ,
भाग्यशाली रत्न : माणिक , पन्ना सुनको औठीमा दाया हातको तेस्रो औलामा
भाग्यशाली रङ :हरियो, रातो, पहेलो, तामाजस्तो कलर, सुनौलो कलर शुभ हुनेछ कालो , निलो रंगको प्रयोगवाट वच्नुपर्नेहुन्छ ।
भाग्यशाली दिन : आइतवार,मंगलवार,बुधवार, गुरुवार, शुक्रवार ।
भाग्यशाली संख्या :१,६
व्रतको दिन :आइतवार, सोमवार

शारीरिक अंग :

पेट, नाभि भन्दा केहि माथिको भाग, हृदय, पीठको माथिल्लो भाग

रुप रंग, आकार :

आकर्षक रंगरुप, चौडा चेहरा, कमजोर संरचना, प्रभावशाली व्यत्तित्व, औशत कद, पूर्ण विकसित हड्डि तथा चौडा काध, थोरै रक्तमय रंग र आखा, संयमले बोल्ने, तेज गति हुने, अंडाकार चेहरा, लामो ठोडी, विचारशील चेहरा ।

सकारात्मक गुण :

सत्यप्रिय, गरीमाको भावना राख्ने, जिम्मेवारीको परिपक्व बुझाइ, प्रचुर उर्जा, विस्तृत विचार, सक्रिय, हंशमुख, बहादुर, घरमा गौरव गर्ने, अत्यन्त अध्ययनशील, कला, साहित्य तथा संगीतको प्रेमी, महत्वाकांक्षी, स्वतन्त्र विचार रहने, क्षमाशील, साहसी, रचनात्मक, राम्रो व्यवस्थापक, प्रभुत्व राख्न सक्ने, निष्कपट, राम्रो व्यवहार तथा संवेदनशील, खरो, दृढ विचार, आदेश दिन कसैले नसक्ने, उदार, दिलदार, उत्साहपूर्ण, समायोजक ।


नकारात्मक लक्षण, गुण :

असहिष्णु, डींग हाक्नु, हठिस्वभाव, घमण्डि, बेकार, आडम्वरपूर्ण, आफूतिर आकर्षित गर्नु तथा अरुको आकार कटौती गर्दै अनुचित श्रेय लिने प्रवृत्ति, अहम भावनाले पूर्ण, संयमले बोल्नु, लापरवाही रवैया, सानो सानो कुरामा क्रोधित भइरहनु, असभ्य, अभिमानी, अधीनता या आदेश न माननु, तिरस्कार या अहंकार ।

संभावित रोग :

हृदय रोग या हृदयसँग सम्वन्धित समस्याहरु, ज्वरो, आंत, रक्त विकार, डायरिया, अतिसार, मधुमेह, पीठदर्द, मूच्र्छा, कंठदाह, मेरुदण्डिय ज्वोरो, पाचन सम्वन्धि समस्या, धड्कन तथा डराउने, पित्ताशय, कारोनरीज, शूल, आँखाको समस्या, चक्कर आउनु, अपच, पार्सोशूल ।


व्यवसाय तथा व्यापार :

प्रशासन, फौज तथा राजनैतिक सेवाहरु, गरगहना, रत्न, सुन, शिक्षक, कार्यकारी नोकरी, वैज्ञानिक सेवाहरु, पेशेवर खेलाडी, अभिनेता, अभिनेत्रि, कलाको क्षेत्रमा प्रशिद्धि, सरकार तथा कुटनीतिमा, अनुसन्धान, भूविज्ञान, होटल, खाद्यान्न, कृषि, जंगल, पशु, कोइला, पत्थर, सिंगमरमर, पशुपालन


चन्द्रमा राशि अनुसार :


जसको नामको पहिलो अक्षर मा,मी, मू,मे,मो,टा,टी,टू, टे बाट, आउदछ, उसको सिंह राशि भनेर बुझिन्छ ।


सिंह राशिमा चन्द्रमा हुदाको फल


सिंह राशिमा हुने जातकको स्वभाव केहि अहंकारी तथा घमण्डिपन हुन सक्नेछ । कहिले काहि जातकले गरेको मेहनत तथा श्रम बेकारमा जान सक्नेछ । कहिले काहि काचो लडाइ लड्नाले हार हुनेछ, वेलैमा सजग रहनुपर्ने हुन्छ । हुन सक्छ जातकलाई अरुमाथि निर्भर रहने समय पनि आउन सक्छ । वेकारमा फाल्तु कुरा गरेर तथा यताउति घुमेर समय नष्ट हुन सक्नेछ विलकुल सजग रहनुपर्नेहुन्छ जसले गर्दा जातकको भविष्यलाई असर गर्नेछ , तर पनि जातक बुद्धिमानी हुनुको साथै मिठो बोलेर अरुलाई प्रभावित पार्ने क्षमता रहनेछ । अरुले खाइदिएको धन सम्पत्ति तथा रोकिएको धन प्राप्त गर्ने सम्वन्धमा भने जातकलाई भाग्यले साथ दिनेछ । दात तथा पेटको समस्या जातकमा रहन सक्छ भने, वनजंगल तथा पहाडहरुमा घुम्न जातकलाई आनन्द आउनेछ । प्राय हंशमुख रहन मन पराउने जातकलाई सानो सानो कुरामा पनि धेरै नै रिस उठिहाल्दछ ।

शान्ति तथा स्तुति :


सिंह राशिको स्वामी सूर्य हो । आइतवार आध्यात्मिक कार्यहरु गर्नको लागि राम्रो दिन रहनेछ । हर आइतवार सूर्य देवतालाई जल अर्पित गर्नाले राम्रो हुनेछ । आदित्य हृदय स्तोत्रको पाठले भगवान सूर्यको अपार कृपादृष्टि प्राप्त भइरहनेछ । जुन देवि देवताको पुजा गर्दा पनि विहान चाँढै उठेर नुहाइसकेपछि, सूर्यलाई जल चढाउदा विशेष लाभदायी हुनेछ । जल चढाइसकेपछि केहि वेर शान्त रुपले सूर्य नारायणको दृष्टिगोचर गर्नाले, रोकिएका कामहरु वन्दै जानेछन्, साथमा सूर्य नमस्कारले मानसिक तथा शारीरिक समस्याको पनि समाधान हुनेछ ।

सूर्य मन्त्र
“जपा कुसुम संकाशं काश्य पेयं महाद्युतिम तमोरीं सर्व पापघ्नं प्रणतोस्मि दिवाकरम्”

ज्योतिष सिक्न चाहनुहुन्छ अथवा कुण्डली विश्लेषण गराउन चाहनुहुन्छ भने
सम्पर्क गर्न सक्नुहुनेछ ।
Whatsapp/Imo/Viber - 9857062110

Comments

Popular posts from this blog

ज्योतिष भनेको के हो ?

ज्योतिष भनेको के हो ? ज्योतिष एउटा प्राचिन विज्ञान हो । आकाशिय सौर्यमन्डलमा रहेका ताराहरु र ग्रहहरुको आपसी सवन्धबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर पृथ्विवासीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने एउटा विज्ञानको नाम ज्योतिष हो । ज्योतिषलाई बेदको एउटा आँखाको रुपमा हेर्ने गरिन्छ । पृथ्विमा रहेका जीवीत तत्वहरुमाथि ग्रहहरुले पार्ने प्रभावको अध्ययन तथा भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ ।        हर कण तथा ब्रह्माण्डमा अवस्थित सम्पूर्ण जीवहरुमाथि भगवानको कृपादृष्टि तथा उसैद्धारा नियन्त्रित हुने हुनाले सामान्य नियमहरुको पालना गरियो भने उसको इच्छालाई अग्रिम रुपमा जान्न सकिन्छ । प्रत्येक मानिसहरुमा आफ्नो भविष्य जान्नको लागि स्वभाविक उत्कंठा उत्पन्न हुन्छ । ऋषिमूनिहरुले यसै भावनालाई ध्यानमा राख्दै ज्योतिष शास्त्रको रचना गरे ।   ज्योतिष शास्त्रलाई सामान्यत २ भागमा वाडिएको छ । १ . सिद्धान्त ( गणित ज...

मांगलिक दोष वास्तविक र भ्रम

मांगलिक   विचार                                                                                                                                लक्ष्मण भण्डारी वैदिक   ज्योतिषमा   विवाह   एवम्   दाम्पत्य   जीवनमाथि   विचार   गर्दा   मांगलिक   दोषमाथि   पनि   विशेष   ध्यान   दिइएको   पाइन्छ   ।   यद्यपि   मांगलिक   शब्दवाट   वर   या   वधु   पक्षका   मानिसहरु   अत्यन्त   भयभित   भएको ...

कृष्णमूर्ति ज्योतिष प्रणाली भनेको के हो ?

जन्म : १- ११ - १९०८ Time  : १२:११ मिनेट PM जन्म स्थान : थिरवैयारु, तमिलनाडु मृत्यु : २९ - ०३ - १९७२ गुरु कृष्णमूर्ति आधुनिक ज्योतिष कृष्णमूर्ति प्रणालीको प्रादुर्भाव कसरी भयो ? प्राचिन समयमा ज्योतिष शास्त्रहरु मूलतः नक्षत्रमा आधारित थिय । ग्रीकका ज्योतिषशास्त्रिहरुले राशिको संकल्पना जव ज्योतिष शास्त्रमा प्रयोग गर्न थाले, उनिहरुको देखासिखी हामीहरुले पनि गर्दागर्दै, नक्षत्रलाई नजरअन्दाज गर्न थाल्यौ । विवाहको लागी र मुहुर्त निकाल्नको लागि मात्र आज हामिले नक्षत्रको प्रयोग गर्नेअवस्थामा पुगेका छौ जवकी नक्षत्रविना ज्योतिष अधुरो हुन्छ भन्ने जान्दा जान्दै पनि यसलाई हामिले नजरअन्दाज गर्दै गयौ । परिणाम स्वरुप ज्योतिर्विदद्धारा गरिएको भविष्यकथन गलत हुन थाल्यो तर किन भविष्यकथन गलत हुनथाल्यो भनेर जान्ने कोशिश सम्म कहि कतैवाट गरिएन । जस्तोकि कुनै डाक्टरले आफ्नो गल्तीको वारेमा वताउदैन, इन्जिनियरले आफ्नो गलत निर्माणको कुरा गर्दैन उसै प्रकार ज्योतिर्विदले पनि आफ्नो गल्तीलाई ढाकछोप गर्दै गए, अनेक तर्कना गर्दै गए यिनै कारणले ज्योतिष प्रति मानिसको ...